Wednesday, December 22, 2010

'घर जाउँ सानी आमा पापिनी, बनमा बाघ र बघेनी'

चकमन्न रातमा 'जंगली हात्ती गाउँ पस्यो' भन्ने अवाज सुनेपछि आक्रमणमा परिने भयले सुकराम सुनार श्रीमती सहित जोगिनका लागि आफ्नो सानो घरबाट बाहिर निस्के अरु गाउँलेसँगै मिसिएर उनकी श्रीमती मायादेवि सुरक्षित ठाउँमा पुगिन त्यो समूहमा सुकराम नदेखिएपछि खोजी गर्दा भोलिपल्ट बिहान घरभन्दा केही पर उनको लाश फेला पर्यो सुकरामको भन्दा १० घर परकी कुमारी तमाङलाई हात्तीले मार्यो भने खवर राती नै गाउँमा फैलिसकेको थियो आशलाल तमाङकी दुईमध्ये जेठी श्रीमती कुमारीको तत्कालै ज्यान गयो भने कान्छी हरिमाया गम्भिर घाइते भइन् पुस गते राती यस्तो घटा बेहोरेपछि गाउँलेले घरमा रात कटाउँदैनन् सुकरामको किरिया गाउँदेखि टाढाको अर्कै घरमा भएको
चितवन अयोध्यापुरी गाविस बडा नं. मा पर्ने प्याउली गाउँ हात्तीको शन्त्रासबाट अझै मुक्त भएको छैन् प्याउलीभन्दा डेढ किलो मिटर उत्तरमा पर्ने बगही गाउँको एउटा घरमा मृतक सुकरामका दुई छोरा श्रीमती किरियामा बसेका छन् सुकरामका जेठा छोरा कृष्णले भने 'के थाहा हात्ती फेरि पनि आउने हो कि ! त्यसैले त्यहाँ किरिया बस्न सकिएन ' प्याउलीमा गाउँलेहरु दिनभर घरमा बसेपछि रात कटाउन अग्लो डाँडा तर्फ लाग्छन् प्यालीका २७ घर सवै सुकुमवासी हुन् रिउ खोलाको आडैमा घर बनाएर बसेकाहरु अचेल साँझ परेपछि माथि डाँडा तर्फ लाग्छन् स्थानीय रामबहादुर सुनारका अनुसार अग्लो ठाउँमा बस्दा हात्ती आएको चाडै चाल पाइने भाग्न सजिलो हुन्छ
डाँडामा रहेका घरहरुमा सवै अटाउन पनि सकेका छैनन् त्यसैले कोही पाखामा त्यसै बस्छन् जंगल आडैमा यसरी बस्दा एक रात बाघ कराएको पनि सुनियो भन्छन् रामबहादुर आडका रुखमा शितको थोपा खसेर पातमा परेका आवाजले समेत हात्ती आएको भान दिन्छ रामबहादुर भन्छन् 'घरमा जाउँ सानी आमा पापिनी बनमा बाघ बघिनी झै भएको ' प्याउलीमा वि..२०६३ सालको मंसिरमा ३२ वर्षीय शिव शर्मालाई जंगली हात्तीले मारेको थियो वि.. २०६४ सालमा सौर्य उर्जाबाटै विद्युतीय झड्का दिने तार (सोलार इलेक्ट्रिक फेन्स) लगाएपछि गाउँलेहरु ढुक्क थिए यस पटकको बाढीमा बगेको तारबार नबनाउँदा विपत फर्कियो 'आन्गानमा हात्ती देखेपछि अरु केही गर्नै सकेनौं घरको तलामा बसेर हात जोड्दै जाउँ गणेश जाउँ मात्रै भन्यौं' चोकलाल श्रेष्ठले भने
चितवन राष्ट्रिय निकुंजको मध्यवर्ती क्षेत्रमा पर्ने परसाको ठोरीमा मंसिरको अन्तिममा एकजना मार्ने प्याउलीमा आएर आक्रमण गर्ने हात्ती एउटै भएको चितवन राष्ट्रिय निकुंजका प्रमुख संरक्षण अधिकृत डा.नरेन्द्रमान बाबु प्रधान बताउँछन् हात्ती नियन्त्रणमा लिन दुई टोली खटाए पनि देखा नपरेकाले गाह्रो भएकॊ उनको भनाइ 'देखेमा लठ्याउने औषधि दिन्छौ त्यसपछि उसको रिस शान्त हुन्छ जंगल तर्फ धपाउन सकिन्थ्यो देख्दै नदेखेर समस्या भयो' प्रधानले भने चितवन निकुंजमा दुई महिना यता मात्रै लोथर, ठोरी, मेघैली प्याउलीमा गरेर जंगली हात्तीको आक्रमणमा परि पाँचजनाले ज्यान गुमाएका छन् निकुंजको मध्यवर्ती क्षेत्रमा घटना भएकाले परिवारले एकजना मृतकको डेढ लाख रुपैयाँ राहत घाइते भएकाले अधिकतम ५० हजार रुपैयाँ उपचार खर्च पाउने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियारले बताए

No comments:

Post a Comment