Thursday, November 11, 2010

किसानको करामत

चितवनका बिष्णुहरी बर्तौला हेर्दा नेपालका अरु सामान्य किसानभन्दा फरक छैनन् तर उनको करामत सवैकोभन्दा पृथक खेती किसानी बाहेक केही नरेका बर्तौलाले यसैबाट नाम पाए, दाम पनि कमाए नेपालमा एक हेक्टरमा कति धान फल्छ ? सरकार भन्छ दुई दशमलव नौ टन मात्रै फल्छ तर बर्तौलाले यसको झण्डै चार गुणा धान फलाउँछन् आफ्नो खेतमा धेरै दरमा धान फलाए वापत उनी दुई पटकसम्म देशकै सर्वोत्कृष्ट किसान घोषित भएर पुरस्कार पाए पुरस्कार सरकारले नै दिएको हो उनले यो वर्ष एक हेक्टरमा साढे आठ टन धान फलाए एक हेक्टर भनेको डेढ विघा हो एक टनमा १० क्वीण्टल हुन्छ उनले डेढ विघा खेतमा ८५ क्वीण्टल धान फलाएछन् यो करामत गरे वापत यो कात्तिक १० गते परेको ३० औं विश्व खाद्य दिवसमा उनले खुमलटारमा पुरस्कार थापे कृषि विभागले राखेको कार्यक्रममा उनले १० रुपैयाँ सहित प्रमाण पत्र पाए
बर्तौलाको घरमा यस्ता प्रमाणपत्रको खातै यसअघि २८ औं विश्व खाद्य दिवसमा पनि नेपालमै बढी धान फलाउने किसानको घोषित भएर उनले खुमलटार गएरै पुरस्कार थापेका थिए त्यति बेला पुरस्कारको राशी अहिलेकोभन्दा आधा मात्रै थियो जिल्लामा उत्कृष्ट हुन थालेको उनी ६४ सालबाटै हो त्यो वर्ष जिल्लामा उनी तेस्रो भए अर्को वर्ष पहिलो भए त्यसै वर्ष नेपालमै पहिलो भए बर्तौलाका बुवा काका वि..२०३० सालमा मकवानपुरको भार्ताबाट चितवनको कुमरोज झरेका थिए उनीहरुले त्यति बेला विघा खेत किने बुबा काकाको अंश बण्डा हुँदा तीन विघामा झर्यो विष्णुहरीको दाजुभाइका बीच अंश हुँदा त्यो पनि आधा आधा भएर डेढ विघामा सिमित भयो
त्यही डेढ विघामा पसिना बगाउन थालेका हुन् बिष्णुहरीले कक्षा १० सम्म मात्रै पढेका उनले सुरुमा दुई वर्ष जति पढाएका पनि हुन् तर पछि त्यो छाडेर पशुपालन खेतीमै लागे डेढ विघामा जे मिहेनत गरे त्यसको आयस्ताले खैरहनीमा पाँच कठ्ठा खेत किने कुमरोज राजमार्गबाट निकै टाढा पर्छ खैरहनी आडैमा दुई वर्षदेखि उनी कुमरोज छाडेर खैरहनीमै बस्दै आएका छन् त्यही पाँच कठ्ठामा पक्की घर बनाएका छन् जे दियो कुमरोजको डेढ विघाको आम्दानीले नै दियो उनलाई अहिले घर परिवारलाई खान खैरहनीको उब्जनीले पुग्छ कहिले काँही त्यहाँ पनि नगदेबाली लगाउँछन् उनी जस्तै गत वर्ष धान काटेपछि एक कठ्ठामा केराउ लगाए लगाएको ४० दिनमा बेच्दा केराउबाट खर्च कटाएर नौ हजार रुपैयाँ आम्दानी भयो कुमरोजमा जे फल्छ सवै बेच्ने हुन बर्तौलाले उनले फलाएको धान एग्रोभेटले बीउका लागि लैजान्छन्
'रासायनिक मलको कम प्रयोग गोबर मल प्राङगारिक मलमा जोड' धान बढी फल्नुको कारण बताए बर्तौलाले यस बाहेक केही प्राविधिक कुरा पनि उनले हेक्का राख्दा रहेछन् जसले गर्दा अब्बल हुन सघाएको रहेछ जस्तै बी राखेको २८ या ३० दिन भित्र रोपि हाल्दा रहेछन् धान एक गाँजमा तीनवटा मात्रै बीउ लगातार तीन वर्षभन्दा बढी एउटै बीउ प्रयोग नगर्ने तीन वर्षपछि बीउ फेरि हाल्ने विदेशी हाइबि्रड छुदा रहेनछन् यिनी जसले गर्दा धान खेतीले धन पनि दियो ख्याती पनि कमाए बर्तौलाले खेती गरेर उनी खिन्न छैनन् पेशा प्रति गर्व गर्छन् केही कुरा ख्याल राख्दै तरिका मिलाएर काम गर्नाले उनले यो सफल्ता पाएका हुन् धेरै पढेर तालिम लिएर होइन

No comments:

Post a Comment