Wednesday, January 26, 2011

समस्या गहिरो, चासो छैन कसैको

बारा जिल्लाको सिमरामा हुर्के बढेका २२ वर्षीय अमन (परिवर्तित नाम ) अचेल बाबुआमा सहित मकवानपुरमा बसाइ सरेका छन् तराईमा साम्प्रदायिक सदभाव पहिलो जस्तो सौहार्द पुर्ण हुने नदेखेपछि ठाउँ छाडेर हिड्नेको लाममा उनको परिवार पनि सामेल भएको हो लामो समय बसेको ठाउँ छाड्दा परिवारका अन्य सदस्यको मनमा खिन्नता तर अमनमा बढी समस्या बसाइ सरेका परिवारलाई अमनको अवस्थाले झनै रुवाएको
अमनलाई भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मनोचिकित्सक डा।सीपी सेढाइको डेढ वर्षदेखि नियमित उपचार गर्दै आएका छन् डा।सेढाईका अनुसार अमन सिजोफेनिया भन्ने मानसिक रोगको सिकार भएका छन् यो कडा प्रकारको मनसिक रोग हो कसैलाई झट्टै निको हुन सक्छ कोहीलाई भने तीनदेखि चार वर्षसम्म नियमित उपचार गराउनु पर्ने सेढाईले बताए
वि..२०६३ सालको माघपछि तराइमा पहाडी मधेसी समुदायका व्यक्तिहरु बीचको सम्बन्ध बिग्रने अवस्था सिर्जना भयो आफुमाथि राज्यले विभेद गरेको भन्दै मधेसमा जनआन्दोलन सुरु भयो मधेस आन्दोलनले मधेसीहरुको आवाज सुन्न राज्यलाई बाध्य पार्यो तर योबीचमा साम्प्रदायिक सद्भावमा समेत खलल पुग्ने खालका काम हुँदा अमनको मानसिकतामा नराम्रो असर परेको हो
अमनका परिवारका सदस्यका अनुसार तराईमा हुर्केकाले उनका धेरै साथी मधेसी थिए सवैभन्दा नजिकको मित्र नै एकजना मधेसी युवक थिए जव साम्प्रदायिक सद्भावमा खलल पुगेको खवर आउन थाल्यो अमनले आफ्नो त्यही नजिकको मित्रबाट आफुलाई खतरा हुने ठान्न थाल्यो 'मैले भेट्दा पनि त्यो मधेसी साथीको नामै किटेर उसले मलाई मार्छ पिट्छ' मात्रै भन्छुडा.सेढाईले सुनाए तर त्यो मधेसी साथीले अमनलाई पहिला जुन सौहार्द पुर्ण व्यवहार गर्दथे त्योभन्दा कुनै फरक गरेको पाइएन
अमन सधै डराउन थाले कान करायो फोन बज्यो लौ आयो आयो भन्न थाले लक्का जवान छोराको यो अवस्था देखेपछि चिन्तित आमा बाबुले बसेको ठाउँ नै छाड्ने निधो गरे उनीहरु पुरानो ठाउँ छाडेर मकवानपुर आए तर अमनको समस्याले साथ छाडेन जसबाट अमन डराउँथे त्यही साथीलाई घरमा ल्याइयो साथीले रुदै आफुमाथि त्यस्तो अविश्वास नगर्न आग्रह गरे तर अमनको मन परिवर्तन भएन् 'यस्ता रोगीले अरुले भनेको कुरा विस्वास नै गर्न सक्दैनन् ढाँटेकोहो भन्ने ठान्छन्' सेढाइले भने सेढाइले गत वर्ष चार हजार ४७४ जना विरामी हेरे जसमध्ये झण्डै आधा अर्थात दुई हजार १०१ जना डिप्रेशनबाट पिडित छन् अहिलेको राजनैतिक अवस्था खलबलिएको सामाजिक परिवेशले मान्छेमा डिप्रेशनको दर बढेको सेढाइको भनाइ वीपीएडी अर्थात मेनिया सिजोफेनिया एन्जाइटी समस्या पीटीएसडी जस्ता मानसिक विकारहरु समाजमा हुने िहंसा द्वन्द्व प्रतक्ष्य सम्बन्धित भएको डा।सेढाइ बताउँछन्
विभिन्न १६ प्रकारका मनोरोग मध्ये तथ्यांकमा डिप्रेसनबाट पिडित पहिलो स्थानमा रहे जस्तै मेनिया तेस्रो, एन्जाइटी समस्या चौथो, सिजोफेनिया छैठौं पीटीएसटी १३ औं स्थानमा त्यसैले देशको राजनीति सामाजिक अवस्थाले पिडित अमन एक्लै होइनन् यो समस्या भुसको आगो जस्तै भित्रभित्रै गम्भीर रुपमा सल्केर बसेको डा. सेढाइको भनाइ समस्या परेपछि चिकित्सकको सम्पर्कमा आउनेहरु निकै कम छन् डिप्रेशनका विरामीमा आधाले चिकित्सकको सेवा लिएका छन्
सेढाइसँग उपचार गराउनेमा विस्थापित जिवन बिताएका मात्रै होइन तराइका जिल्लामा जान लागेका या काम गरेका गाउँ विकास समितिका कार्यलयका सचिवहरु पनि प्रशस्तै छन् कतैबाट कुनै प्रकारको धम्की नआए पनि उनीहरु शंकै शंकाले गर्दा पिडित बनेको सेढाइँको अनुभव 'मान्छेले आफुलाई लागेको डर शंकोच शंका अरुसँग आदनप्रदान गर्न पायो भने मानसिक रोगले छोप्न पाउँदैनु' रोगै लाग्न नदिन यस्तो उपाय भन्छन् सेढाई तर समाजमा अहिले एकले अर्कालाई विश्वास गर्न सक्ने अवस्था नरहेकाले मान्छेहरु रोगी हुँदैछ
जब मान्छेले पहिलेकोभन्दा अनौठो अस्वभाविक व्यवहार देखाउँछ यसलाई मानसिक रोग लाग्यो भनेर अरुले ख्याल राख्नु पर्ने चिकित्सकहरु बताउँछन् एक्लै बोल्ने हाँस्ने दौडने बिना कारण आत्तिने चिन्ता मान्ने घाँटीमा केही अड्क्यो भनेर कराउने जस्ता कुराहरु बारम्बार गर्न थाल्नु मानसिक रोगको लक्षण भएको डा।सेढाइले जानकारी दिए यस्तो लक्षण देख्ना साथ चिकित्सकलाई देखाउनु पर्छ नेपाली समाजमा मानसिक रोग उत्पन्न हुने वातावरण निकै फष्टाएको तर मानसिक रोग लाग्नै नदिने प्रयत्न लागेमा चाडै उपचारमा लैजाने परिपाटी भने देखिएको छैन
देशको राजनीतिक वातावरण सामाजिक अवस्थालाई ख्याल गरेर सरकारले मानसिक स्वास्थ्य सम्बन्धी घुम्ती शिविर नै चलाउनु पर्ने अवस्था देखिएको चिकित्सकहरुको ठम्म्याइ तर मानसिक स्वास्थ्यको क्षेत्रमा लागेका चिकित्सकहरुको अभाव देशभरमा ४५ जना जति मानसिक रोग उपचार गर्ने चिकित्सकहरु रहेको सेढाईले जानकारी दिए सरकारले मानसिक रोगका सम्बन्धमा कुनै कार्यक्रम नबनाएको चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठ बताउँछन्


No comments:

Post a Comment