बाहिरको मौसम चिसो चिसो छ । माहौल भने अलि गरम नै छ । पुर्वी चितवनमा एकजना व्यक्ति प्रहरी हिरासतमै बिते छन् । दिउँसो गाउँलेले साइकल चोरेको आरोप लगाएर इलाका प्रहरी कार्यालयमा बुझाएको मान्छेको निधन भएपछि प्रहरीले आफन्त नभेटाएको भन्दै वेवारिसे लाश नगरपालिका मार्फत सतगत गरे छ । उसले आत्म हत्या गरेको हो भन्ने जिकिर गरेर प्रहरी थाक्दैन । यत्तिकैमा आशंकाको बादल फार्दैन भनेर उसका परिवार पछाडी हट्दैन । परिवारलाई माओवादी पार्टीको साथ छ । जसका कारण आन्दोलन सशक्त हुँदै गाछ । मृत्युका बारेमा न्यायिक आयोग गठन गर्न माग राखेर चितवन बन्द समेत भयो । मौसम चिसो भए पनि बन्दैले माहौल गरम त बनाउँछनै ।
यो चिसो मौसम र गरम माहौलमा एका बिहानै चितवनका लियो क्लवहरुले मनाउने सप्ताह व्यापी कार्यक्रमहरुको शुभारम्भको मेसोपनि जुरेको रहेछ । बिहान आठ बजे नै पुगियो लायन्स चोकको लायन्स भवनमा । बन्दले बिथोलेर नै होला सहभागि जुटिसकेका थिएनन् । जति जम्मा भएका छन् ति एकआपसमा गफिदै थिए । पुगेको केही क्षणमै कफी आयो । कागजको बुट्टे कपमा आएको दुध हालेको कफी स्वादिलो नै थियो । कफीले मौसमको चिसो पखाल्न सहयोग गर्ने नै भयो । पिउँदै यसो यता सरेको देखियो कफी त त्यही तयार पो भइरहेको छ । टिनको गोलाकार बट्टाको टाउँकोमा किट्ली देखिन्छ । कट्लिीभन्दा तल स्टोभ रहेछ । जो देखिदैन । स्टोभ बलिरहेको हुँदो रहेछ । किट्लिमा हुन्छ दुध ।
कफी चाहियो भने किट्लिको दुध कपमा खनायो अनि दियो । कप आडैको एउटा प्लाष्टिकको बाल्टीमा छ । कपमा दुध भर्नुभन्दा अघि बाल्टीमै भएको एउटा स्टीलको सानो बट्टा झिकेर कफी र मसलाको मिश्रण पर्छ त्यसको पिँधमा । दुई बातले उचालेर जहाँ पनि लैजान मिल्ने यो मोवाइल कफी एउटा खाइ लाग्दो युवाले चलाएका छन् । सफा जिन्सको ज्याकेट र जिन्सकै पाइन्ट लगाएका उनले कपाल पनि मिलाएरै काटेका छन् । उनी यताको पहाडी मुलका होइनन्, मधेसी पक्का हुन उस्तै परे भारतीय पनि हुन सक्छन् तर जे भए पनि उनी मिहनेतमा विश्वास राख्ने काममा लगाव राख्ने व्यक्ति पक्का हुन् । यताका हामी भएको भए यसरी काम गर्न अति लाज मान्ने थियौं ।
कार्यक्रम सुरु भयो । लियो क्लव, युवाहरुको क्लव हो । युवाले समाज र देशका लागि गर्नु पर्ने कामका चर्चाहरु त्यहाँ भए र कार्यक्रम मध्य अवस्थामा पुगेपछि कफी बाँड्ने क्रम फेरि सुरु भयो । त्यो युवक किट्ली उचाल्छ कप झिकेर कफी छर्छ अनि कपमा दुध भर्छ । तयार कफी कुर्चीमा बसेकाहरुलाई बाँड्छ । उसको कफीको चुस्की लिदै धेरैले भाषण सुनिरहेका छन् मंचबाट बक्ताले युवाहरुको भुमिकाको