राम्रा कुशन, ढाकाको कपडाको भिर्ने आकर्षक झोला । यस्ता समानहरु अरु पनि छन् जस्तै पैसा राख्ना मिल्ने महिलाका पस्र, मोवाइल फोन राख्न मिल्ने व्याग, क्यामराका खोल जुन ढाकाकै हुन् । यी सामानसँगै मैन बत्ती पनि छन् । राम्रा र खप्ने खालका यी सामान सृजना गर्ने हातहरु भने परिवारको साथ नपाएका िहंसा पिडित महिलाहरुका हुन् ।
उदयपुरकी एकजना युवती जो पाँच वर्षअघि मोटरसाइकल दुर्घटनामा पर्छिन् । बाबुले चलाएको मोटरसाइकलको पछाडी बसेकी उनी दुर्घटनाका कारण उनको कम्मरदेखि तलको भाग स्टीलले अडाएको छ । राम्रोसँग हिँडडुल गर्न गाह्रो हुन्छ । उनलाई कसैले आशा देखायो विहे गर्छु भन्ने । दुई वर्षअघि आशा देखाउनेसँग परिवारको सल्लाह बिनै उनी भागिन् ।
युवकले ल्याएर भक्तपुरमा राख्यो । युवतीको शरीरमा केही गहना थिए । अलि कति पैसा पनि साथमा थियो । युवकले एक दिन उनलाई कोही आफन्त अति नै विरामी परेको सुनायो र गहना र पैसा माग्यो । युवतीको मन पग्लियो । उपकार हुने ठानेर जिम्मा लगाइन आफुसँग भएको केही चल अचल सम्पत्ती ।
तर युवक उपकारका लागि गएको होइन रहेछ । युवतीसँग भएको त्यही गहना र केही पैसा बोकेर उम्कने दाउँ मात्रै उसले गरेछ । माइतीले छिर्न दिदैनन् जोसँग साथ लागेर हिँडेकी थिइन उसले तुच्छ व्यवहार देखायो । बेसाहारा जस्तै बनेकी उनलाई चितवन भरतपुरको आदर्श गृहले साथ दियो । हो कुशन ब्याग पस्र खोल र मैन उनी जस्तैले बनाएका हुन् ।
भरतपुरमा महिलाहरुले चलाएको आदर्श नारी विकास केन्द्र भन्ने सामाजिक संस्था छ । सो संस्थाले १८ महिनाअघि संचालन गरेको आदर्श गृहमा उनी जस्ता १६ जना महिला र उनीहरुका आठजना बालबालिकाहरुले आश्रय पाए । सवै परिवारको साथ नपाएका महिलाहरु थिए । श्रीमानको िहंसाले प्रताडित थियो उनीहरुको जीवन ।
नारी विकास केन्द्रले १८ महिना आदर्श गृह चलाउँदा ३५ लाख रुपैयाँ खर्च भयो । यो खर्च नेदरल्याणका विद्यार्थीले पुराना किताप र जन्म दिनका उपहार बेचेर तथा खाजा खर्च जोगाएर आदर्श गृहका लागि जुटाइ दिएका हुन् । भारत र नेपालका महिलाको अवस्था अध्ययन गरेर थेसिस लेख्न नेपाल आएकी विद्यार्थी उइका विनको मन पग्लदा जन्मेको हो आदर्श गृह ।
आदर्श नारी विकास केन्द्रकी मिना खरेलका अनुसार पारिवारिक िहंसाले पिडित नेपालका यस्ता महिललाई केही सहयोग गर्ने इच्छा उइकाले व्यक्त गरिन् । उनको प्रस्तावमा राम्रैसँग छलफल भयो र केही प्रभावकारी काम गर्ने निधो भयो । उइका नेदरल्याण फर्किन् । त्यहाँ ११ जना अरु साथीहरुलाई समेटेर 'दिदी फाउण्डेशन' खडा गरिन ।
फाउण्डेशनले आदर्श गृह धान्ने आड दियो । अनि त्यहाँ बस्न आए १६ जना महिला र उनीहरुका आठजना बालबालिका । जस मध्ये केही धनीका छोरी बुहारी थिए । कानुनी उपचार नपाएर रुदै हिडेका थिए । आदर्श गृहले केहीको मुद्दा लड्यो । केहीका श्रीमान र अरु परिवार राखेर छलफल गरायो ।
आएका मध्ये सातजना महिला र उनीहरु मध्येका दुई बालबालिका घरपरिवारमै फर्के । बाँकी नौ महिला र छजान बालबालिकालाई पठाउँन सक्ने अवस्था आएन । अनि सिप सिकाउने क्रम सुरु भयो । सिपमा उनीहरु पारङगत भए । सिलाइ कटाइ र हस्तकलाको सिपबाट बनाएका सामानहरु बेच्न उनीहरुले भरतपुरको वडा नं। १० मा अदर्श व्यवसायिक केन्द्र पनि खोलेका छन् । सिप छ, बनाएका सामान बिक्री भए जीवन सजिलै चल्छ भन्ने उनीहरुलाई लागेको छ ।
समान बिक्रीको लागि बजार खोज्न आदर्श नारी विकास केन्द्र पनि लागेको छ । नेदरल्याणको दिदी फाउण्डेसन पनि हस्तकलालाई उतै लैजाने सोचमा छ । जसका लागि उसले 'दिदी' लोगो समेत जुराएको छ । आदर्श गृहमा अव नयाँ महिलाहरु आउँदैछन् । पहिलो चरणमा बसेर अन्तिम समयसम्म आश्रय लिएका मध्ये केही माइतीको संरक्षण पाउने भएपछि फर्कदै छन् ।
केही प्रशिक्षक भएर अलि टाढै जाने आँट गर्दैछन् । जस्तै विहेपछि गहना बोकेर लोग्ने भागेको अपाङता भएकी युवती आफु जस्तै अरु धेरैलाई सिप सिकाउने अभियानमा लाग्ने प्रण गरेकी छन् । केहीलाई आदर्श गृहले नै प्रशिक्षक बनाएर राख्ने छ । बोल्न नसक्ने र साहारा नभएर हार खाएका महिलाहरु गृहमा आएर आँटिला भए । त्यसैले आदर्श गृह पनि विदेशीको सहयोग बिना चल्ने योजनामा छ ।
पहिलो चरणमा आश्रय लिएर बसेका महिलाले जे सिप सिके त्यसको आधारमा बनाएका समान बेचेर अब आश्रय गृह चलाउने कार्यक्रमका संयोजक मिना खरेलको भनाइ छ । सरकारले बेसाहारा महिलाका लागि १५ ठाउँमा यस्ता सेवा केन्द्र खोल्ने घोषणा त गरेको हो तर कार्यन्वयन भएन । नारी विकास केन्द्रले आफ्नै पहलमा धेरै गरेर देखाइ सकेको छ । मानव हितमा आफुले गरे मध्येको यो उच्चतम काम भएको खरेल सुनाउँछिन् ।

pahile pahile ta nifiri up date hune bitti kai facebook ma up date huntyo padhna payeeyeko thiyo aaj voli tyo subidha hate 6 ? kin ho sir ?
ReplyDelete