Friday, December 10, 2010

मोवाइल फोनको फाइदा अनेक

मोवाइल फोनको फाइदा भनेको खल्टीमा हाल्यो नेटवर्कले साथ दिएका ठाउँमा आएका फोन उठायो या मन लागेको नम्बर डायल गरो कुरा सुन्यो या सुनायो सुरु सुरुमा यस्तै कामका लागि हुन्थ्यो मोवाइल फोनको प्रयोग तर अचेल यसको कार्य क्षेत्र पनि फराकिलो भएको एउटा कम्प्युटरले गर्ने धेरै कामहरु मोवाइल फोनको सेटबाट हुन थालेको रेडियो विस्थापित भए मोवाइल फोन सेटका कारण क्यामराको आवश्यकता पनि यसैबाट टार्न थालेका छन् मान्छेले यसको मुख्य कार्य फोन सवैले उपयोग गर्ने भए नै तर तामिन मुग्लिन ओहर दोहर गर्ने झण्डै पाँच दर्जन विद्यार्थीले मोवाइल फोनको सेट फोन गर्न होइन कि गीत सुन्दै बाटो कटाउने साधनको रुपमा उपयोग गर्छन्
मुग्लिन बजार नेपालीलाई चिनाइ रहन पर्ने ठाउँ होइन काठमाडौं जाने धेरैले मुग्लिनको भात खाएकै हुनु पर्छ नारायणगढ बजारबाट ३६ किलो मिटर टाढा उत्तर पुर्वमा पर्ने मुग्लिन बजारबाट झण्डै डेढ घण्टा हिडेपछि पुगिन्छ तामिन गाउँ बाटो सजिलो छैन पातलो भए पनि जंगल अनि उकालो भने जब्बर सजिलो बाटो मुश्किलले पाँच प्रतिशत मात्रै होला मुग्लिन माथिको त्यो टाँकुरामा जम्मा कक्षा पाँचसम्म पढाइ हुने एउटा प्राथामिक विद्यालय मात्रै पाँच पास भएपछि विद्यार्थीहरु मुग्लिन झर्नु पर्छ कक्षा पढ्नलाई अनि त्यो पट्यार लाग्दो बाटो कटाउने माध्यम बनेको मोवाइलमा बज्ने गीतहरु
चितवनमा धेरै एफएम छन् नेपालको ४३ जिल्लामा सुनिने भनेर नथाक्ने एफएम पनि यहाँ छन् तर विद्यार्थीहरु ओहर दोहर गर्ने त्यो पाटोमा चितवनका कुनै एफएम सुनिदैनन् मुग्लिन चितवनमै पर्ने एउटा बस्ती हो बरु उता पारिको गोरखा एफएम प्रष्ट सुनिन्छ उनीहरुको सेटमा एफएमको गीत सुन्दै बाटो लाग्छन् विद्यार्थी एफएममसधै गीत मात्रै आउँदैन त्यसैले मेमोरि कार्डको भर पर्छन् उनीहरु छानीछानी मेमोरी कार्डमा भरेको म्युजिक बजाउँदै ओहर दोहर गर्दा बाटो कति बेला कट्छ पत्तै हुँदैन भन्छन् विद्यार्थी
मुग्लिनको त्रिभुवन बराहा माविमा कक्षा मा पढ्ने तामिनका आकाश प्रजाले मोवाइल फोनको सेट पाइन्टको खल्तीमा छिराएका छन् हेडफोनबाट मज्जाले गीत सुनेका छन् उनीसँगै आएका सहपाठी प्रेम प्रजाको हेड फोन रहेनछ मज्जाले बाहिरै सुनिएको '....... जाउँहिड रेलैमा सरर गोरखा पल्टन ' तामिनबाट कक्षा छदेखि १० सम्ममा पढ्न मुग्लिन झर्ने ६० जना भएको बताउँछन् आकास प्रजा जस मध्ये आधाले मोवाइल फोनको सेट समातेको उनको भनाइ त्यो फोन गर्न होइन गीत मात्रै सुन्नका लागि हो
कसैले सिमकार्ड पनि राखेका हुँदैनन् भन्छन् प्रेम सिमको ठाउँ मेमोरी कार्डले लिएको हुन्छ अनि हेल्लो हजुरभन्दा चल्तिका गीतहरुको आवाज गुन्जन्छ सेटहरुबाट स्कुल पुगेपछि सवैले बिरालोले दिसा लुकाए जसरी झोलामा घुसारछन् मोवाइल सेट 'गेटभन्दा वरै स्वीच अफ गर्छौ राख्छौं' भन्छन् आकास अनि जव स्कुल सकिएको लामो घण्टी बज्छ गेट बाहिर निस्केपछि मोवाइल अन हुन्छ रिङ टोन बज्ला भन्ने छैन कसैले पठाएर पेन्डिङमा बसेको म्यासेज डेलिभरी होला भन्ने पनि छैन सिम कार्ड भएकाले एफएम पनि ट्युन गर्छन हैन भने ग्यालरीमा गयो म्युजिक अप्सन दवायो मन परेको गीत ओके गरो फोन सेट नभएका अरु दुई चारजना पनि अघिपछि लाउँछन् तामिन सुन्तलाको लागि प्रख्यात त्यही बेचेको पैसाले बाबु आमाले किनेको मोवाइल स्कुल जाँदा छोरा छोरीको साथी भएको हो

2 comments:

  1. नेपालको ४३ जिल्लामा सुनिने भनेर नथाक्ने एफएम पनि यहाँ छन् । तर विद्यार्थीहरु ओहर दोहर गर्ने त्यो पाटोमा चितवनका कुनै एफएम सुनिदैनन् । मुग्लिन चितवनमै पर्ने एउटा बस्ती हो । yo kura jyada man paryo sir ,ani sun faleko kura kaile aau6 ta nifiri ma?

    ReplyDelete
  2. sun ko kura pani herna paye hunthyo sir sachitra... yo chahi man paryo hai..

    ReplyDelete