Sunday, December 19, 2010

सिराईको झुल्के घाम

'सिराई घुम्न जाउँ , झुल्के घाम देखिन्छ रमाइलो छ ठाउँ'
हात्तीवाङ गाउँका युवायुवतीले यसो भन्दै दोहरी गीतले माहौल तताइ रहेका थिए पाहुनाहरु पनि उनीहरुको स्वरमा स्वर थप्थे नजानेकाहरु पनि नाच्न तम्सन्थे तर चाडै नसुते भोलि बिहान उठ्न सकिदैन समयमै उठेर नहिँडे सिराइको झुल्के घाम कुरेर बस्ने वाला थिएन त्यसैले दोहरीलाई विश्राम दिन भनियो लागियो सुत्न हात्तीवाङ चितवनको काउले गाविसमा पर्ने पहाडी गाउँ हो पृथ्वीराजमार्गमा पर्ने धादिङको हुग्दीखोलामा बसबाट झरेर जोगीमारा हुँदै चार घण्टा पैदल हिडेपछि टेकिन्छ यो ठाउँ
त्यसोत हुग्दीबाट हात्तीवाङसम्म पुग्ने मोटरबाटो गाउँलेले यसैपाली खनि भ्याएका छन् तर मोटर चढेरभन्दा हिडेरै जाने निधो गरेर पाइला बढाइयो सिराइको झुल्के घाम हेर्न भोलि पल्ट झिसमिसेमा पुग्नु पर्छ त्यसैले चाडै गए पनि खासै अर्थ नभएकाले विस्तारै हिड्दै जानुको मज्जा अनेक हुन सक्छ सुरुमै जब्बर उकालो तर खुट्टाले मेसो पाएपछि बाटो गाह्रो हैन भन्ने अनुभव चाडै नै हुन्छ त्यो बाटोमा भेटिने प्रत्येक स्थानीयले चिनेकै झै गरेर सोध्छन् 'कहान्सम्म होला ?' आफु बाहेक दायाँबायाँ अरु कसैको मतलव नराख्ने सहरीया रिवाजमा हुर्केकाहरुलाई यही प्रश्न नै अनौठो आत्मिय लाग्छ
यो ठाउँ नेपालका अल्पसंख्यक आदिवासी समुदाय चेपाङहरुको बसोवास क्षेत्र पनि हो मुख्य बाटोभन्दा केही पर नै उनीहरुको वस्ती तर बाटोमा भेटिने चेपाङहरुले पनि बटुवालाई चेपाङ रहन सहन संस्कृतिका बारेमा जानकारी दिन सक्छन उनीहरुको अवस्था अवलोकन गर्दा नै धेरै कुरा अनुभव गर्न सकिन्छ बाटोमा भेटिने खोरभाज्याङ गाउँ जाडो याममा सुन्तलाले पहेलपुर हुन्छ मौसम अनुसारका फलफूल तरकारी टुट्दैन यहाँ फलेका बेलामा रसिला सुन्तला आफैले रुखबाट टिपेर खान पाइन्छ खोरभाज्याङमा त्यहाँबाट अलि पर जयपुरी गाउँ रु १० दिएपछि एक गिलास पाइने यहाँको दहीले बाटोभरी लागेको तिर्खा मात्रै होइन थकाइ नै पखाल्छ
हात्तीवाङ छिरेपछि देखिन्छन चिटिक्क परेका घरहरु पाहुनालाई सत्कार गर्न आइ पुग्छ स्थानीय आमा समूहको टोली अगि्रम जानकारी भएमा गाउँकै मुखमा फूलमाला टीकाको सत्कार पाइन्छ नभए पिढीमा पुगेपछि पाइन्छ यस्तो सम्मान भर्खर मोटर बाटोले छोएको हात्तीवाङमा गिरी पुरी मगरहरु पनि बस्छन् रातोमाटोले पोतेको दुई पाखे घरमै बस्ने हो सिराइ जान तम्सेका पर्यटकहरु चितवनको जिल्ला विकास समितिले तालिम दिएपछि त्यहाँका गाउँलेले होम स्टे अर्थात पाहुना घर चलाएका छन् सुतेको एक रातको ७५ रुपैयाँ खाना पनि यही मोलको हो मासु थप्न पर्यो भने अलग मुल्य लाग्छ प्लेटका हिसावले मासु पाइदैन त्यहाँ कुखुरो या खसी जे हो िसंगै किन्यो अनि खाएर सक्यो
रासायनिक मल तथा विषदी बिना लेकको हावापानी दाना मलमा हुर्केका लोकल कुखुरा, खसी हुन या सागपात गेडा गुडी सवैमा फरक तिख्खर स्वाद हुन्छ सुन्तला मौसम पाखा भरी भेटिन्छन् निबुवा कागती अमिलो जातका अन्य फलफूल हात्तीवाङका विषेशतै हुन् यो सवको आनन्दमाथि बिहानै उठेर झुल्के घाम देख्न पाइन्छ भन्ने कुराले मन असाध्यै प्रफुलित हुन्छ हात्तीवाङबाट चार बजे नै उठेर सिराइ हिड्ने सुरसार गर्नु पर्छ डेढ घण्टा हिडेपछि पुगिन्छ सिराइको चुचुरोमा एक हजार ९४६ मिटर उचाइ रहेको सिराई चितवनकै सवैभन्दा अग्लो ठाउँ पनि हो
