पानीमा माछा मार्न बल्छी फल्ने गर्छन् । यो सुने देखेकै कुरा हो । अनि नदीमा पैसा टिप्न बल्छी हान्ने कुरा सुने पनि धेरैले नदेखेको कुरा हो । चुच्चो अंकुशेमा पिठो या गड्यौला उनेर बाँसको लौरोमा बाँधेको बलियो धागो त्यसमा कसेर पानीमा फालेपछि माछा भएको खोल्सा, खोला र नदीमा माछा पर्न बेर लाग्दैन । खानाको लोभमा फँसेपछि छटपटीएका माछा बल्छीबाट निकालेर झोलामा हाल्छन् बल्छी समाएकाले । यो दृश्य कुनै नौलो र अनौठो होइन जहाँ पनि देख्न पाइन्छ । पैसा समात्न पनि बल्छी ....यो भने नौलो नै होला भन्ने मलाई लाग्छ । खोलामा माछा त पाउन मुस्कील भएको बेलामा पैसा फसाउँन के को बल्छी ? हैन त ।
हिजो माघ २ गते दिनभर देवघाटको बेणी अर्थात त्रिशुली र कालिगण्डकीको संगम स्थलमा बिताइयो । अस्ति माघ १ गते पनि गएकै हो । केही कुरा लेखेकै हो ब्लगमा । अनि हिजो फेरि काम विशेषले दिनभर त्यतै भएपछि ब्लगमा लेख्न मिल्ने दुई चार कुराभेटाइयो पनि । सबै कुरा लेख्न थाल्दा दिक्क पनि लाग्न सक्ला र तर दुईवटा कुरा भने लेख्ने निधो गरे । त्यस मध्ये आज 'पैसाको लागि चुम्बकको बल्छी ।' भोलि बिजुलीले साथ दिएमा देवघाटकै त्यही बेणीकै अर्को एउटा दृश्य वर्णन गर्ने छु ।
माघ १ गते बेणीमा मान्छे खचाखच थिए । दुई गते दुलही अनमनाएको आँगन जस्तो सुनसान हुँदो रहेछ त्यो बेणी । तै पनि यता उता कोही न कोही देखिन्थे । सय डेढ सयको हाराहारीमा मान्छेहरु थिए हिजो पनि देवघाटको बेणीमा । नदीमा तीन चारवटा डुंगा पनि थिए । ओहर दोहर गर्नेलाई तारिदिन्छे माझीहरु । हैन मान्छे मात्रै तारेका पनि छैनन् यिनले केही गरेका पनि हुन कि जस्तो लाग्यो । हो बल्छी फालेका हुन् पानीमा,.. गतिविधि हेर्दा त्यही लाग्यो । अनि झल्याँस्स सम्झना भयो देवघाटको यो बेणीमा त रैथाने बोटेले पनि माछा मार्न पाउँन्न । अनि डुंगामा बसेर केका लागि फालेका छन् त बल्छी ।
'पैसा बटुलेको हो नि दाई' डुंगा किनार लागेका बेलामा सोध्दा १४ वर्षे हिमाल बोटेले उत्तर दिए । हिमाल डुंगामा बसेर साथी राजु बोटेसँगै बल्छी खेली रहेका थिए । राजु उमेरमा हिमाल भन्दा साना रहछन् । नदीको बीच बीचमा पनि पैसा पुगेको हुँदो रहेछ । नाइलनको पातलो डोरीमा बाँधेको गोलाकार चुम्बक स्वाट्टै नदीमा झारेपछि एक दुई रुपैयाँको सिक्का टाँसीदो रहेछ । अघिल्लो दिन माघे संक्रान्तिमा भक्तले नदीलाई चढाएको सिक्का यी बालकको खल्तीमा यसरी पर्दो रहेछ ।
बिहे गरेका आइमाइहरु पनि आउँछन् खोज्न' हिमालले साना केटा केटी मात्रै यस्तो काममा नलाग्ने जानकारी दिए । भक्तको भिड लागेका बेलामा चढेका हुनाले खोज्न हिँड्नेले कम्तीमा पनि गोजीमा सय दुई सयवटा सिक्का राखेछ । यो त भयो डुंगा भएकाहरु बीचो बीच गएर बल्छी हान्नेहरुले गरेको आम्दानी । सवैसँग त्यस्तो डुंगा कहाँ हुन्छ र अनि किनारमा बसेर चुम्बकको बल्छी हुर्राउनेहरु पनि हुन्छन् । आठ वर्षका सुमित बोटो (फोटोको बालक ) तिनै मध्येका एक हुन् । उनी किनारमा बसेर बल्छी खेलेका थिए । उनको बल्छीमा पनि साँझासम्मा ४० वटा सिक्का आयो ।
माघे संक्रान्तिमा देवघाट नुहाउन मान्छे धेरै आउँछन् । पैसा खोज्न बल्छी थाप्नेहरु पनि धेरै नै हुन्छन् । यति हुँदा हुँदै पनि सवैले केही धेरै पैसा बटुले कै हुन्छन् । तर माघे संक्रान्तिपछि पनि देवघाट आउने जाने गर्छन् मान्छे । अनि नदीमा पैसा छ कि भनेर हिमालहरु हप्ताको एक दिन अर्थाता शनिबारको दिन यसरी नै बल्छी खेल्छान बेणीमा । पारी चितवन तर्फको सितारामा संस्कृत माविमा पढ्ने यी बोटे बालकले यसैबाट किन्छन कापी र कलम ।

म भने भूतपूर्व सरकारलाई धन्यवाद दिन्छु। किन भने पैसामा फलाम जो मिसाइदिए।
ReplyDeleteफलाम नभएको भए त्यो बबुरो चुम्मबकले तान्ने थिएन र ती बालकले त्योबाट किताब कापी किन्न पाउने थिएन।
फेरी यो पैसा फाल्ने तर दुःखि, गरिबलाई दिन नसक्ने हाम्रो संस्कृति कस्तो?