एउटा नवलपरासी लौगाइँको नारायणीको भंगालोमा भेटिएको अर्को चितवनको मंगलपुर ज्ञानेश्वर सामुदायिक वनमा । सानैमा आमा गुमाएका गैंडाको यी दुई बच्चा केटो ले नारायणी र ज्ञानेश्वर भन्ने नाम मात्रै होइन आमाकै झै लाग्ने स्याहार पनि पाइरहेका छन् । चितवन निकुंजका गेम स्काउट २५ वर्षीय किसोर न्यौपाने यिनीहरुलाई रेखदेख गर्छन् ।
किसोर अविवाहित पनि हुन् । तर निकुंज आडैको जगतपुर गाउँका उनले निकुंजबाट पाएको जिम्मेवारी कुशल्ता पुर्वक पुरा गरिरहेका छन् । मान्छेका केटा केटी स्यहार्ने अनुभव समेत नभएका किसोरलाई यो जिम्मेवारी किन दियो त ? निकुंजका प्रमुख संरक्षण अधिकृत डा.नरेन्द्रमान बाबु प्रधान 'सानैदेखि गैंडाको सँगत गरेकाले उनको भर परेको हो' भन्छन् ।
निकुंजसँगै जोडिएको जगतपुरमा गैंडा खेतमा पस्छन् उस्तै परे घर आँगनमा पनि आइपुग्छन् । यति मात्रै होइन गैंडासँग नजिकिएको अरु अनुभव पनि छ किसोरसँग । एक पटक निकुंजको मुख्यालय कसरामा जंगे भन्ने बच्च गैंडा थियो । जंगॆ गाउँमा धेरै आउँथ्यो । उसैसँग खेल्थे किसोर । अनि त्यो सँगतले अहिले काम गर् यो ।
नाकमा िसंग हुने गैंडा अजंगको वन्य जन्तु हो । चितवन निकुंजमा पाइने गैंडाको नाकमा हुने त्यो एउटा िसंगलाई खाग भनिन्छ । खागका लागि गैंडा मार्छन तस्करहरु । जसका कारण यो जन्तु नासिदै गएको हो । त्यसो त यो अजंगको जनावर सुधो पनि हुँदैन । भेट्टाएमा मान्छेको ज्यानै लिन्छ यसले । मान्छेसँग नजिक नपर्दासम्म सानै भए पनि मान्छे देख्दा रिसाउँथ्यो ज्ञानेश्वर । तर जव मान्छेको सँगतमा परो बाख्राका पाठा जस्ता मिजासिला भए यी केटोहरु । अव ठुलो भए पनि उनीहरुमा आक्रमक स्वभाव त्यति रहँदैन ।
प्राकृतिक रुपमा यस्ता आक्रमक स्वभाव भएका जंगली जनावरको केटोहरु स्यार्न बिहान छबजे खोरमा पुग्छन् किसोर । राती आठ बजे काटेको बन्दा र आलु बाँटामा हालेर ढोका बन्द गरेपछि बल्ल उनले सुख पाउँछन् । छ बजे केटोहरुलाई दुध खुवाउनु पर्छ । बट्टाको धुलो दुध तातो पानीमा घोलेर खुवाउना साथ सर्वेत्तम पिठो दिने समय भइ सक्छ । सर्वोत्तम पिठो गहुँ मकै चामल भुटेर उनी आफै तयार गर्छन ।
बिहान १० बजे फेरि दुध खाएपछि केटोहरु खोरबाट निस्कन्छन् । अचे चर्न जंगल छिर्न थालेका छन् । असार तीन गते ल्याउँदा नारायणीको ठाउँ ठाउँमा चोट थियो । एउटा घाउँबाट तीन महिनासम्म पिप बग्यो । ज्ञानेश्वर भदौं १६ गते कसरा आइ पुगेको हो । आमा करेण्ट लागेर मरेपछि उ टुहुरो भएको थियो ।
सुरुमा आउँदा ख्याउटे र हिड्न पनि नसक्ने केटोहरु अहिले मोटाउँदै आएका छन् । चर्नका लागि यता उता जान लागे पनि दुध खाने बेला भयो कि कराउँदै खोर नजिक आउने गर्छन् । किसोरले दुध पिठो तयार पारि राखेका हुन्छन त्यो खाएर फेरि चर्न निस्कन्छन् । साँझ परेपछि त्यसरी नै फर्कन्छन् । चरेका बेलामा पनि किसोरको आँखा उनैमा हुन्छ ।
एउटाले चार पटकसम्म दुध खान्छ । त्यसैले एकजना व्यक्तिलाई पुरै समय उनीहरुको रेखदेखमा खटाउनु परेको प्रमुख संरक्षण अधिकृत डा.प्रधानले बताए । आहारमा मात्रै दिनको एक हजार रुपैयाँ खर्च हुने गरेको छ । यसरी हुर्काएको केटोहरु प्राकृतिक बाँसस्थानमा फर्कन सक्दैन । सरकारले उनीहरुलाई कहाँ राख्ने भन्ने निर्णय गर्न सक्छ । यसअघि कसरामा जंगे र व्युटी भन्ने गैंडाका बच्चा यसरी नै हुर्केका थिए । सरकारले ति दुवैलाई उपहार स्वरुप विदेश पठाएको थियो ।

No comments:
Post a Comment