सिराई पुग्दा घाम हेर्ने धैर्यता टिक्नै मुस्कील पर्छ होइन आज नदेखिने भयो क्या हो आगन्तुकहरु यसो भन्दै चिन्ता जाहेर गर्छन् हात्तीवाङमा पथ प्रदर्शकहरु पनि छन् साथ लागेर जाने पथ प्रदर्शकले गाठी कुरा सम्झाउन्छन् झुल्के घाम हेर्न ब्यग्रतामा बसेकाहरुलाई पथप्रदर्शकहरु घाम हेर्नेलाई उत्तर तर्फ देखाएर भन्छन् 'त्याताको हिमाल सुनौलो भएर नटल्कदासम्म सूर्योदय भएको हुँदैन त्यसैले नआत्तिनुहोस ' समय भएपछि पर पुर्वी क्षितिजमा कुनै शिखरको चुचुरोको आड लागेर चम्किलो रेखा देखा पर्छ त्यो रेखाले बढ्दै गोलाकार रुप लिन्छ निःशब्द भएर त्यता नियालेकाहरु सूर्यको पुर्ण आकार देखेपछि त्यसलाई पृष्टभुमिमा राखेर तस्विर लिन तछाडमछाड गर्छन् यो भयो पुर्वको दृश्य जव घाम झुल्कन्छ उत्तरमा रहेका सेता हिमालमा लाली चढ्छ
उत्तरमा धवलागिरी अन्नपुर्ण हिमश्रृङ्खला उभिएका छन् मनास्लु गणेश लामटाङसम्मको हिमसिखर त्यहाँबाट देख्न पाइदा आगन्तुसकहरु औधि रमाउने पथप्रदर्शक अमर तामाङको अनुभव वातावरण खुलेको बेलामा दक्षिण तर्फ नारायणी नदी त्यस आसपासको मैदानी इलाका समेत प्रष्ट देखिन्छ सिराइबाट झुल्के घाम हेरेपछि हात्तीवाङ फर्कन पनि सकिन्छ होइन भने दक्षिण पश्चिमको बाटो समातेर उपरदाङगढी पुग्न सकिन्छ उपरदाङगढीमा २५० वर्षअघि बनेको मानिने ठुलो किल्ला अनि त्यो किल्लाको आड लागेर सूर्यास्तको मनोरम दृश्य नियाल्न पाइन्छ
हुग्दीबाट उक्लेर सिराई हुँदै उपरदाङगढीसम्म पुग्ने हो भने दुई रात बास बसेर दक्षिणको शक्तिखोर पुग्न सकिन्छ शक्तिखोरबाट प्रख्यात पर्यटकीय क्षेत्र चितवन निकुंजको प्रवेशद्वार सौराहा जम्मा २५ किलो मिटर टाढा त्यसो शक्तिखोर हुँदै उपरदाङगढीको सुर्यास्त हेरेर रात त्यही बसी अर्को दिन हात्तीवाङ या सिराई नजिकको ज्यानदालामा बास बसेर सिराइको झुल्केघाम हेर्ने उक्लनेहरु पनि छन् या सिराइबाट सुर्योदय मात्रै हेरेर हात्तीवाङ फर्कने उपरदाङगढीबाट सूर्यास्त मात्रै हेरेर शक्तिखोर फर्कने पनि गरिन्छ सूर्योदय सूर्यास्त दुवै हेर्ने हो भने कम्तिमा दुई रात तीन दिनको भ्रमण प्याकेज बनाउनु पर्छ यो समयमा हुग्दी हात्तीवाङ सिराई उपरादाङगढी शक्तिखोर पैदल मार्ग भित्र पर्ने धेरै दृश्य स्थानीयको रिती थिती रहनसहन संस्कृतिसँग एकाकार हुन पाइन्छ
चितवन जिल्ला विकास समितिले पर्यटनका माध्यमबाट स्थानीय गरिवहरुको जिवन स्तर उकास्ने उद्देश्यले यो पैदल मार्गको विकास गरेको हो दश वर्ष यता यहाँ चहल पहल बढ्न लागेको हो विदेशीहरु फाट्ट फुट्ट आउन थालेका छन् काठमाडौंका विभिन्न कलेजले विद्यार्थीहरु ल्याएर आउँछन् सवै स्थानीयले चलाएको होमस्टेमा बस्छन् टेन्ट ल्याएर आउनेहरु पनि छन् हात्तीवाङ होम स्टे समितिका सचिव राजु आचार्य दीप भन्छन् 'हाम्रो घरमा रमाएर बस्छन् कोदो मकैको राटी पनि स्वाद मानेर खान्छन् यसले हामीलाई पनि आनन्द दिन्छ ' काठमाडौंबाट मात्रै ८० किलो मिटर टाढा हुग्दी दुई हजार रुपैयाँ बोकेर हिड्ने हो भने हुग्दीदेखि शक्तिखोरसम्मको रुटसम्म मज्जाले घुम्न सकिन्छ मौसम अनुसारका फलफूल गेडागुडी कोसेली ल्याउन पनि पाइन्छ





No comments:

Post a Comment