Saturday, January 8, 2011

नेताले पनि दुःख पाएको देख्न जनता उत्सुक छन्

गगन थापा नेपाली राजनीतिका आशा लाग्दा युवा नेता हुन् गगन जस्ता सय नेता नेपालमा भएको भए यो देशको प्रगतिले पनि गगनै चुम्ने थियो तर नहुँनाले जनताले सधै गोता खाइ रहनु परेको यी गगनले हिजो भरतपुरमा एउटा कुरा बोले जे बोले प्रष्ट बोले उनले भने जेठ १४ गते भित्र संविधा जारी हुँदैन
सर्व साधरण नेपालीलाई पनि यस्तै लाग्छ आउँदो जेठ १४ गते भित्र नेपालमा नयाँ संविधान बन्न सक्दै सक्दैन नेताहरु भने भन्ने गर्छन् संविधान बन्छ बनाउने काममा नै नलागेपछि संविधान बन्ने सम्भावना नै छैन तै पनि नेता भन्छन् बन्छ तर गगन त्यस्तो नेतामा परेनन् उनले साचो कुरा बोले संविधान बन्दैन
यो देशमा गएको जेठ १५ मै संविधान बन्नु पर्दथ्यो दुई वर्ष भित्र संविधान बनाउँछु भनेर नेताले भोट मागे हामीसँग तर तोकिएको समयमा संविधान बन्न सकेन अनि नेता आफै मिलेर संविधान सभाको म्याद एक वर्ष थपे यो बीचमा कस्सीएर काम गर्नु पर्दथ्यो नि तर अह नेताले त्यसो पटक्कै गरेनन् यो देशलाई चाहिने प्रधानमन्त्री चुन्न सकेनन् हाम्रा नेताले केही समयलाई चाहिने प्रधानमन्त्री चुन्न नसकेको महिना भयो नेपालमा अनि यस्ता नेताले लामो समय खप्ने संविधान देलान भनेर खै कसर आशा राख्नु
गगनले भलै साचो कुरा बोले तर राम्रो हुँदै भन्ने बोली बोलेनन् हुँद्यै भए पो राम्रो हुने भन्नु हुँदै नभएको कुरा उनले पनि के बोल्नु एउटा सामान्य नागरिक इमान्दार नेताको अवस्था यो देशमा उस्तै उस्तै देखियो नेतासँग देशलाई कसरी लैजाने भन्ने खाका हुन्छ त्यो भने सुनाउन भ्याए थापाले
उनले भने सवै दलले मै ठुलो भन्ने भावान त्यागेर सहमति गर्नु पर्छ सरकार पालै पालो चलाउने तर संविधान लेख्ने शान्ति प्रकृयालाई सफल्ता पुर्वक सक्ने काम गर्नै पर्छ नेताहरुको कुरा नमिल्नाले नै यो भद्रगोल भएको हो नेताहरु मिल्दैनन् देशमा अब झनै ठुलो भद्रगोल हुने अवस्था भनेर थापाले भनेनन् तर सामान्य नागरिकलाई यही लाग्दैछ
अनमिन प्रमुख करेन लेनग्रेनले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा बुझाएको नेपाल बारेको प्रतिवेदनमा प्रष्ट भनिएको नेपालमा कि राष्ट्रपति शासन लागु हुन्छ या माओवादीले जनबिद्रोह गर्छ अथवा सेनाले कु गर्ने अवस्था अव देशमा यो भद्रगोल आउने पक्का पक्किनै नेताले केही नगरेपछि यी मध्ये केही हुन्छ हुन्छ
केही नगर्ने गफ मात्रै गर्ने अनि अरुलाई दोष दिएर आफु ठुलो हुन खोज्ने कुनै ठुलो शक्ति केन्द्रको आड लागेर ठुलो हुँ भन्ने धाक दिने नेपाली नेताको आम चरित्र रहयो यो चरित्रले देश बिगि्रयो जनताले हुनसम्म सास्ति पाए अब नेपालमा एक पटक नेताले पनि दुःख पाएको देख्न जनता उत्सुक छन्

No comments:

Post a Comment