टोलमा अहिलेको जस्तो टन्नै घर थिएनन् । धारा भन्ने देख्नै पाइँदैन थियो । इनार दुईवटाभन्दा बढी थिएनन् । सानो खडेरीले पनि इनारको मुल सुक्थ्यो । म हुर्केको गाउँको कथा हो यो । पिउने पानीको भरपर्दो स्रोत थियो जंगलको किनारमा रहेको सानो कुवा । दुई गाउँका गाउँलेहरु पानी भर्न त्यहासम्म आउँथे । बस्तीको सुरुको घर र कुवाको दुरी झण्डै डेढ किलो मिटर छ । चुवाडीको कुवा भन्थे सवैले । पानीमा हल्का अमिलो स्वाद आउँथ्यो । इनारमा पानी भए पनि चिसो र मिठो पानीका लागि गाउँलेहरु चुवाडी नै पुग्थे । अहिले त टोलमा घर पनि प्रशस्तै छन् र दैलोदैलोमा धार पुगेको छ । चुहाडी जानु झण्झटिलो काम हो तर स्वादीलो पानी चुहाडीकै छ । म पनि गाउँ पुगे भने त्यहाँ पुग्ने इच्छा रहरिहन्छ ।
यस पटक तिहारको भाइ टीकाको दिन घरमा टीका लगाएपछि फुस्रदिलो भइयो । त्यस कारण हुँइकियो गाउँ तर्फ । चुवाडीको पानीले तिर्खा मेटाउने निधो भयो । दिनेससँगै लागियो त्यता । कुवाको छानो फेरिएको रहेछ । टिन लगाएका रहेछ । पर्खाल प्लास्टर गरेको । सफा सुघ्र देखियो कुवा । पानी पनि अलि धेरै जम्मा भए जस्तो लाग्यो । कालो पाइपबाट पानी बाहिर निस्किरहेको थियो अंजुलीमा भरेर खाइयो स्वाद मानी मानी । पानी मुखमा परेपछि पुराना दिनहरु फनफनी घुम्छन् आँखा अगाडी ।
अरु बेला होइन बैशाख जेठको गर्मीमा भिड लाग्दथ्यो चुवाडीको आडमा । कुवाभन्दा अगाडी दक्षिण पुर्वमा देविथान थियो । देविथानको अगाडी बरपिपलको चौतारो र स्वमीको रुख थियो । कुवाको ठिक अगाडी झण्डै १०० मिटर पर पनि स्वमीको ठुलो रुखथियो । आडैमा खोला बग्ने । गर्मीमा सितल ताप्ने राम्रो जक्सन थियो चुवाडी । सितल र स्वादीले चिसो पानीका कारण जस्तै गर्मीमा पनि आनन्दको वातावरण हुन्थ्यो चुवाडीमा । चुवाडीमा यो बाहेक पनि थियो एउटा कुरा । अझै पनि चुवाडीमा धेरै कुरा पहिलाको जस्तै छ तर एउटा कुरा छैन । हो मैले त्यसैको चर्चा गर्न लागेको हो ।
कुवाभन्दा पाँच मिटर अगाडी थिए आँपको दुईवटा बडेमानका रुख । हाँगा विँगा फैलिएका अग्लो रुख छहारी पनि राम्रै निन्थे । ढकमक्क फूल लाग्थ्यो । डालै नुघ्ने गरेर फल फल्थे लटरम्म । फूलबाट बतिलो निस्कना साथ केटकेटी झुम्मिन्थे झटारो हान्थे । रुख अजंगका भए पनि चढ्न अफ्ठेरो थिएन । केही ठुला केटाहरु फटाफट चढ्थे, आँप टिप्थे । अलि छिप्पिएका आँप हुन्थे लाहोरो जत्रो ठुलो । एउटा रुखको आँप केही सानो हुन्थ्यो । त्यो अमिलो पनि उत्तिकै हुन्थ्यो । अर्को एउटा रुखको आँप ठुलो र गुलियो हुन्थ्यो ।
कुवाको अगाडीको आँप रुखमा लागेको फल त्यसै नासिएर जाँदैन थियो । बतिलो लाग्न थालेपछि मुखिया थारु भन्ने एकजना आएर पहरा दिन्थे । मुखिया थारुलाई गाउँलेहरु भन्थे 'मुख्खे थारु ।' कुवाभन्दा सिधा दुई सय मिटर पर थियो उनको घर । एका बिहानै आउँथे मुख्खे थारु । रुख तलै बस्थे । खाना खान्थे । साँझ अबेला फर्कन्थे । भन्थे 'आमाबाबुले रोपेको रुख यो ।' उनी सकेसम्म झटारो हान्न दिदैन थिए । रुखमा उक्लन रोक्थे । तर मुख्खे थारुको आँखा छलेर झटारो हान्नेहरु , रुख चढ्नेहरु पनि थिए । गाली गर्दथे लखेट्दथे । उनी सम्झाउथे पनि 'ठुलो भएपछि खान राम्रो हुन्छ सानैमा नास नगर । खाएमा रगत मासी पर्छ पखला चल्छ ।' यो उपदेशले केहीलाई छुन्थ्यो केहीलाई केही नकेही ।
सधै रुंगेर बस्न झ्याउ पनि लाग्दो हो । अलिअलि छिप्पिन थालेपछि मुख्खे थारुले भन्थे 'ल अब आँप झार्ने ।' ठुलो मेला लाग्दथ्यो आँप झार्ने दिन । बुटै भरी मान्छे हुन्थे । आँप बटुल्ने उत्तिनै हुन्थे । मुख्खे थारुको मुहारमा पनि एक प्रकारको चमक देखिन्थ्यो आँप झार्ने दिन ।
आँप झारेपछि सवैले भाग पाउँथे । त्यसपछि मुख्खे थारुको पहरा हट्थ्यो । झटारो हान्ने पनि बिलाउँथे । छुटेका केही आँप पाकेपछि झर्थे, फ्यात्त । निकै गुलियो हुन्थे पाकेको आँप । तर कसैलाई पनि पाकेपछि टिप्दा राम्रो भन्ने बुद्धि कहिल्यै आएन । अहिले कुवाको आडमा आँपको रुख छैन । ढुंगा मिलाएर चिनेको चौतारो देखिदैन । एउटा रुखको कुनै अस्तित्व नै देखिदैन । एउटा रुखको अस्थिपंजर मात्रै छ । मोटो र मोटो रुखको मुख्य भागबाट केही मोटा हाँगा विगा छन् िठंग तर कुहिदै छन् ति पनि । आडैको हरियो वन उस्तै छ । कुवको पानी उस्तै छ । देविथान अगाडीको चौतारो समीको रुख अनि कुवा अगाडीको झ्यापुल्लो समीको रुख सवै दुरुस्तै छन् । तर आँपको भने अस्तित्व बचेन छ ।
सुकेर जिर्ण बनेको आँपको रुखको अवशेषको फोटो खिचेको पछाडीको हरियो बनले सुकेको रुख फोटोमा प्रष्टसँग देखिन गाह्रो हुँदो रहेछ । ओहो कुनै बेला कुवाकै सान थियो यो रुख । अहिले खिइएर खिन्न भएछ । किन यस्तो भयो यो रुख अनि ति थारु कता छन् मेरो मनले मुख्खे थारुलाई सम्झ्यो । मुख्खे त ज्युँदै रहेछन् । मुख्खेनी बितिछन् । सोधखोज गर्दा यस्तो जानकारी पाइयो । बुढो भएर अब उनी पनि डाँडोको घाम जस्तै भएका रहेछन् । आँपको रुखको जस्तै नियतीमा पुगेछन् मुख्खे थारु । एउटा नामेट भइसक्यो, अर्को सिद्धिने अवस्थामा पुगेको छ ।

No comments:
Post a Comment