Monday, September 20, 2010

कामरेड रोहितका खस्रा कुरा

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहित संविधान सभाका सदस्य पनि हुन् असोज गते सोमबार नारायणगढमा सो पार्टीको विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा कामरेड रोहितले निकै घत लाग्ने कुराहरु बोले उनका कुरा खस्रा हुन्छन् उनले संविधान सभामा हुने केटाकेटी पन ठुला दलको चरित्र देश नै डुवाउने गरेर चलाइने गरेको बहस बनाइन थालेको नीति विरुद्ध चर्का टिप्पणी गरे जग्गाको भाउ बढाएर धन कमाउनेहरुको स्वार्थमा चल्ने गरेको चितवनलाई राजधानी बनाउनु पर्छ भन्ने हौवा मच्चिएकै ठाउँमा आएर रोहितले राजधानी दाङ सार्नु पर्छ भन्ने तथ्यसँगत कुरा गरे घडेरी व्यपारीहरु फेरि दाङ हानिने हुन कि भन्ने आशंका हिजोबाट सुरु भएको
संविधान सभामा सदस्य संख्या धेरै भएर परेको आफ्ठेरो सुनाए संविधान सभामा सदस्यहरु धेरै छन् त्यसमाथि कुरा नबुझ्ने अति नै छन् एनजीओको एजेण्डा लैजाने अर्का थरी छन् विदेश घुम्ने ध्याउन्न मात्रै भएकाहरुको संख्या पनि काम छैन भन्छन् रोहित संविधानसभाका सदस्यहरुले संविधान केहो भन्ने कुरा नै मेसो नपाएको उनले अनुभव गरेको रहेछन् खालि माग मात्रै राखे जस्तो गरेर अल्झाउने गरेको रोहितले बताए देउवाकी जहान अर्थात काँग्रेसकी सभासद आरजु राप्रपाकी सभासद अर्थात देउवाकी सासु प्रतिभा राणाले संविधानमा लेख्ने कुराहरुमा बहस चल्यो कि खाली महिलालाई प्राथमिकतामा राख्नु पर्छ मात्रै भन्ने गरेको उनले सुनाए देशमा राष्ट्रपति राख्ने कि प्रधानमन्त्री कार्यकारी बनाउने भन्ने कुरामा छलफल हुँदा यी दुई आएर 'हैन महिलालाई प्राथमिकता दिउँ" भन्ने जस्ता अडमिल्दा कुरा गर्ने उनले सुनाए
संविधान सभा सदस्यको संख्या धेरै गराएर समस्या मात्रै परेको उनको भनाइ थियो मात्रै सयजना सदस्य बनाएर त्यसमा पनि विषय विज्ञहरुलाई प्राथमिकता दिएको भए यस्तो झमेला हुँदैन थियो भन्छन रोहित संविधानसभामा मधेसका दलहरुले झिक्ने बखेडा पार्ने दिक्दारीको पनि रोहितले कार्यक्रममा चर्चा गरे हरेक विषय निस्कना साथै मधेसी भनेर अड्को थाप्ने गर्दा रहेछन् उनीहरु त्यस्तालाई रोहितले जवाफ दिदा रहेछन् 'तपाइँ मात्रै हो मधेसी हामी पनि हो तपाइँहरु भारतबाट भर्खर भर्खर आएर २५ सालमा नागरिकता लिएको हामी मल्ल राजासँगै भारतको वैशालीबाट काठमाडौं छिरेको त्यसैले तपाइँ नयाँ मधेसी हामी नेवार पुराना मधेसी "
