'परेवाकोट जानु पर्छ' साथी दिपेन्द्र बडुवाल केही दिनदेखि यसै भन्दै थिए । 'दुवैजना जानु पर्छ है' उता पुर्वी चितवन पत्रकार मंचका अध्यक्ष केपी किरण शर्माले हामी लोग्ने स्वास्नीलाई नै निम्ता दिए । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि जाउँ भने । 'सानो सानो पिकनिक जस्तो हो जाउँन रमाइलै हुन्छ' एकल सिलबालबाट थप हौसाउने काम भयो । पुस १४ गते बिहान साढे चार बजे नै दिपेन्द्रको मिस कल आयो सायद जगाउनलाई होला । सहिद चोक पुग्दा सवा छ भएको थियो । दिपेन्द्रले ल्याएर आएको मिनी बसमा छिरियो । पत्रकाहरु पायक पर्ने ठाउँमा पर्खेर बसेका थिए । जोडी भएका पत्रकार मित्रहरु पनि क्रमशः थपिन थाले ।
चितवन र मकवानपुरको सिमाना लोथर खोलामा पुगेपछि बस रोकियो । अव सवै झरेर उकालो लाग्नु थियो । परेवाकोट चितवनको पिप्ले गाविसमा पर्ने पहाडी गाउँ हो । जहाँ धेरै चेपाङ र केही तामाङको बसोबास छ । कुरा यत्तिमा सिमति छैन । यो त पुरानो र ऐतिहासिक ठाउँ पो हो अरे । मैले योसम्म सुनेको छु धेरै कुरा भन्न सक्ने अवसथामा छैन । तर उत्तर तर्फ हिमाल टल्केको र दक्षिण तर्फ नागबेली राप्ती र मैदानी इलाकाको आनन्ददायक दृश्य देख्न पाइदो रहेछ । तर हामी पुग्दा कुहीरोले छोपेको थियो सवै कुरा ।
'रातीमा मज्जाले तारा देख्न पाइने ठाउँ हॊ यो' एकजना बुज्रुकले बयान गरे । बिहानको उदाउँदो सूर्य र साँझको अस्ताउँदो सूर्य हेर्न भन्दै नजिक टाढा जता पनि जान थालेका छन् नेपाली तर यो रातमा तारा हेर्न भन्दै कतै जाने कुरा भने हामीलाई उदेक नै लाग्न सक्छ । तर झलमल तारा हेर्नु पनि रमाइलै हुन्छ । यो कुरा विस्तारै थाहा पाउने छौं हामी । लगातार तीन् घण्टा जति हिडेपछि परेवाकोट पुगियो । केपी किरण अघिल्लै दिन आएर खानपानको व्यवस्था मिलाएका रहेछन् । कोदोको ढिडो पनि थियो भागमा । कसैले जानेर निले, कसैले नजानेर चपाए अनि कसैले शान दिनलाई चम्चाले उधिन्दै मुखमा हुले त्यसलाई ।
खाना खाएपछि कुराकानी सुरु भयो । एकजनो भने 'पाठक थरका एकजानले महेन्द्रको पालामा पैसा नै बनाएको ठाउँ हो यो ।' एकजनाले सुनाए 'अलि तल गुफा छ जाने हो ।' साथ लागेर गए दुई चारजना साथी । लैजानेलाई नै बाटोको पत्तो भएनछ । थाकेका साथी आधा घण्टा हिडेपछि निरास हुँदै फर्के । चर्च थियो गाउँमा । परेवाकोट भनेपछि देवीको मन्दिर नहुने कुरै भएन चर्च थियो, मन्दिर थियो अनि गाउँ थियो थोरै घर भएका । खाना खाएपछि हिडिहाल्ने तयारी भयो । अघि तीन घण्टा लगाएर उक्लेको समयमै नहिडे अध्यारोले पिरोल्ने डर । तर थाकेका साथीहरु उतै बस्ने भए । वाइवाइ गर्दै बाहिरियौं हामी ।
गाउँदेखि केही पर आएपछि पहिला गएको बाटो त्याग्यौं हामीले । तल लोथर बजार उत्तिनै खेर आइयो । मोटर जाने बाटोमा हिँडेकाले पहिला जाँदा पो त्यति समय लागेको रहेछ । मान्छे हिड्ने बाटो हिड्दा बेर नलाग्ने रहेछ । मोटर जाने बाटोमा यस पटक मोटर चढेर जाने हिम्मत कसैले गरेन । कारण त्यो बाटोमा तीन वर्षअघि ट्रयाक्टर चढेर गएका थिए धेरै । तर फर्कदा पुरै फर्कन सकेनन् । ट्रयाक्टर दुर्घटना भयो । तीनजनाको ज्यानै गयो । पत्रकार दिपेन्द्र बडुवाल लगायतका साथीहरु गम्भीर घाइते भए । दुर्घटना स्थलपुग्दा उबेला परेवाकोट पुगेका धेरैका आँखा रसाए । जे होस यस पटक त्यस्तो नराम्रो केही भएन । बरु रमाइलै भयो । पत्रकारसँगै उनका श्रीमतीहरु पनि यो रमाइलोमा मिसिए । ठ्याक्कै परेवाकोट के कस्तो हो त्यसको खोजीनीति गर्न भने इमान्दार भएर भन्नु पर्दा लाग्दै लागिएन । तर ठाउँ भने रमाइलो छ है । त्यो किन भनेको भने त्यत्रो उकालो ओरालो हिडाउँदा पनि श्रीमतीबाट कुनै गुनासो आएन ।

ठ्याक्कै परेवाकोट के कस्तो हो त्यसको खोजीनीति गर्न भने इमान्दार भएर भन्नु पर्दा लाग्दै लागिएन । तर ठाउँ भने रमाइलो छ है । त्यो किन भनेको भने त्यत्रो उकालो ओरालो हिडाउँदा पनि श्रीमतीबाट कुनै गुनासो आएन ।
ReplyDelete