Wednesday, September 8, 2010

यता छमछमी उता छोनाम

समस्त नेपाली हिन्दु नारीहरु तिजको छमछमी नाँचमा मस्त छन् कम बेसी होला तर तिजको रन्को कुना कन्दरा पुगेको सहरमा झनै अचाक्लि लागेको तिज एक महिनाअघि बाटै सुरु भएको नाँच्न गाउँन तिजको दर पनि पाकेको पाक्यै छन् कुसे औशी पछिको दुतियाको दिनमा आडीलो खाना अर्दात दर खाएर भोलिपल्ट तृतिया अर्थात तिजको दिनमा ब्रत बस्ने प्रचलन हो तर अचेल दर दिन दिनै पाक्न थालेको यो संस्कृति जोगाएको हो या संस्कृतिलाई भड्किलो बनाएको हो बरझ्न सकिएको छैन तिजमा पतिको लागि बसिने ब्रत रज्वसाला हुँदा कसैलाई छोइएको रहेछ भने त्यसको पापबाट मुक्त हुन भनेर गरिने पंचमी पुजाको खुवै आलोचना हुन्छ अचेल तर तिजलाई भड्किलो बनाउन आलोचना गर्नेहरु नै कम्मर कसेर लागेका छन्
तिजको छमछमी अहिलेलाई यति नै अव छोनामको कुरा गरौं सुगममा अन्न माथि अन्न खाएर दर मनाइ रहेका बेलामा नै पर्दो रहेछ पाखा पखेरामा बस्ने अल्प संख्यक चेपाङहरुको मुख्य पर्व छोनाम छोनाममा चेपाङले आफ्नो खेतमा फलाएको नयाँ अन्न फलफुल तरकारी पितृ आकास पाताल धर्तीका सवै देवतालाई चढाएर मात्रै आफुहरुले खान थाल्छन् यता हामीले पनि यसै गछौं न्वागीमा त्यसैले छोनाम न्वागी हो हाम्रो न्वागी कात्तिकमा पर्छ चेपाङले भदौमा नै मानाउँछन् किन भने अन्न बढी यो महिनामै हुन्छ उनीहरुका घरमा पाखो पखेरोमा फल्ने घैया मकै घिरौला निबुआ यति बेलै यो तयार हुने
भदौ पछिको तीन महिना प्राय चेपाङलाई खाने अन्नको पिर हुँदैन चामल ९५ प्रतिशत चेपाङको घरमा हुँदैन खोरीयामा फलेको मकै पनि मंसिरपछि प्रायको घरमा सकिन्छ चैत्रपछि झण्डै ८० प्रतिशत चेपाङको घर अन्न बिहिन हुन्छन् नयाँ अन्न भदौ लागेपछि मात्रै तयार हुन्छ अन्नले डालो भरिएका बेलामा पर्ने हुँनाले छोनाम चेपाङहरुको मुख्य चाड हो फलेका अन्न फलफुल तरकारी सवै चेपाङका पुरोहित अर्थात पान्देले झाँक्री बसेर ढ्याङ्ग्रो ठटाउँदै मन्त्र भन्दै पितृ, चौरास, आकास, पातालका देउतासम्म पुराउछन् यता पान्दे रातभर ढ्याङ्ग्रो ठटाएर तन्त्रमन्त्र जपछन् उता छोनाम मनाउन भेला भएका युवायुवती गाएर नाँचेर रमाइलो गर्छन् छोनामको रमाइलो यही हो
तर यो रमाइलोमा धेरै चेपाङहरु सरिक हुन छाडेका छन् चेपाङ अगुवाहरुकै भनाइ हो यो यताको तिजको छमछमी संचार माध्यमहरुका कारण उत्कस्रमा पुगेको हो अचेल लोकल च्यानलमा नाचेको हेर्ने पाइन्छ भनेर पनि टोल चोकहरुमा दर खाने नाच्ने कार्यक्रम हुने गरेको उता पाखा पखेरमा मनाइने छोनाम संचारबाट अलि टाढै छन् त्यसैले जाँगर नचलेको हुनु पर्छ त्यसो केही पैसा खर्च गरेर चेपाङहरुले टिभीलाई बोलाउ आवश्यकता नै ठान्दैनन् किनकी चेपाङ गाउँमा टिभी के विजुली समेत छैन अनि पाखा पखेरामा पुगेका चर्चहरुले यो जातिय पर्व नमाउने बनेका छन् चेपाङहरु नेपाल चेपाङ संघकी केन्द्रीय उपाध्यक्ष सुनिमाया चेपाङले भनेकी हुन् यो कुरा
छोनाम हराएर नजाओस त्यसैले चेपाङ संघले केन्द्रीय तहमा यो पर्व मनाउने गरेको प्रत्येक वर्ष फरक फरक जिल्लामा चेपाङहरु चितवन मकवानपुर गोरखा धादिङको पाहाडी भेगमा बस्छन् प्रत्येक वर्ष यी नै फरक फरक जिल्लामा संघले चेपाङहरु भेला गराएर कार्यक्रम गर्छ पर्व संरक्षणमा संघले यस्तो जमर्को गरेको भदौ २२ गते संघले मानाउछ छोनाम त्यस दिन सरकारले विदा दिनु पर्ने संघले माग गरेको

No comments:

Post a Comment