Tuesday, January 11, 2011

जसका अगाडी भाषणको गर्नुको कुनै अर्थ नै छैन

जसका अगाडी भाषण गरेर कुनै अर्थ नै छैन तर पनि मंचमा बसेकाहरु बोल्ने पालो आएपछि बेमतलबका कुराहरु बोलेको बोल्यै गर्छन् यो विषयमा केही महिनाअघि नै लेख्ने मनस्थिती बनाएको थिए तर त्यत्तिकै भइ रहेको थियो उबेलाको जस्तो अवस्था हिजो पनि सामना गर्नु परेकाले आज भने लेख्ने नै भए नेपालमा चाहिएका बेलमा बोल्दा पनि मेसो नपाइ नपाइ बोल्ने गर्छन् मंचमा बसेका मान्छेहरु तर बेला अवस्था परिवेशले नमागे पनि फतफताउन पाएपछि लगातार फतफत गर्छन् महानुभावहरु
अव यसो भनिसकेपछि सिधै विषय वस्तु तर्फ नै लागौं दुई महिनाअघि हो क्यो हो जिल्ला सुकुम्वासी समस्या समाधान समिति चितवनले जिल्लाका केही सुकुमवासीलाई जग्गाधनी पुर्जा दिने भएछ अध्यक्षले हामीलाई १२ बजे बोलाउनु भयो हामी एक बजे पुग्दा पनि कार्यक्रम सुरु भएको थिएन पुर्जा लिने मान्छेहरु १० बजेबाटै आएर बसेका रहेछन् पौने दुई बजे कार्यक्रम सुरु भयो दलका प्रतिनिधिलाई मंचमा बोलाइयो बोल्न पनि दिइयो
सना ठुला सवै दलका नेताले बोले सुमुकवासीका विषयमा बोलेको सुन्न पाइएन तर देशको समयसामायिक अवस्थाको बोरेमा उसले उसलाई उसले उसलाई आरोप प्रत्यारोप लगाउने काम भयो संविधान अनमिन हतियार लडाकु व्यवस्थापनका बारेमा नै कुरा गरेर नेताहरुले एकजना वृद्धले ति कुरा प्रति कुनै ध्याननै नदिए जस्तो लाग्यो यसो हेरेको मंचभन्दा तल बसेका कसैले पनि नेताले के बोलेको त्यो ख्याल नराखेको देखियो सवैजना आफ्नै धुनमा
कार्यक्रमका प्रमुख अतिथि सुकुमवासी समस्या समाधान आयोगका केन्द्रयि अध्यक्ष थिए उनी ठ्याक्कै एक घण्टा बोल्दा रहेछन् फेरि सुकुमवासीको बारेमा बोल्ने हो उनी माले पार्टीका नेता रहेछन् जगतबहादुर बोगटीदेखि प्रचण्डसम्मलाई गाली मात्रै गरे अनि भाषण सकेपछि पुर्जा बाँड्ने बेला आयो अघि दिक्क मानेर बसेका वृद्धलाई सुरुमै बोलाइयो सय वर्ष नाघेका बुढा रहेछन् कानै नसुन्ने उनलाई एउटा पुर्जा लिन १० बजे बोलाएर बेफ्वांकमा चार बजेसम्म भाषण सुनाइयो यो ठुलो अत्याचार हो कि होइन ?
अब यो दुई महिना अघिको कुरा भयो हिजोकै कुरा पनि गरि हालौं हिजो कार्यक्रम वृद्धवृद्धाकै लागि भनेर थियो युवा उमेरका हामी दुई चारजना पनि थियौं वृद्धवृद्धाको हक अधिकारका लागि भनेर छलफल राखिएको थियो दुईज्ना वृद्ध ९० कटेका थिए उनीहरु कान पटक्कै नसन्ने उता भर्खर ६० टेकेका पाकाहरु बोल्न पाएपछि बोलेको बोल्यै ९० कटेकाले कानै नसुन्ने अनि मान्छेको मुख चलि रहेको देखेर उदेक लाग्दो हो चिच्याएरै भन्थे 'खाई ठ्याम्मै केही सुनिएन ' मेरो आडैमा बसेका ९३ वर्षका अर्का एकजना वृद्धले भने ' बाबू के कुरा गरेका हुन् यीनले '
तपाइँ जस्ताको हितका कुरा गरेका हुन् बा भने मैले अव सुन्दै नसुनेपछि खै के के बोले के के भनेर निरासा व्यक्त गरे अनि ति वृद्धहरु कार्यक्रममा बसीरहन नचाहेको बताए चिया खाएर जानु होला भनेपछि मुहारमा चमक आयो तर केही बेर कुर्दा पनि चिया नआएपछि जाँ भो भन्दै बाहिरीए खास्सा वृद्धहरु कार्यक्रममा भाषण भने जारी नै रहयो दिक्क मानेर वृद्धहरु बाहिर गएको लामै समय हुँदा पनि कार्यक्रममा वृद्धवृद्धाका अधिकार अवस्था बारेमा लामै समयसम्म छलफल चलि रहयो

No comments:

Post a Comment