चर्चा जो भइरहेको छ । मलाई लाग्यो मंचबाट भाषण गर्नेभन्दा कुर्चीमा बसेर कफी पिउँदै त्यो सुन्नेभन्दा कफी बाँडी रहेको त्यो युवक कता हो कता उपल्लो दर्जामा छ । यसको काम गराइ हेर्छु कुनै सिर्जनामा तल्लिन साधकको जस्तो लाग्छ उसको गतिविधि । मिठ्ठो कफी पिलाउनु छ भन्ने उसलाई लागेको छ । भाषणमा ध्यान छैन किट्ली उचाल्छ कप निकाल्छ कफीको धुलो छर्छ दुध खन्याउँछ ल्याएर दिन्छ मान्छेले स्वाद मानेर पिउँछन् ।
यो दृश्य निकै नियाले मैले । कमिला धमिराको जस्तो लगन उसमा देखे मैले । फूलमा हुने परागको थोरै थारै कण बटुलेर मानाका माना मह जम्मा गर्ने माहुरी जस्तै पो हो कि यो युवक भन्ने लाग्यो मलाई । जे होस कोठमा अरुले युवा भएर समाजमा के गुर्न पर्छ भन्ने भाषण गरि रहेका थिए उसले युवा भएर यही गर्नु पर्छ भन्ने काम गरेरै देखाइ रहेको थियो ।
कार्यक्रम सकियो बाहिर निस्कदा सडक सुन सान थियो । प्रहरीले हिरासतमा राखेको व्यक्ति मरेपछि उसको बारेमा सत्यतथ्य पत्ता लगाउन आयोजना भएको बन्दका कारण पसल गाडी सवै बन्द थिए । प्रहरीले हिरासतमा राखेको व्यक्ति मर्नु हुँदैन । मरेपछि दोष कस्को हो कमजोरी कस्को हो कम्जोरी गर्ने र दोषि पक्ष कारवाहीको भागिदार हुनै पर्छ । यो विषयमा सवै चुप लागे पनि माओवादी अगाडी आएर बोलेको छ । चोरीको आरोप लागेको व्यक्तिलाई जे सुकै होस भनेर चुप लागेर बस्नु उचित कदापी हुँदेन । तर मृतकको परिवारलाई अन्याय परेको छ भनेर आवाज उठाउने बेलामा अरु धेरैलाई अफ्ठेरो पार्ने काम कदापी गर्नु हुँदैन । बन्दले धेरैलाई अफ्ठेरोमा पार्छ । जसलाई दवाव दिन खोजेको हो उसलाई पटक्कै केही छुदैन । जनताको हितमा काम गरेको छु भन्ने पार्टीले जनसाधरणलाई दुख दिने गरेर नै बन्द राख्छन् ।
बन्दले परिणाम केही नआए पनि काम गरेको हो भनेर देखाउन सजिलो हुन्छ । त्यसैले आन्दोलन गर्नेलाई बन्द अति पृय लाग्छ । नेपालमा बोलिदिएको भरमा बन्द हुन्छ । माओवादी जस्तो आधार भएको पार्टीले राख्यो भने बन्द नहोला भनेर चिताउने पर्दैन । तर बन्दको आह्वान मात्रै गर्ने हो र खोल्नेलाई कसैले केही नगर्ने हो भने यहाँ बन्द हुनै सक्दैन । वास्तवमा बन्द आह्वान मात्रै गर्ने हो त्यो आह्वान जो जस्ले मान्छन मान्छ् नमान्नेहरुलाई सैले केही नगर्ने नै हो । तर आह्वान मानेनन् भने उसकोमा तोडफेड र ताण्डव हुन्छ । जनाधार भएको देखिने माओवादीले पनि अझैसम्म बन्दको आह्वान मात्रै गरेर कार्यक्रम सफल पार्न सकेको छैन । उ पनि तोडफोडमै उत्रन्छ ।
