Thursday, December 9, 2010

विद्याको तिरसना

नेपालीमा उखानै जस्लाई तिर्खा लाग्छ खोलो धाउँछ यो उखानको अर्थ खोल्न उदाहरण दिनु पर्दा अर्जुन बोहरा सुयोग्य पात्र ठहरिन सक्छन् उनलाई विद्याको तिर्खा लागेको हो त्यो तिर्खा मेटाउन उनी दिनहुँ चार घण्टा पैदल ओहर दोहर गर्छन् नेपालीमा अर्को उखान पनि खाने मुखलाई जँगाले छेक्दैन बोहरा शारिरिक अवस्थाले कम्जोर हुँदा हुँदै पनि ज्ञानको तिस्रना मेटाउन उनी उकाली ओराली जाने आउने गर्छन् दिनदिनै यस अर्थमा बोहर दुई उखानको उदाहरण दिन मिल्ने गतिला व्यक्ति हुन
विस २०४७ सालमा जन्मेका बोहराको देब्रे हात राम्रोसँग चल्दैन उमेर अनुसार हात बढेको तर यो अरु सामान्य हात जस्तो आफै यता उता पटक्कै गर्दैन दाहिने हातले समाएर जता लैजान्छ तव मात्रै उतै लाग्छ यो देब्रे हात उनको देब्रे खुट्टो केही सानो के भएर यस्तो भएको हो ? भनेर सोध्दा बोहराले 'सानैमा लडेपछि ययस्तो भएको हो' भन्ने आवाबुबाको उत्तर मात्रै दोहराउन सक्छन्, के भएको हो उनैलाई थाहा छैन अनि उनको आँखा पनि सामान्य छैन चस्मा लगाउने बोहराले टाढाको दैख्न सक्दैनन्
तर यति हृँदा हुदै पनि उनी स्कुल धाउन छाडेका छनन् चितवन दारेचोक गाविसको वडा नं. तामिना रहेको उनको घरबाट मुग्लिन बजारमा रहेको त्रिभुवन बराहा मावि आउन अरुलाई एक घण्टा लाग्छ उनी दुई घण्टा लगाएर स्कुलसम्म आउँन् जान पनि उति नै समय लाग्छ बाटो सजिलो छैन जंगलले ढाकेको बाटो उकालो भिरालॊ गेग्रेटो पनि भएकाले होस पुराएर हिड्नु पर्छ तै पनि उनी निरन्तर स्कुल आइ रहेका छन् उनी अहिले कक्षा १० मा पढ्छन्
गत वर्षको कक्षा १० को टेष्ट परीक्षमा उनी फेल भएछन् हार नमानेर फेरि पढेका हुन् पास गरेरै छाड्ने प्रणका साथ कक्षा १० मा पुगेपछि गाउँका धेरै तल मुग्लिन बजारमै कोठा खोजेर बस्छन् ट्युशन कोचिङ पढ्छन् तर पहाडी पाखोमा मिहनेत मजदुरी गर्ने अर्जूनका बाबु आमासँग त्यति धेरै धन छैन जसका कारण उनी बजारमै बसेर थप पढ्न सकुन अनि उनी आफ्नो ताकतले जे जति भ्याउँछ त्यसैको आधारमा एसएलसी कटाउने योजनामा छन् दुई दुई घण्टा हिडेर आइजाइ गर्दा उनको ज्यान थकाइले थिलो थिलो हुन्छ थाकेको ज्यानले राम्रोसँग पढोस पनि कसरी धन्न उनले घरको अरु काम गर्नु पर्दैन केही राहत भएको
तीन भाइ एक बहिनी मध्ये उनी जेठा हुन् कान्छो भाइ बहिनी पनि उनी पढेकै स्कुलमा कक्षा सातमा पढ्छन् माइलो भाइ पढ्दा पढ्दै छाडेर माओवादीमा लाग्यो, अनि छापामार भएर क्यान्टोनमेन्टमा बस्यो बाँकी रहेका भाइ बहिनीलाई राम्रोसँग पढाउने आफुले पनि सके जति, मिले जति पढ्ने अभिलाशा बोकेका छन् अर्जुनले कक्षामा पाँचसम्म गाउँकै प्राथामिक विद्यालयमा पढे उनीहरुले पाच पास भएपछि तल धाउनु पर्ने आपत आएको हो उनीहरुलाई
मुग्लिनको त्रिभुवन बराहा माविमा कक्षा छमा भर्ना भएका वर्ष अर्जुन फेल भएछन् गाउँको स्कुलमा थोरै थिए मुग्लिनको स्कुलमा विद्यार्थी नै धेरै नयाँ साथी नयाँ शिक्षक अनि अशक्त ज्यानले ओहर दोहर गर्नु पर्ने अवस्था जसका कारण फेल भए भन्छन् अर्जुन त्यसरी नै गत वर्ष पनि उनले धक्का बेहोर्नु परो तर हरेस नखाएका अर्जुन किताव बोकेर उकालो चढ्ने भिरालो झर्ने गरि रहेका छन् ठाउँ ठाउँमा बनेका चौतारामा थकाइ मार्छन सँगैका साथीले उछिने भनेर हतार पनि गर्दैनन् विस्तारै हिडे पनि लक्ष्य भेटिनेमा उनी विश्वस्त छन्






No comments:

Post a Comment