Monday, December 6, 2010

यस्ता कार्यक्रम

केही दिनअघि बालकुमारी कलेजले अन्तराष्ट्रिय सेमिनार आयोजना गर्ने भन्यो श्र त्यसका बारेमा जानकारी गराउँन डाकिएको पत्रकार सम्मेलन समयमै सुरु गरेकोमा कलेजमा पि्र_िन्सपल चिरंजीवी श्रेष्ठको यसै ब्लगमा मुक्त कण्ठले प्रशंसा भयो सभाको अध्यक्षता गर्ने व्यक्ति नआए पनि समय भइसकेकाले श्रेष्ठले कार्यक्रम सुरु गरेका थिए तर जव अन्तराष्ट्रिय सेमिनारकै दिन आयो केही झुर कुराहरु पनि देख्न पाइयो चार पाँचजना भारतीय विज्ञहरु आएका रहेछन् त्यसैका आधारमा सेमिनारलाई इन्टरनेशनलको रंग दिइयो अनि इन्टरनेशनल भनिए पनि कलेज भित्रकै कुनै समारोह जस्तो प्रध्यापक संघ कर्मचारी संघ स्ववीयु मात्रै होइन जे जति विद्यार्थी संगठन छन् उनका प्रतिनिधिलाई पनि बोल्ने पालो दिइयो
हिजो मंसिर २० गते बिहान दिउँसो दुईवटा कार्यक्रममा गइयो बिहानको कार्यक्रम बालकुमारीको जस्तो नै रहेछ इन्टरनेशनल कुरा के रहेछ भने नेपाल चलचित्र निर्देशक समाज भन्ने संस्था रहेछ काठमाडौंमा त्यसले अन्तराष्ट्रिय कार्यशाला गर्ने भएछ चितवनमा अनि यो बारेमा अन्तरकि्रया राखेछबिहानै आठ बजे नगरपालिकाको सभा कक्षमा बुझ्दै गएको माघको पहिलो साता कार्यक्रम तय भइसकेको रहेछ चलचित्रलाई सुधार गर्न छलफल गर्ने उद्देश्यले सो कार्यक्रम राखिएको रहेछ तीन देशबाट चारजना विज्ञहरु त्यो बेला आएर नेपालका चलचित्र निर्देशकहरुमा कुरा राख्ने भए छन्
विज्ञ मात्रै बाहिरका थिए सहभागि सवै नेपाली सिकाउने मान्छे मात्रै बाहिरका आउने भए भन्दैमा त्यसलाई अन्तराष्ट्रिय भन्न मिल्छ खै तै भारत कोरियाबाट को को आउने हुन फिक्स भएको रहेछ अमेरिकाबाट एकजना आउने भनेको को आउने हुन् नाम दिन सकेनन् आयोजकहरुले अब हिजोको गोष्ठिको समिक्षा गरौं समयमा सुरु नहुने नेपाली पारा कायमै थियो बिहानै जाडोमा मान्छे बोलाएर धेरै आइसक्दा पनि केहीलाई कुरेर बसे आयोजकहरु कार्यक्रम सुरु भयो मंचमा भएका एक दर्जन कुर्ची सकिए अनि कार्यक्रम सुरु भएको १५ मिनेट बितेको थियो या थिएन मंचकै एक तिहाइभन्दा बढी कुर्ची खाली देखिए
अन्तरकि्रयामा आएका व्यक्तिहरु आफु बोलेपछि बाहिरिए रमाइलो के भयो भने अतिथि बोल्दै गर्दा अन्तरकि्रयाका आयोजक मध्येका एकजना जो कार्यक्रमका सभापति पनि थिए उनी समेत मंचको कुर्चीमा थिएनन् कुनै एफएमका भाइहरुले बोलाए उनी ओर्लिए अनि बार्दली तिर लागे सभापति बिनाको कार्यक्रम टुहुरो भयो सभाको मर्यादाको हिसावले मात्रै उनको उपश्थिति खड्केको होइन अरुले के सल्लाह दिन्छन भनेर उनैले सो कार्यक्रम राखेका थिए अनि यस्तो कार्यक्रममा अतिथिहरु बोल्दै गर्दा उनी आफै उठेर हिँड्न मिल्छ ? फोटोमा जे जति खाली कुर्ची देखिएका छन् सुरुमा ति भरिएका थिए । १५ मिनेटपछि खाली भए । अनि बीचमा देखिएका एकजना व्यक्ति अतिथि हुन् । कार्यक्रमका सभापति त्यति बेला थिएनन् ।
