अघिल्लो महिनाको २५ गते शक्तिखोरको चइनाराङ गाउँ पुगिएको थियो । शुभलाल चेपाङ र गोरीमायाको कथा सुनियो । अभावका बीचमा पनि जीवन बिताउँन उनीहरुले गरेको संघर्षको चर्चा भयो । कुरा सुन्न वरपर जम्मा भएका बृद्धादेखि बालकसम्मको तस्विर पनि खिचियो । त्यस मध्येका केही तस्विर यो ब्लगमा राखियो चेपाङको चेहरा भन्ने शिर्षकमा । अनि एउटा तस्विर आफुले काम गर्ने संसथामा पठाएँ । नेपाल रिपब्लिक मिडिया प्रालिको चितवन सम्वाददाता हुँ म । त्यहाँबाट नेपालीमा नागरिक दैनिक र अंग्रेजी भाषाको रिपब्लिका दैनिक निस्कने गर्छ । मैले पठाएको फोटो जसमा तीनजना चेपाङ बालक यो कठाङ्ग्रिने जाडेमा पनि सामान्य पातलो कपडामा थिए त्यस्तो फोटो अंग्रेजी दैनिक रिपब्लिकामा छापियो । फोटोमा आँखा परेछ पुर्वराजदूत तथा नोबेल एकेडेमीका प्राचार्य र तक्षशीला एकेडेमीका अध्यक्ष समेत रहेका प्रा।डा। जयराज आचार्यको ।
आफ्ना दुईवटा शैक्षिक प्रतिष्ठानमा पढ्ने विद्यार्थीलाई उनले न्यानो कपडा संकलन गर्न लगाएछन् । चइनराङका ती बालकको बिजोग देखेर जयराजले गर्न थालेको कपडा संकलन अभियानबाट यति पोशाक जम्मा भएछ कि ती बालक पढ्ने शक्तिखोर भिउरानको सिद्ध राप्रावि सवैलाई लगाउन पुग्ने भएछ । बालबालिका मात्रै हो र अभिभावकले समेत पाउने भएछन् कपडा । कपडाको पोका गाडीमा राखेर प्रा डा आचार्य शुक्रबार चितवन आए । एउटा खुट्टो सानैमा पोलियोले छोएको हुँदा अलि खोच्चाउँदा रहेछन् । बृद्ध नै भइसकेका । स्कुलनै पुग्छु भन्छन् । शक्तिखोरदेखि उत्तरमा एउटा डाँडाको टाँकुरोमा छ स्कुल । फेदसम्म गाडी गए पनि त्यहाँबाट हिड्न आचार्यलाई आफ्ठेरो हुने हो कि भन्ने लाग्यो मलाई ।
संयुक्त राष्ट्र संघदेखि क्युवा लगायतका देशमा नेपालको राजदूत भइसकेका आर्चायले आफ्नो कार्याकालमा भोगेका एक दुई घटना सुनाउँदा नसुनाउँदै शक्तिखोर आइपुग्यो । कतै कुनै नेपालीलाई आफ्ठेरो परेमा नेपालीले नै सहयोग गर्नु पर्छ सहयोग गर्न सकिने अवस्था पनि छ भन्ने कुराको उदाहरण दिदा उनी आफ्ना अनुभवहरुलाई पस्कने गर्दथे । भिउरान चढ्ने टाँकुराको फेदमा पुगेपछि बुढा आर्चाय फटाफट बाटो लागे । हामी बरु त्यो उकालो चढ्न आत्तियौं । बस्दै थकाइ मार्दै उक्लियौं स्कुलसम्म । हामीभन्दा निकै पहिलो पुगेर आर्चाय विद्यालयले टकारेको कुर्चीमा बसि सकेछन् । कपडा बाड्न मान्छे आउँदै छन् भन्ने सुनेका गाउँलेहरु स्कुलमा जम्मा भइ सकेका थिए । एउटा बृद्ध चेपाङ सामान्य एक सरो लुगामा थिए । लौरो टेकेर उदास मुद्रामा टुक्रुस्स बसेका थिए । उनले स्वीटर पाए । कोट लगाए अनि लगौटी मात्र लगाएर आएका जाने बेलामा मज्जाको रातो टाउजर पाए । सवै लगाएर फोटो खिचाए । कपडा पाउनु अघि र पछिको दुवै फोटो यहाँ छ लगाएको कस्लाई पो सुहाउँदैन र फोटो त्यही भन्छ । आचार्यको टोलीमा मनकामना केवल कार प्रालि तथा चितवन मिल्क प्रालिका राजेशबाबु श्रेष्ठ पनि सामेल थिए । चितवन मिल्कको एक टिन घिउ पुगेको थियो उनीसँगै गाउँमा । अनि चिउरा र चिनी पनि ।
लुगा लिन आएका सवैले घिउ र चिनीमा मोलेको चिरा स्वाद मानि मानि खाए । राजेशबाबुले योभन्दा धेरै गर्न सक्ने हैसियत राख्छन् । एउटा विपन्नको गाउँमा नेपालको प्रख्यात व्यवसायिक तथा औद्योगिक घरनाके व्यक्ति पुगेका बेला गाउँलेले स्वभाविक रुपमा धेरै आशा पनि राखेका हुन्छन् । राजेशबाबु स्वस्फर्त रुपमा त्यो डाँडो उक्लेका छन् । आउँदा दिनमा उनका तर्फबाट गाउँमा केही प्रभावकारी काम हुने नै छ भन्ने आशा छ ।

No comments:
Post a Comment