Saturday, December 11, 2010

चेपाङको चेहरा

चितवन जिल्लाको शक्तिखोर काउले सिद्धि दाहखानीका गाउँलेहरु किन मेल गर्न आफ्नो बारीमा फलेको चिजबिज बेच्न आउने ठाउँ हो शक्तिखोर बजार जस्ताले छाएका दुई पाखे छाना भएका घरहरु बाटोको दायाँ बायाँ छन् तिनै घरमा पसल होटल बसेका छन् दुई सय मिटर जति क्षेत्रमा लहरै मिलेका घरहरुले त्यो ठाउँलाई बजार भन्न लायक बनाएको हो त्यो स्थानभन्दा झण्डै १५ सय मिटर पर बस्ने २४ वर्षीय गोरीमाया प्रजालाई विश्वमा त्यो नै सवैभन्दा ठुलो बजार हो भन्ने लाग्छ कारण उनी त्योभन्दा पर कतै गएकी छैनन् अनि जे देख्यो त्यो नै ठुलो पत्याउनै गाह्रो उनी अझैसम्म मोटर चढेकी छैनन् रे
गोरीमा श्रीमान घरको गाह्रो लगाउँछन् तर उनको आफ्नै घर भने खरले छाएको काठको फलेकले बारेको काठ पनि त्यत्ति राम्रो खालको होइन रहेछ तल माटोले छोएको भाग कुही सकेको गोरीका श्रीमान केही कमाउँछन् तर झण्डै १३ जनाको मुखमा माड लगाउनु पर्छ त्यस्ले अनि बचत भन्ने कुरा कल्पनामै आउँदैन उनका आफ्नै तीन सन्तान छन् अरु बैनी भाइहरु छोरो भर्खर स्कुल जान थालेको तर विद्यालयमा सधै जान मान्दैन केटाकेटी हो घरदेखि परको सुकल जानु नचिनेका मान्छेसँग बस्नु उसलाई पनि उदेक नै लाग्दो हो
यो छोरो पढेर मास्टर भैदिए हुन्थ्यो भन्ने उनको चाहना थोरै खेतमा एक मुरीसम्म धान फल्छ अलिकति कोदो मकैले गर्दा वर्षमा महिनासम्म छाक राम्रै टर्छ त्यसपछि घरमा अन्नको दाना हुँदैन बेसाहा खोज्नु पर्छ पेट भर्नलाई साहुले सधै पत्याउन्न डोको बोकेर जंगल पस्नु पर्छ कन्दमुल खोज्नलाई गिठ्ठा तरुल पहिलाको जस्तो छैन जंगलमा थोरै जुटाउन पनि निकै धौ हुन्छ रे अचेल गोरीलाई गोरीका श्रीमान भन्छन् 'साथमा तीन लाख पैसा भए यो जिवनमा यस्ता झण्झट बेहोर्नु नै पर्दैन थियो मन लागेको खान लाउन खर्च गर्न पाइन्थ्यो तीन लाख नहुँदा दुःख पाइयो सर '


1 comment: