Thursday, November 4, 2010

मेरो ब्लग पनि अश्लिल साइटमा परेछ

एक हप्ता यता मेरो ब्लग खुल्न साह्रै गाह्रो मान्न थालेको त्यसो हिजो चितवनको दैनिक पत्रिका पारदर्शीको साइट पनि खुल्दै खुलेन सरकारले अश्लिल साइट बन्द गर्ने घोषण गरेपछि बेहोर्न थालेको हैरानी हो यो तर हाम्रा यि बल्ग न्युज साइटहरु त्सको चपेटामा आए होलान भनेर शंका गर्न भने सकिएन एक दिन ब्लग बल्लबल्ल अपडेट गरेर फेस बुकमा िलंक गरियो तर त्यसपछि खुल्न मानेन अनि फेसबुकमा कमेण्ट आयो खुल्दै खुलेन कतै अश्लिल साइटको सुचिमा परेन
त्यसो सरकारले सरकारले ६० वटा अश्लिल साइट बन्द गरेको खवर आएको साथी संकल्प पोखरेलले पहिलो दिनमै फेसबुकमा लेखे सरकारले काम गर्न थाले तर उति बेलै मैले कमेण्ट हालेको थिए त्यो तमाइकोमा मात्रै काम गरेको देखिएको होला मैले जस दिन सक्ने। अवस्था छैन अर्थात अश्लिल साइटहरु बन्द गर्ने सरकारको घोषणा कार्यन्वयन भएछ भन्दै संकल्पले फेसबुकमा लेखेको थिए तर मैले तत्कालै केही नामी अश्लिल साइटहरुको एड्रेस टाइप गर्न नपाउँदै ति भटाभट खुले अनि मैले कसरी सरकारलाई जस दिने
प्रोनो ग्राफीका दामीदामी साइटहरु खुलिराखेका बेलामा मेरो बबुरो ब्लगलाई सरकारले अश्लिल सामाग्री ठानेर बन्द गर्ला भनेर एक रति पनि सोच्ने कुरा भएन तर आज कात्तिक १९ गते शुक्रबार कान्तिपुर दैनिकको हेल्लो शुक्रबारमा छापिएको प्रदीप बस्यालको लेख पढेपछि बल्ल ट्वाँ परे किन भने मेरो ब्लग अश्लिल साइटहरु बन्द गर्ने सरकारी चालको सिकार भएर पो राम्रोसँग खुलेको रहेनछ ब्लग स्पट सब डोमेन भएका ब्लगहरु खुल्दै नखुलेकबो कुरा प्रदिपले आफ्नो लेखमा उल्लेख गरेका छन् यसरी कताकताबाट घानमा परेको रहेछ मेरो ब्लग यसको थाहा पत्तो छैन अनि ब्लग राम्ररी नखुसल्दा अपडेट गर्ने जाँगर पनि चलेन उता खुलेको बेला हेर्दा ब्लग हेर्नेहरुको संख्या पनि ह्वात्तै घटेको पाइयो
कताकताबाट सरकारले अश्लिल साइटहरु बन्द गर्ने हौवा चलायो जसमा प्रोनो साइटहरु पर्दै नपर्ने सामाजिक मयौदालाई ख्याल राखेर चलाउने हाम्रा शुद्ध ब्लगहरु भने बन्द हुने कस्तो काम गरेको हो सरकारले यस्तो यो बारेमा सरकारलाई चाडै नझकझकाए सरकारको काम ब्यर्थै हुने भयो त्यसैले कसैको न्युज साइट ब्लगहरु खुल्दैनन भने ति अश्शिल साइट बन्द गर्ने सरकारी घोषणा कार्यन्वयनको पाइलामा कुल्चिएछन् भन्ने ठान्नलाई अवेला नगरौं साथै किन यस्तो भयो भनेर कता भन्नु पर्ने हो भनौं चुप लागेर नबसौं सरकारले प्रष्टसँग भनोस अश्लिल भए पनि नभए पनि ब्लगहरु पनि बन्द गर्न खोजेको हो भनेर ब्लगका कारण सामाजिक मर्यादा नैतिक आचरण राष्ट्रिय अखण्डतामा खलल पुग्ने यथेष्ट आधारहरु छन् भने रोक्ने दायित्व सरकारको हो हामी पनि चुप लागौंला तर लहडको भरमा बन्द गरेको हो भने गर्न पाइदैन भनेर आवाज उठाउँला
अश्लिल साइटहरु बन्द गर्ने भनेर सवै प्रकारका ब्लगहरु बन्द गर्दा ब्लगरहरुको मानमर्यादामा पनि आँच पुग्न सक्छ फलानाले अश्लिल ब्लग चलाएको रहेछ है भनेर गाइगुइ साइसुइ हुँदै टोलभरी हल्ला फैलन सक्छ बेफ्वाकमा यो टिका टिप्पणी सुन्नु पर्दा मानसिक रुपमा कति हैरानी होला सरकारले देला क्षतिपुर्ती तर यो हदसम्मको कुरा गर्नु पर्ने आवश्यकता अहिले छैन केही दिनपछि सवै ब्लग पहिलाको जस्तै खुल्लान तर भयंकर अश्लिल सामाग्रीहरुलाई नचलाएर सरकारले ब्लगलाई किन निसानामा पारेछ ? यो कुरा चाहि सधै खेलि रहने मनमा

No comments:

Post a Comment