हिजो माघ १ गते थियो । देवघाटमा मान्छेको ठुलो घुइँचो लाग्छ । यसो हेर्दा दोभानमा मान्छे बगरमा मान्छे । सडकमा मान्छे अर्थात जता ततै मान्छे नै मान्छे । मान्छेको भिडबाट आँखा पर लैजानै सकिदैन । तर यस पटक भिड तुलनात्कम रुपमा कम भएको अनुभव धेरैले गरे । डुंगा चलाइ रहेका धनबहादुर गुरुङलाई मेलै सोध्दा उने
'भने पोहरकोभन्दा त निकै कम हो । परारको जति पनि मान्छे छैनन् जस्तो छ ।' पोहर माघे संक्रान्तिकै दिनमा सूर्य ग्रहण पनि परेको थियो । त्यसैले दोहरो फल लिन मान्छेहरु ठाउँठाउँबाट अत्याधिक आए । पोहर त कि मान्छे थिए कि उनीहरुले चढेका गाडी थिए जता ततै । तर यस पटक त्यो मात्रामा मान्छे नआएकै हुन् । डुंगा चलाउने मात्रै हो र पुल चोकमा बस्नेहरुले पनि उस्तै अनुभव गरे । एकजना स्थानीय व्यपारीले मलाई भने 'दाई पहिला पहिला पुसको मसान्तिको दिउँसोको तीन नबज्दै देउघाट देउघाट भन्दै गाडीवालाहरु कराउँथे । यस पटक साँझ पर्दा पनि त्यो भनेको सुन्न पाइएन ।'
ल अब यो मान्छे कम भएका बारेमा केहीले गरेको अनुभुति यत्ति नै । तर जे भए पनि माघे संक्रान्तिमा देवघाटमा मान्छे छपक्कै हुन्छन् । समर्गमा मान्छे मान्छेको टाउँको बाहेक केही देखा पर्दैन । तर अलि नियालेर हेर्न थाल्ने हो भने पृथक पृथक कुराहरु सामुन्ने आउन थाल्छन् । देवघाट नुहाउन जाने हो माघे संक्रान्तिका दिन । सवैले जानेको कुरा यही नै हो । यो नुहाउन जान्छन् देवघाटमा । तर यो बाहेक पनि अरु केही कुरा हुन्नछन् मेला जात्रा लागेका ठाउँहरुमा । अब ति देखेका कुराहरुलाई अलि कता भए पनि म यहाँ राख्ने छु ।
नुहाउनु बाहेक कमाउनु देवघाट मेलाको अर्को पाटो हो । नुहाउन आउनेलाई सेवा दिदा कमाइ हुन्छ । यो बारेमा अन्यथा सोचेको होइन मैले । गाडी चढ्यो पैसा तिर्नै पर्छ । हिजो बिहान देवघाट जाँदा हामी चढेको बसले रामनगर यता १५ मिनेट गाडी रोकेरै भाडा उठायो । दुई चार पैसा भए पनि गुम्ला भन्ने पिर उसलाई छ । माग्नेहरु देवघाट मेलाको अर्को अनुहार हुन् । अघिल्लो दिन साँझै होला मान्छेको भिडभाड हुने क्षेत्रमा मिलाएर कपडा बिछ्याइएको थियो । मान्छेहरु शितले भिजेका ति कमपा माथि चामल दिदै जान्थे ।
अनौठा बाबाहरु मेलामा देख्न पाइयो । तुलनात्मक रुपमा केही बाबाहरु सुकिला मुकिला पनि थिए । कोही बाबा गाँजा तान्दै गरेका भेटिए । माग्नेको लाममा घुसेको बाबा ताल तालका थिए । उता काली र त्रिशुलीको संगममा नुहाएर फर्कने बाटोमा बसेको माग्नेहरुको लाममा एउटा बाबा कुकुरलाई अंगालो हालेर बसेका थिए । ति बाबा थोरै चामल दिए रिसाउँदै त्यत्ति नै चामल बाहिर फ्याँकी दिन्थे । तर चामल दिनेले यो दृश्य चाल पाएको हुँदैन थियो । हैन यस्ता बाबालाई कस्ले धेरै नै चामल दिएको रहेछ र हो वरपरको अरुकोभन्दा उनको थुप्रो ठुलै थियो ।
माघ महिना यसै त चिसो त्यसमाथि नुहाएर आउँदा झनै चिसो । यता चितवन तर्फ ठाउँ ठाउँमा पसल थिए परिकार थिए तर तातो खाने कुरा पाउन गाह्रो । नारायणगढ जेसिजले चीया पकाउँदै दिदै गरेको रहेछ । ल ल तातो चियो खाएर जाउँ भनेर जेसिजका मान्छेहरु कराइ रहेका थिए । पैसा लाग्दैन थियो तै पनि चियाका गिलास समाउने हातहरु कमै थिए । नुहाएर पुण्य कमाउन आएकालाई लाग्दो हो यो जाडोमा उनीहरुको चिया खाए त सेवा गरको आधारमा उनीहरुले बढी फल पाउन सक्छन् त्यसैले खान्न म सित्तैको चिया भनेका हुन कि जस्तो लाग्यो मलाई । किन भने पैसा तिरेका पसलमा परिकार गुणस्तरका नभए पनि भिड थियो । यता सित्तैमा पाउने जेसिजको चियाको स्वाद आहा जो नखाए ओ पछताए भन्ने तहको थियो । चिनी चिया र मसलाको मिश्रणले त्यो चियालाई उच्चकोटीको बनाएको थियो ।
मान्छेको त्यो भिडमा मसिनो गरेर हेर्ने हो भने अरु पनि धेरै कुरा देखिएला । सवै कुराको चर्चा यहाँ के गर्ने । एउटा कुरा भने मलाई भन्नै मल लाग्या छ त्यो अलि फोहरी कुरा हो । तपाइँहरुले यो कुरा सुनेर मलाई गाली भने नगर्नु होला । मेलामा मान्छे आउँछन् । दिसा पिसाब लाग्छ । शरिरबाट निस्कन चाहने त्यो बिकारलाई त फाल्न पर्छ । नभए बित्याँस निम्तन्छ । हो त्यस्तलाई सुविधा दिन भनेर उता दोभानो आडमा लहरै अस्थाई चर्पीहरु उभ्याइएका थिए । तर लाख मान्छे आउने भनिएको देवघाटमा चर्पी भने १५ वटा पनि छैनन् । अनि त्यो चर्पीको क्षमता मान्छेको आवश्यकताको तुलनामा कता हो कता अर्थात हात्तीको मुखमा जिरा । अनि बिकारको विस्रजन नुहाउने घाट वरपर यत्रतत्र सर्वत्र । छ्याँ भन्न पनि भएन देवभुमिमा बसेर । तर सहन पनि सकिएन मान्छे विष्टाको त्यो दुर्गन्ध ।

No comments:
Post a Comment