Thursday, September 23, 2010

बाघ समाउन कस्तो सास्ती

चितवनको सौराहामा बाघ गैंडा जस्ता दुर्लभ वन्यजन्तु हेर्न अभिलाशाले आएका स्वदेशी विदेशी पर्यटकहरु बस्ने होटल छन् तिनै पर्यटकहरु बस्ने मध्येको एउटा होटलमा बिहीबार जंगलबाट बाघ आएर सात घण्टा बितायो जंगलमा समेत भाग्यले भेटिने बाघ होटलमै आएपछि धेरै जसो पर्यटकले बिहीबार जंगल यात्रा नै रद्ध गरे बाघ निकुंजले नलग्दासम्म रमितेको भिड लाग्यो
बाघ होटल पार्क साइडको कम्पाउण्ड भित्रको झाडीमा बसेको थियो 'बिहान साढे पाँच बजे उठेको एक्कासी विरालो कराएको जस्तो ठुलो आवाज आयो माथि गएर हेरेको अजंगको बाघ पो रहेछ " होटलको पर्खालसँगै घर जोडिएकी प्रमिला पाण्डेले बताइन् केही बेर कराउँदै यता उता गरेको बाघ पछि झाडीमा बस्यो
निकुंजका कर्मचारीहरु नौ बजे आएर सुरुमा आसापासको क्षेत्रमा सेतो कपडाको घेरा बनाए सेतो कपडाको घेरो बाघले ननाघ्ने हुँदा मान्छे भएको क्षेत्रमा बाघ पसेर बितण्डा नगरोस भन्नका लागि त्यसो गरेको बाघको आनिबानीका बारेमा जानकार विष्णु लामाले बताए निकुंज मुख्यालय कसाराबाट टोली आउँदा १० बज्यो
सो टालीले बाघलाई लठ्याएर डार्ट गरेर नियन्त्रणमा लिने निर्णय गर्यो 'बाघ अलि अशक्त जस्तो लाग्यो त्यसै जंगल लखेट्न उपयुक्त नहुने ठानेर डार्ट गरेर नियन्त्रणमा लिने अशक्त भए उपचार गरेर छाड्ने निधो गरको हौं" निकुंजका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताए
डार्ट गर्नका लागि टोली निस्कन निकै समय लाग्यो त्यो बेलासम्म होटलमा बाघ भेटिएको खवर वनको डढेलो झै पुरै सौराहामा फैलिएको थियो अग्ला घरहरुमा बसेर पर्यटक स्थानीय सर्वसाधरण समेत बाघको एक झल्को पाउन मरिहत्ते गरेको देखिन्थ्यो पर्यटकका स्तरीय डिजिटल क्यामरादेखि क्यामरा भएका मोवाइल फोनको सामान्य सेट पनि बाघ तर्फ सोझिन्थे तर बाघको आधा शरीर झाडीमा बिलाएको थियो
बाघको झलक नपाए पनि हेर्ने उत्सुकताले सौराहा भरी मान्छेको भिड लाग्यो डार्ट गर्ने बेलामा निकुंजका कर्मचारीले माइकबाटै परपर जान आग्रह गर्नु पर्यो सौराहाका धेरै घरमा आज बिहान भात पाकेन बच्चा बच्चि स्कुल जान पाएनन् बाघ पसेको पार्क साइड होटलका कर्मचारी राधा श्रेष्ठले बताए उत्सुकताले सवै होटलमै झुम्मिएका थिए
मध्यान्नको समयमा निकुंजको टोलीले बाघलाई डार्ट गर्यो लठ्ठिएको बाघको नजिक पुगेपछि बाघको अवस्था अघि अधिकारीहरुले कल्पना गरे जस्तो अशक्त नै पाइयो तीन वर्ष जतिको सो भाले बाघको गर्धन अगाडीका खुट्टामा धेरै घाउहरु थिए कसार लगेर उपचार गर्ने निको नहुँदासम्म खोरमा राख्ने निको भएपछि छाड्ने सहायक संरक्षण अधिकृत पौडेलले जानकारी दिए




No comments:

Post a Comment