व्यक्तिगत रुपमाभन्दा एमालेका नेता झलनाथ खनालसँग मेरो कुनै रिस राग छैन । उनको व्यक्तित्व आर्कषक छ । एमालेका अध्यक्ष पनि हुन । मान्छे हेर्दा शालिन भए पनि नेताको रुपमा उनको भुमिका साह्रै कमजोर भयो । मुलुकलाई यो बेलामा राम्रो र सक्षम नेता चाहिएको छ त्यो पुरा हुन सकेन । यसमा झलनाथ मात्रै परेका होइनन् नेपालका सवै नेताको पारा यस्तै रहयो । देवीप्रसाद रेग्मी भन्ने एकजना सर्वसाधरणले यी नेता मध्येका एक नेता झलनाथलाई हिजो बिहीबार दिउँसो गालामा चड्काएछन् । चड्काए राम्रै गरे भन्नुभन्दा अगाडी म आफ्ना केही धारणा राख्नेछु । देवीप्रसादले कुनै व्यक्ति नेता समुदाय पार्टीको उक्साहट र योजना मुताविक हानेका हुन् भने म उनको कार्यसँग सहमत छैन । आफ्नै अन्तरमनले भनेपछि चड्कन लगाउनै पर्ने देखेर चड्काएका हुन् भने मैले देवीप्रसादले राम्रो गरे । झलनाथलाई हानेका हुनाले राम्रो गरेभन्ने पनि मेरो आशय होइन । चड्कनभन्दा बढी अरु केही व्यवहार गरेको भए मैले उनको काम यति सजिलै समर्थन गर्ने थिइँन ।
देवीप्रसादको चड्कन नेपाली सर्वसाधरणको मन भित्र गुम्सिएर रहेको, उकुस मुकुस भएर बसेको आक्रोशको सानो अभिव्यक्ति मात्र हो । म नेतालाई देवीप्रसादले जस्तै चड्कन लगाउने छु भन्ने सर्वसाधरणको बहुमत नै छ यो देशमा । देशका नेताले नेपाली जनताको अतिभन्दा अति अपमान गरेका छन् । जनताप्रति जवाफदेही नै हुन सकेनन् नेताहरु । जनताले गर भनेर पठाएको मुख्य काम नै गर्न विर्से । संविधान लेख्न छाडेर प्रधानमन्त्रीको पद अर्थात कुर्चीका लागि लडेको लडेइ गर्दा पनि एउटा प्रधानमन्त्री दिन सकेनन् नेताले । मुलुकका समस्या सामाधान गर्ने कुरामा सिन्को भाँचेनन् । अनि कुरा गर्नु पर्दा आफ्नै धाक लगाउने आफै सर्वमान्य हुँ भन्ने ठान्ने । झलनाथको मात्रै हो र आम नेता यस्तै चरित्रका रहे ।
जनता लोडसेडिङको मारमा परे अपहरणकारीले सताइए मागेको जति चन्दा नदिदा ज्यानै गुमाउनु पर्ने अवस्था आयो । महंगीको कुरै नगरौं रोग व्यधि पनि यस्तै आयो । कर्णाली अंचलमा नुन समेत खान पाएनन् मान्छेले । जनताको कि दैनिक दुःख घटाउन नेताले कुनै चासो दिएनन् । संविधान लेख्ने कुरा बिसे्र जनतालाई सुविधा दिने कुरा ख्यालै भएन यी नेतालाई । अनि आफुले सुविधा लिने कुरा कहिल्यै भुलेनन् । भ्रष्टाचार गर्न लाज मानेनन् । संयुक्त राष्ट्र संघको मिसनमा गएका प्रहरीलाई पठाउने सामानमा समेत अकुत भ्रष्टाचार गरे नेताहरुले । वैदेशिक रोजगारीमा जानेहरुबाट हजार रुपैयाँ लिएर खडा गरेको कोषको पैसामा समेत राइदाइ गर्न भुलेनन् नेताले ।
गर्नु पर्ने काम गर्दै नगर्ने, नगर्नु पर्ने काम गर्ने । नगर्नु पर्ने भन्नाले नेताले होइन चोर डाँका र फटाहाले गर्ने काम भने घुँडा धसेर गरे नेताहरुले । अनि जनताको असन्तोष कति बढ्यो होला । त्यो असन्तोष निस्काशन गरे देवीप्रसादले । मेरो छोरालाई किन जागिर नदिएको भनेर खनाललाई झापड हानेका हुन भने राम्रो गरेनन् देवीप्रसादले भन्नु पर्छ । तर नेताले जति अत्याचार गरे पनि जनतासँग तर्सन नपर्ने अवस्था आयो । देवीप्रसादले जे गरे त्यसले नेता अब जनताको सामुन्ने जाँदा तर्सन भए । सीडीओलाई चड्कन लगाउने मन्त्री यही देशमा छन् । तर सीडीओ चड्काउने मन्त्रीले कुनै कारवाही भोग्नु परेन । नेतालाई पिटेको जनता तत्कालै प्रहरीको नियन्त्रणमा पुगेका छन् । जनतालाई कमजोर र निमुखा ठान्ने कार्यकर्ता बनाएर बुद्धिभुट्ने मेसो मात्रै गर्ने नेताले भविश्यमा कति चड्कन भेट्ने हुन हेर्दै जाउ । सधै जनता अपमानित भए यो देशमा । अब सार्वजनिक समारोहमा अपमानित हुने पालो नेताको हो ।

चड्कन काण्ड सबै नेपालीकालागि स्वागत योग्य कदम भएको छ तथापि पत्रकार बन्धुहरू कानूनि राज्यको हवाला दिदै यो कदम राम्रो नभएको भनि राखेका छन्। विचराहरूलाई कति आपत! मन भरि ठीकै गरे भन्दै कानूनको पूच्छर भएर पुनः नराम्रो भन्नु परेको पीडा कस्ले बुझिदिने होला।
ReplyDeleteतथापि तपाई पनि व्यक्तिगत रूपमा राम्रै भन्नु भएकोमा हृदयदेखि धन्यवाद।