Sunday, September 19, 2010

बाटोमा बिजोग

पृथ्वीराजमार्ग काठमाडौंलाई बाँकी देशसँग जोड्ने मुख्य बाटो हो यो बाटेमा गाडी कुदे भने काडमाडौंमा बसेकाहरु नेपालको अरु भुभाग जान सक्छन् अरु भुभागमा भएकाहरु काठमाडौं छिर्न सक्छन् अस्ति असोज गते शुक्रबार बिहानै पाँचै बजेबाट यो बाटो ठप्प भयो नारायणगढदेखि ५१ किलो मिटर टाढा मुग्लिनदेखि १५ किलो मिटर पर चितवन दारेचोक गाविसको फिस्लिङमा ठुला घर जत्रा ढुंगा खसेका रहेछन् जसका कारण बाटो बन्द त्यो ठाउँमा शनिबार बिहान १० बजे पुग्दा यता मुग्लिन बजारमा गाडी बाटाभरी फिजारिएका थिए मोटर साइकल छिराउन पनि गाह्रो अनि मुग्लिनभन्दा अगाडीको सडकमा गाडीको लाइन मात्रै थियो फिस्लिङ उता पनि लाइनको लर्को योभन्दा लामो भएको जानकारी प्रहरीले दिए हज्जारौं यात्रु सडकमा अलपत्र थिए मिडिया काठमाडौंमा सुरु भएको काँग्रेसका महाधिवेशन चिरफार गर्न केन्द्रित थियो
पहिरोले ३० मिटर सडक पनि छोपिएको थिएन तर त्यो पार गर्न सक्ने अवस्थाको रहेन पहिरो झरेको ठाउँभन्दा निकै माथि पहाडबाट मान्छेहरु आवत जावत गरि रहेका थिए बलयाहरु आँटेर मात्रै त्यो बाटो हिडेका थिए किन भने सिम सिम पानी परेको थियो भर नभएको बाटोमा दह्रो पाइला राख्ने ठाउँ पनि थिएन बाटो साँधुरो अक्करमा परेको थियो समाउने झारहरु पनि नभएको डाँडामा पाइला खुस्किए सत्यानास त्यसैले ज्यान हत्केलामा राख्न धेरै तयार भएका थिएनन् पहिरो गएको १५ घण्टापछि स्काभेटर आएर ढुंगा फुटाउन थाल्यो पहाड खन्तीले कोतरे जस्तो लाग्दथ्यो त्यो काम त्यै पनि बाटो खुल्ला भन्ने आशा बटुवाहरुलाई लाग्न थाल्यो सद्दे मान्छे कुर्ला भोक प्यास खटाउला तर सद्दे मात्रै थिएनन त्यहाँ हामी पुग्दा काडमाडौं उपचारका लागि हिडाएकी विष्णुमाया थापा एम्बुलेन्समा छटपटिएको फेला परिन त्यो बेला
छिर्ने छिद्र पनि नभएको बाटोमा बसेर कति कुर्नु राती बजे आएको रे १० बजेसम्म कुरेर मात्रै बसेका थिए ज्वरोले थलिएकी थापालाई पाँच दिन भरतपुरको अस्पतालमा राख्दा पनि थर्मोमिटरको पारो नओर्लिए पछि काठमाडौं दौडाइएको रहेछ बाटो खुल्ने छाँट नदेखेपछि आफन्ते एम्बुलेन्स फर्काए बाटो शनिबार साँझबाट एकतर्फी खूल्यो रे यो खवर देशभर फैलियो आइतबार बिहान १० बजे फेरि फिस्लिङ लागियो मुग्लिनदेखि सवै सफा भए बाटो तर फिस्लिङ आउने आउने बेलामा फेरि देखिए गाडीको लर्को उहि पुगेपछि थाहा भयो फेरि बाटो ठप्प भएछ सामुन्ने हिजोको जस्तै एम्बुलेन्स थियो हेर्दा हेर्दै तीनवटा एम्बुलेन्स जम्मा भए सिकिस्त विरामी थिए त्यहाँ खुलेको खवरले आएका एम्बुलेन्स बाटोको यथार्थ अवस्थालॆ अलपत्र परे ट्राफिक प्रहरीले भन्नु पर्ने भन्ने गुनासो गरे बुटबलबाट मुटुरोगी बृद्धलाई बोकेर आएका एम्बुलेन्स चालक नारायण सुवेदीले
सहरमा झगडीयाले चक्का जाम गरे भने एक एक खवर लाइव गर्न तछाड मछाड गर्छन् यहाँका एफएमहरु त्यत्रा हज्जारौ यात्रु अलपत्र परेको बाटो बन्दको खवर स्थलगत रुपमा सायदै कसैले दिए यहाँ एफएमहरुले बाटो खुल्यो भन्दा उता बन्द भइसकेको हुन्छ कमसे कम एउटालाई त्यही खटाएर पलपलको खवर दिने गरेको भए विरामी बोकेका एम्बुलेन्सहरु हानिएर जाने थिएनन् होला त्यहाँ

No comments:

Post a Comment