हो म लियोको कार्यक्रमबाट सडकमा निस्किए । पुलचोकमा नेताहरु टन्नै थिए । खाइ लाग्दा ज्यान भएको युवाहरु थिए । फाट्ट फुट्ट चलेका मोटरसाइकल डोराएर जाउ भनेर उनीहरु हप्काइ रहेका थिए । हजुर विरामी ल्याएर आएको भन्नेलाई पनि दया देखाउन सकेका थिएनन् । उनीहरुको आवाजमा चेतावनी भरिएको हुन्थ्यो । किन चलाएको ए फोडिदिउँ भन्ने हुँकार हुन्थ्यो । म सडकमा केही बेर टोलाए । अघिको त्यो कफी बेच्ने केटो सम्झे । यहीलेका यी युवा सम्झे ।
कफी बेच्ने केटोको कामको उद्देश्य समाजका लागि भन्ने थिएन देशका लागि भन्ने थिएन । यसले राम्रो कफी तयार पारेर बेच्ने र परिवारको गुजारा चलाउने ध्याउन्न मात्रै राखेको थियो । सडकका युवाहरु कोही निर्धोलाई न्याय दिन भनेर आएको थिए । यो फरक फरक उद्देश्यका लागि दुवैले केही न केही काम त गरेकै थिए तर कोठाको युवकले गर्ने काम सवैलाई खुसी पार्ने खालको थियो । यता सडकका युवाले केका लागि गरि रहेका छन् भन्ने सोधखोज गर्ने फुस्रद कसैलाई थिएन जे गरिराछन् त्यो कसैलाई चित्त बुझेको होइन । अन्यायमा परेकाले न्याय पाउओस अरुले पनि सास्ती नपाउन अर्थात सर्प पनि मरोस तर सर्प मारिहाल्नु पर्ने जिव भने होइन लठ्ठि पनि नभाँचियोस भन्ने उपाए र विधि सोच्न हाम्रा नेताहरु पटक्कै लागेनन् । सिर्जनशिल काममा लगाउनु पर्ने युवालाई सडकमा झारेर टाउर बाल्ने तोडफोड गराउने गतिविधिमै मात्रै उपयोग भइरहे हाम्रा युवाहरु । त्यो अर्काको मोटरसाइकल तोडफोड गर्ने र पसलको सिसामा ढुंगा हिर्कानेलाई के थाहा एक कप मिठो कफी बनाउन कति मिहेनत चाहिन्छ भन्ने । बनाउन मिहेनत लाग्छ भन्ने बुझेकाले भत्काउने कुरामा आफुलाई कहिल्यै अग्रसर गराउँदैन । त्यसैले नाम ठेगना राष्ट्रियता थाहा नभए पनि त्यो मिठो कफी बनाउने युवाअरु भन्दा माथि छ ।

सडकका युवाहरु कोही निर्धोलाई न्याय दिन भनेर आएको थिए । यो फरक फरक उद्देश्यका लागि दुवैले केही न केही काम त गरेकै थिए तर कोठाको युवकले गर्ने काम सवैलाई खुसी पार्ने खालको थियो । यता सडकका युवाले केका लागि गरि रहेका छन् भन्ने सोधखोज गर्ने फुस्रद कसैलाई थिएन जे गरिराछन् त्यो कसैलाई चित्त बुझेको होइन । अन्यायमा परेकाले न्याय पाउओस अरुले पनि सास्ती नपाउन अर्थात सर्प पनि मरोस तर सर्प मारिहाल्नु पर्ने जिव भने होइन लठ्ठि पनि नभाँचियोस भन्ने उपाए र विधि सोच्न हाम्रा नेताहरु पटक्कै लागेनन् । सिर्जनशिल काममा लगाउनु पर्ने युवालाई सडकमा झारेर टाउर बाल्ने तोडफोड गराउने गतिविधिमै मात्रै उपयोग भइरहे हाम्रा युवाहरु । त्यो अर्काको मोटरसाइकल तोडफोड गर्ने र पसलको सिसामा ढुंगा हिर्कानेलाई के थाहा एक कप मिठो कफी बनाउन कति मिहेनत चाहिन्छ भन्ने ।
ReplyDelete