Tuesday, December 7, 2010

सिता बाँचेमा मानवता पनि बाँच्नेछ

तिहार ताका बान्ता नरोकिएपछि श्रीमान अक्कलबहादुर थापा मगरले सिताकुमारीलाई अस्पताल लगे उनको दुवै मृगौलाले काम नगरेको अस्पतालले पत्ता लगायो रोग हो उपचारपछि निको हुन्छ तर उपचारका लागि मनग्य पैसा लाग्दो रहेछ नेपाल खानेपानी संस्थानको भरतपुर शाखामा ज्यालादारीमा चौकीदारी काम गरेका ४० वर्षीय अक्कलबहादुरको साथमा भने जति पैसा छदै छैन सहयोग गर्न सक्ने अरु आफन्त पनि कोही छैन वि।स। २०६१ सालको वर्षामा जुगेडी डाँडामा रहेको घर पहिरोका कारण गुमाएका अक्कलबहादुर अचेल फेरि एउटा नमिठो आशंकाले सधै तस्रन थालेका छन् जम्मा ३३ वर्ष पुगेकी सिता पैसाकै कारणले उपचार विहिन भएर कुनै अनर्थ निम्तियो भने उनी मात्रै एक्ला पर्ने होइन चार सन्तान मात्रै टुहुरा पर्ने होइनन् साच्चै मानवता पनि मर्ने
अब सितालाई बचाउने एक मात्र ओषति भनेको मानवता मात्रै हो दुवै मृगौलाले काम नगरेपछि उपचारमा झण्डै लाख रुपैयाँ नाघ्ने देखिएको महिनाको सात हजार रुपैयाँ नतखा बुझेर परिवारको गुजरा चलाएका अक्कलबहादुरलाई एक दुई पैसा सहयोग गर्ने कोही कोही निस्कियो भने सितामायाको उपचार सम्भव नत्र भने अरु कुनै उपाए छैन तुरुन्त उपचारका लासिग ल्याउ भनेको हो डाक्टरले तर पैसा नभएकाले उनले अस्पतालबाट झिकेर विरामी सितालाई डेरामा राखेका छन् अचेल सिता बोल्न सक्दिनन् शरीरको रंग उडेको केही सुन्निए जस्तो पनि देखिन्छिन उनी छोरा छोरी आमा हेरेर टालाउँछन् अक्कलबहादुरको ओठ तालु सुकेको केही उपाए लाग्छ कि भनेर यता यता भौतारिन छाडेका छैनन्
कसैले भन्यो गरिवहरुलाई सरकारले पनि सहयोग गर्छ उनी गाविस गए सिफरिस ल्याएर जिल्ला प्रशासन पुगे जिल्ला प्रशासनले कागज बनाइ दियो जिल्ला जन स्वास्थ्य जाउँ भन्यो जिल्ला जन स्वास्थ्यले काठमाडौंको बनस्थलीमा रहेको राष्ट्रिय मृगौला रोग केन्द्रमा गएरु एउटा सिफारिस ल्याएर आउँ भन्यो केही होला कि भनेर विरामी श्रीमती ५देखि १४ वर्ष उमेरका चारजना लालाबाला छाडेर उनी बनस्थली पुगे कागजमा निवेदन लेखे त्यो निवेदन अस्पताल प्रशासनमा दर्ता गराए अस्पतालले दर्ता शुल्क ५० रुपैयाँ लियो अनि उनी सिफारिस गर्ने डाक्टरको कोठामा पुगे
त्यो मान्छेका अगाडी पुग्दा अक्कलबहादुरले ठुलो आशा राखेका थिए यो गरिवलाई केही केही अवश्य सहयोग मिल्छ भन्ने विश्वास लिएका थिए सुकिला डाक्टर सफा मन्दिर भित्र रहेको चिटिक्क परेका देउता जस्ता लागेका थिए मन्दिरको मूर्ती चल्दैन उनले देउता ठानेका डाक्टरले आँखा नचाउन थाले उनलाई नियाले साच्चै देउताको नजर परेझै भयो उनलाई डाक्टरले हात चलाए कलम समाए उनको निवेदनको पछाडी केही लेख्न थाले डाक्टरले अक्कलबहादुरलाई लाग्यो अव पक्कै केही शुभ हुने
लेखेर भ्याएपछि अक्कलको निवेदन उनैलाई थमाइ दिए डाक्टरले निवेदन पछाडी नजर लगि हाले उनले 'डाक्टरले लेखेका थिए यहाँ उपचार नगराएका हुनाले सहयोगको सिफारिस गर्न मिल्दैन ' अक्कलबहादुर अक्कन बक्क भए अग्लो अग्लो घरबाट कसैले घुचेटेर तल खसाइ दिए जस्तो भयो उनलाई उनको ठाउँमा आफुलाई राखेर एक पटक हामीले सोचौत यो बेलामा हामी भक्कानिएर रुने थियौं कि थिएनौं जे होस अक्कलबहादुर सम्हालिए काठमाडौंबाट हिजो मंसिर २१ गते साँझ पख मात्रै डेरामा आइ पुगेका छन् उनले अब आशा गरेको ठाउँ भनेको समुदाय मात्रै हो यहाँबाट पनि बनस्थलीको जस्तै व्यवहार भए अक्कलबहादुरको सवै गुम्ने छोराछोरी टुहुरो हुने छन् अनि मानवता हराएको पक्का हुने यो देशमा

No comments:

Post a Comment