नेवारलाई आदिवासी जनजाति मान्ने कुराको पनि विरोधी रहेछन् नेवार बिजुक्छे नेवार जस्ले राज्य नै चलाएर बस्यो त्यो आदिवासी जनताति हुँदै हुँदैन भन्ने तर्क उनले गरे काठमाडौं उपत्यकामा आएर नेवारहरुले जसमाथि शासन गरे अर्थात ज्यापुहरु भने आदिवासी जनताति हुन सक्ने उनले बताए जातको आधारमा संघीयता बनाउने कुराको कट्टर आलोचक रोहितले नेवारहरुले राज्य माग्नु सुहाउने कुरा नभएको बताए पृथ्वीनारायण शाहाको पालामा समेत राज्य जोगायन नसक्नेले अब के चलाउलान भन्ने उनको भनाइ थियो नेवारहरुले आफ्नो कला संस्कृति जोगाएर राख्नु पर्नेमा उनले जोड दिए यसका लागि राजधानीलाई काठमाडौंबाट सार्नै पर्छ भने राजधानी भएकाले काठमाडौंमा बाहिरका मान्छेको चाप बढेर नेवारहरु अल्पमतमा परेको उनले बताए यस कारण राजधानी काठमाडौंमा हुनु नेवारको हितमा छैन भने रोहितले
राजधानी हड्ताल बन्द भइरहेने ठाउँ हो पुर्व पश्चिम राजमार्गले छिचोलेको ठाउँ चितवनमा राजधानी राखे पटक पटक हुने बन्द हड्तालले पुर्व पश्चिम उत्तर लाग्नेले सधै हैरानी उठाउनु पर्छ त्यसैले चितवनमा पनि राजधानी नराखौ भने उनले चितवनको प्राकृतिक सम्पदा जोगाउन सके दिर्घकालसम्म यहाँ पर्यटन फष्टाउँछ पर्यटन फष्टाए विकास त्यसै हुन्छ राजधानी बनाएर भिड मात्रै बढाए प्राकृतिक सम्पदाहरु स्वाहा हुन्छन् चितवन चाडै कुरुप हुन्छ घडेरीको भाउ तत्कालै बढाएर नाफा कमाउन चाहनेहरुको योजना अनुसार आएको राजधानी चितवनलाई बनाउँ भन्ने अभियान बास्तवमा चितवनका लागि हितकर छैन रोहितका तर्क सुनेपछि चितवनवासीको मनमा यस्ता कुरा उठ्छन
जातीय राज्यले मुलुकमा हुने दुरदशाको चित्र भयावह हुने रोहितको चेतावनी सुडानमा सन् १९५३ सा जातीयताका आधारमा तीनवटा संघ बनेछन् असन्तुष्टि बढेपछि एक हप्तापछि नै बढाएर १४ वटा बनाइएछ अहिले २६ वटा जातीय राज्य भए तर सुडानमा साम्प्रदायिक िहंसा जातीय राज्यको माग अझै टुिगंएको छैन जातीयताको आधारमा संघ बनाए नेपाल सुडान हुने सम्भावनाबाट टाढा छैन भन्छन् रोहित जातीयताले साम्प्रदायिकता बढ्ने उनको भनाइ साम्प्रदायिकता रोक्न प्राकृतिक स्रोत भुगोललाई आधार बनाएर संघ निर्माण गर्न उनको पार्टीले प्रस्ताव गरेको साम्प्रदायिक िहंसाको भयावह चित्र पनि उनले प्रस्तुत गरे भारतको उदाहरण दिएर
भारत विभाजन हुँदा हिन्दु मुसलमान गरेर दुईवटा सम्प्रदायका बीचमा फैलिएको साम्प्रदायिक मनमुटावले १० लाखको ज्यान गयो भन्छन उनी विरोधीहरुले जवान छोरी बुहारीको आँखा अगाडी इज्जत लुट्न थालेपछि पाका मान्छेले त्यो बिडम्बना भोग्नुभन्दा आफ्नै सन्तानलाई मारेर मट्टितेल खन्याएर जलाउने सम्मको घटना भारतमा भयो भन्छन् रोहित भारतमा त्यो सवै गराउन अंग्रेज लागेको थियो नेपालमा त्यस्तै िहंसा गराउन भारत लागेको भन्छन रोहित भारतको यो चाललाई ठुला पार्टीले बुझेर पनि नबुझे जस्तो गरेकोमा रोहितको मनन अमिलो भएको तर उनीहरुले त्यसो गरे भनेर अरु चुप लाग्नु भएन भन्छन रोहित





No comments:

Post a Comment