अब दिउँसोको कार्यक्रमको चर्चा गरौं बालकृष्ण थपलियाले निकै राम्रोसँग कार्यक्रम उद्घोषण गरेका हुन् घाँटी फुट्ने गरेर उनले उद्घोषण गर्नु परे पनि मिठास छुटेको थिएन पहिला अतिथिहरुको नाम बोलाएको बोलाइ गर्नु परो पछि बोल्न आउ भनेको भन्यै गर्नु परो अनि घाटीको के हालत भयो होला बालकृष्ण जीको यो कार्यक्रम हो सूर्यभक्त पतनादेवि स्मृति कलेजको वार्षिकोत्सव तथा नेपाल प्रेस युनियन नवलपरासी शाखाको पुरस्कार वितरण समारोह तर कार्यक्रममा यी दुई कुराकोभन्दा बढ्ता अरु कुराको महक चमक थियो
कार्यक्रम पुरै काँग्रेसी पारामा गयो भन्दा सायद कसैले चित्त नदुखाउला अव प्रमुख अतिथि नै काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउपा जो थियो आशन ग्रहण नै पुरै काँग्रेसी तरिकाको काँग्रेसहरु मंचमा कुर्चीमा बस्दैन् कुशनमा बस्छन् त्यसरी नै बसे त्यहाँ सवै साच्चै भनौ यो तरिका मलाई ठिक लाग्छ पलेटी मारेर बसेको राम्रो हो
काग्रेसका जो जो आएका थिए देउपाको साथ लागेर ति सवैले बोले काँग्रेसका जिल्ला सभापतिले बोलॆ मंचमा काँग्रेसका तीनना केन्द्रीय दिस्य थिए एकजना सदस्य नवलपरासी घर भएका कृष्णचन्द्र नेपाली उनले बोल्नै परो चन्द्रभण्डारी तार्किक कुरा गर्छन् पालो दिनै परो शंकर भण्डारी सवै बोलेपछि छुटाउँदा अन्याय हुन जान्थ्यो ठाउँ दिनै परो कार्यक्रमको सह आयोजक मध्येको प्रस युनियनका मध्यमांचल उपाध्यक्ष थिए सचिव थिए अनि केन्द्रीय अध्यक्ष नै आएका थिए सवैले कुरा राख्नै पाउनु परो तर गाउँका काँग्रेसी नेताको स्तरको भाषण गरे उनीहरुले पत्रकासर महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले के भने कुन्नी उनको कुरा सुन्नै पाइएन भोक अत्याधिक लागेर खाजा खान गएका बेलामा आएछ उनको पालो
कलेजलाई सहयोग गर्ने पनि सम्मनित भए त्यो कार्यक्रममा तर चार लाख दिएकोमा एक लाख भन्ने परेछ बिचरा मध्यान्हबाट सुरु भएको कार्यक्रम सकिदा झमक्क साँझ परेको थियो ४६साल पछाडी हो ठाउँ ठाउँमा नेता आउँथे बिहानदेखि भाषण सुरु गरेको साँझ पार्दथे त्यति बेला जनता सुन्न उत्सुक थिए फुस्रद पनि हुन्थ्यो तर अचेल जनता नेताका कुरा सुन्न उत्सुक छन् नत उनीहरुलाई फुस्रद नै तर पनि कार्यक्रम उही ढर्रामा चल्छ रिसानी माफ पाउँ लागेको कुरा राखेको हो हस्त नमस्कार



1 comment: