Saturday, September 4, 2010

कारागारमा तीजको दर

तीज नेपालका हिन्दु नारीहरुले मानाउने पर्व हो खासमा परिवारको बन्धनबाट केही दिनका लागि भए पनि मुक्ति पाउने पर्वको रुपमा नारीहरुले यसलाई मनाउने गर्दै आएका हुन् माइत जाने, रमाइलो गर्ने, राम्रो लागउने, मिठो खाने गरिन्छ तीजमा यो परम्पारगात मान्यतामा धेरै परिवर्तन आएको नेपालमा महिला सशक्तिकरण धेरै हदसम्म अगाडी बढेको त्यसैले तीज पुरातन मान्यताभन्दा धेरै अगाडी पुगेको मिठो दर मिठोकै लागि मात्रै खाइन्छ दर खाएर भोलिपल्ट पानी पनि नखाइ श्रीमानको दिर्घायुका लागि ब्रत बस्न होइन अचॆल त्यसैले तीजकै अघिल्लो दिन दर खाने चलन हटेर अचेल तीज आउनुभन्दा एक महिना पहिलेबाटै दर खाइन्छ त्यो पनि टोलटोलमा भतेर जसरी
शनिबार पनि कम्तिमा सात ठाउँमा दर खाने कार्यक्रममा बोलावट थियो दर छोरी चेलीलाई खुवाउने हो तर अचेल दर खान पाउनेमा पत्रकार पनि परेका छन् टोल टोलको भतेर टाइपको दरमा पत्रकारलाई खुवै सम्झन्छन आयोजकहरु हिजो अरु ठाउँको दरको वास्त गर्दे गरिएन बरु पुगियो भरतपुर कारागार शाखाको दर खाने कार्यक्रममा त्यहाँका महिला बन्दीका लागि चितवनको महिला सुरक्षा दवाव समुहले दर खुवाउने कार्यक्रम राखेको रहेछ यस पटक भरतपुर कारागारको पर्खाल निकै दह्रो बनेको अग्लो घेरा, बलियो ढोका कारागार परिसरमा पाइला राख्ना साथै जेल परेको भान हुने कारागार भवन अलि पर नै परिसरमा छिर्ना साथै हामीलाई त्यस्तो अफ्ठेरो लाग्यो भने त्यहाँको भवनमा वर्षौको कैद जिवन काट्न बसेकाहरुलाई कति उकुस मुकुस हुँदो हो ?
गेटबाट छिर्दा देखियो कारागार भवनको आडैमा कार्यक्रम चल्दै रहेछ गितको होइन भाषणको पुग्दा एकजना बन्दी युवती भाषण गर्दै थिइन् उनको भाषण अन्तिमअन्तिममा थियो धेरै सुन्न पाइएन जाँदा जाँदै उने भनिन 'घुस लिएर दोषिलाई निर्दोष निर्दोषलाई फसाउने गरिदो रहेछ यस्तो अब नहोस हामीले भोग्यौं भोग्यौ अरुले अनाहकमा दुःख नपाउन " उनले आफु अनाहकमै जेल परेर सजाय पाएको गुनासो गर्दे थिइन् त्यसपछि भाषण गर्नेमा पुरुषहरुको लामो क्रम बन्दै हुने छाँट देखिएन मलाई साह्रै दिक्क लाग्यो
नारायणगढमा यौन धन्दा चलाएर बसेकी चुना प्रधान जेल परेको लामै समय भयो उनी पनि रातो साडी ब्लाउजमा धपकै भएर यताउती दौडेकी थिइन् अवैध तरिकाले गर्भपतन गराउँदा महिलाको ज्यानै गएपछि लाशैं गायब बनाएकी सरस्वती तिमिल्सेना पनि त्यतै देखिइन कारागारमा चिनिएका अनुहास यी दुई थिए तर यी दुईको मुहारमा मैले नमुस्कान ननिरासा भेटे दरका लागि िसंगारिएका तर ग्रुपभन्दा पृथक बन्न खोजेको छनक उनीहरुको व्यवहारले देखाउथ्यो धेरै महिलाहरु केही सोचे जस्तो केही सम्झेजस्तो गरेर भाषण सुनेका थिए गम्भिर भएर एमालेका नेता भक्ति गौतमले भाषणका बेलामा भने 'यो रमाइलो महौलमा पनि कारागारको चार दिवारले गर्दा खुसी कता कता हराएको " उनको भाषण नसकिदै महिलाहरु सुक्क सुक्क गर्न थाले रुमाल झिकेर आँशु पुछ्न लागे
भाषण गर्ने पुरुषहरुको पालो सकिएपछि क्यासेटमा गीत सुरु भयो 'यो तीजमा मज्जाले नाँचिन्छ ऐ बाँदुरे कम्मरै भाँचिए भाँचिन्छ । " अघि कारागार पुग्दा भाषण गर्ने बन्दी युवती समवयी अर्की युवतीको हात समाएर मज्जाले नाचिन उनीहरु एकदमै दिल खोलेर नाँचे बन्दी हुँ भन्ने मानसिकता त्यागेर नाँचे पसिनानै काढे दुईले तर रोकिएनन् थाकेनन् उमंगसँग नाँचे ति दुई केही बेरपछि बाहिरिए कारागार परिसरको अग्लो पर्खाल गेट छाडेर बाहिर आएपछि मैले अघि नाँचेका ति बन्दी युवतीहरुलाई सम्झे सायद उनीहरु थाकेर बस्छन् होला केही बेरपछि त्यहाँ लागेको भिड पनि सकिन्छ कारागार भवन बाहिरको सानो चौरबाट उनी झनै खुम्चेर कारागार भवनको चार दिवारमा गुम्सन जानेछन् उनै दिदी बहिनी सिवाय अरु कोही हुने छैन बेलुका कारागारको त्यही नमिठो ठस्स् गन्हाउने सिदा भागमा पर्छ दिउँसको त्यो कार्यक्रम आखिर दिउँसो केही बेर निदाएका बेलामा देखेको छोटो, साह्रै छोटो सपना जस्तो हुने उनीहरुका लागि


No comments:

Post a Comment