Saturday, February 5, 2011

जस मायाको आँगन भत्काउँदै आइपुग्यो विकास

पृथ्वीनारायण शाहाले नेपालको एकीकरण गरे अहिलेको नेपाल उनको देन हो तर पृथ्वीनारायण शाहाले अत्याचर मात्रै गरे भन्नेहरु पनि धेरै छन् यो देशमा यो बारेमा अहिले केही कुरा नगरौ पृथ्वीनारायण शाहाको मृत्युपछि प्रताप िसंह शाह यो देशको राजा भए प्रताप िसंहका भाइ थिए बहादुर शाहा बहादुर शाहाका छोराको नाम शत्रुभंजन शाहा हो बहादुर शाहासम्मको नाम धेरै नेपालीले सुनेका छन् शत्रुभंजन धेरैका लागि नयाँ नाम हो शत्रुभंजन चितवनसँग भने जोडिएका छन् यीनै शत्रुभंजनले आजभन्दा दुई सय वर्षअघि चितवनको उपरदाङगढीमा भव्य किल्ला बनाए
किल्ला अझै पनि त्यहाँ तर शत्ररभंजनले दुई सय वर्षअघि किल्ला बनाएको ठाउँमा अरुले केही बनाएनन् भन्दा पनि हुन्छ चितवनको पुरानो सदरमुकाम हो यो तर जव वि..२०१४ सालपछि यहाँका सवै अड्डा अन्यत्र सारिए वि..२०१८ सालपछि भरतपुर चितवनको सदरमुकाम भएर बस्यो विकास यतै बस्यो उता हिड्न मानेन झरी घामले जे जति खिया लगायो त्यो ठाउँमा त्योभन्दा थप्ने काम केही भएनभन्दा पनि फरक नपर्ने अवस्था आफै हुने केही परिवर्तन बाहेक अरुले वास्ता गरेन त्यस क्षेत्रका लागि
यो पटक भने केही हुँदै त्यहाँ झण्डै किलो मिटर उकालो भिरालामा धेरै जसो चेपाङका नाङ्गा पैतला पर्दथे यो पटक एउटा अजंगको मेसिन ठुलो आवाजसँगै उकालो लागेको केटाकेटी त्रसित छन् कुरा बुझ्नेहरु भने दंग परेका छन् स्काभेटर अर्थात भ्याकु भनेर गाउँलेले बुझेको पहेलो मेसिन बाटो खन्दै उकालो छिचोलेर उपरदाङगढी पुग्यो भ्याकुको चक्का उपरदाङगढी पुग्नु भनेको अब त्यहाँ बस्ने चेपाङको नाङ्गा पैतला उकाली ओरालीको तिखा चुच्चे ढुंगा ग्रेग्रोटोमा नपर्नु हो
शत्रुभंजनपछि बल्ल कसैले त्यहाँ केही पुराउँदै केही गर्न लाग्दैछ यस कारण चेपाङको मुहारमा केही कान्ति छाएको चेपाङहरु त्यहाँका मुख्य बासिन्दा हुन् गुरुङ मगर पनि त्यहाँ बस्छन् टाढा बाठा बाहुनहरु थिए तर धेरै पहिले उनीहरुले थात थलो छाडेका हुन् त्यसैले रमाउनेहरुमा चेपाङहरुको अनुहार अगाडी देखिएको हो सवै रमाइ रहेका छन् तर जसमाया चेपाङलाई अर्कै आत्तुरी कारण त्यो भ्याकु उनको घरको आँगनमै दाँत गाड्न पुग्यो भ्याकुले दाह्रा गाड्यो उनको त्यो सानो बुकुरो नराम्ररी हल्लियो
सानो छाप्रा भित्र जे जति अन्न पानी थियो उनले हतारमा झिकिन् जसमायाका श्रीमान जन्ति गएका रहेछन् घरमा एक्लै भएकाले उनी अलि आत्तिएकी थिइन् अन्नपात छिमेकी कहाँ थन्काइन् सुङगुरको खोर भत्कियो घरदेखि अल परेको एउटा पोथ्रोमा नाम्लोले बाँघिन त्यो कालो सँगुरलाई जसमायाले गढीदेखि केही तल जहाँ जसमायाको घर भ्याकु धमाधम आफ्नो काम गर्दैछ घाम डुब्न लाग्दैछ जसमाया बायँ हात कम्मरमा दायाँ हात्केलेको निधारमा पाली बनाराएर एकोहोरो त्यॊ भ्याकु हेरिरहेकी छन्
जसमायाभन्दा केही पर छु मैलेदेखेको छु जसमाया मेरै अगाडी छन् केही पर उनको आँगन भत्काउँदै गरेको भ्याकु अनि अलि माथि मलिन हुँदै गएको सुर्यको ठ्याक्कै तल दुई सय वर्षअघि शत्रुभंजनले बनाएको किल्ला मैले यसो पछाडी पनि हेरे सडकको रुपरेखा लगभग तयार अनि यो सडक हुँदै पर्यटकहरु त्यो किल्लासम्म अझ उतै सिराइ चुलीसम्म पुराउने सरकारको योजना उपरदाङगढी एतिहासिक ठाउँ, सिराइचुली सुर्योदयका लागि कहलि सकेको बाटो बनेर मोटर हिड्न थालेपछि नयाँ नौला मान्छे अवश्य बढ्ने छन् यो ठाउँमा अनि त्यो बेला बाटो पुग्दा आँगन भत्काएको टुलुटुलु हेर्ने जसमायाकॊ त्यो बेला के हालत होला मेरो मनले यही कल्प्यो किनकी उनीहरुलाई हुत्याएर त्यो ठाउँमा पुग्न तछाडमछाड चलिसकेको

1 comment: