Sunday, June 13, 2010

बेल्जियम र बाँदरझुला

बेल्जियम सम्पन्न मुलुक हो बाँदरझुला अति कम विकशित नेपालको एउटा विकट गाउँ हो चितवन जिल्लामा पर्ने हो गाउँ राष्ट्रिय निकुंज भित्र जंगल फाँडेर त्यहाँ अन्यत्र जग्गा नभएका सुकुमवासीहरुले आश्रय लिएका हुन् यस्ता विपन्नले गएको चैत्रमा आगलागीको विपद भोगे विपद भोगेका विकटका वासिन्दालाई बेल्जियमबाट सहयोग आयो यो सहयोग सरकारी थिएन बल्जियममा श्रम गरेर दुई चार पैसा जोडेका चितवनवासीका तर्फबाट थियो घर छाडेर परदेश पुगेकाचितौनेले आफ्नो समाजका लागि केही गर्ने जमर्को स्वरुप चितवन एड ट्रष्ट खोलेका रहेछन् बेल्जियममा त्यसैको आर्थिक सहयोगमा बादरझुलामा बस्यो स्वास्थ्य परीक्षण शिविर
एउटा वस जीपमा ठेलमठेल गरेर सदुमुकामबाट शिविर चलाउन हिँडे मान्छेहरु शुक्रबार दिउँसो दुई बजे गाडी लगातार कुदी रहँदा पनि बाँदरझुला पुग्दा साँझ पर्यो सुगम भन्नु गाडीबाट झरेर हिँडेन परेन त्यत्ति हो सडकको पिच पटिहानी सम्म मात्रै झण्डै ८० किलो मिटर बाटोमा १५ किलो मिटर जति पिच त्यसपछि ग्रावेल निकुाजको जंगलमा रुखमा गाडी ठोक्किने सम्भावना अत्याधिक हुन्छ खोलाहरु एउटा दुईवटा होइन प्रसस्तै तर्नुपर्छ कसरादेखि वनकट्टासम्मको जंग्ल काटेपछि केही बेर गाउँ देख्न पाइन्छ अनि बगइबाट ठूलै जंगल सुरु हुन्छ बगइदेखि सुरु हुने जंगलको बोटो अति नै बिग्रेको कम असल खालको गंगली हात्तीले चक्का जाम गर्ने खतरा पनि उत्तिकै रहन्छ चक्का जाम गरेर यात्रुहरुलाई भौतिक कारवाही गर्नेसम्मका घटनाहरु हुन्छन त्यो बाटोमा
यस्ा खतराहरुको सुइको पनि भएन यात्रामा हामीलाई गाडी दौडेको दौडेइ भित्र रमाइलो उत्तिकै बाहिर नियाल्ने त्यहाँको अव्सथा बारेमा चर्चा गर्ने मौका मिलेको भए मनमा चिसो पस्ने सम्भावना रहन्थ्यो तर बस भित्रकै गरम महौललले खतराका सम्भावनाहरु सुकायो पूर्वी चितवनबाट गामवेसीको खवरु भन्ने पत्रिका निकाल्ने साथी केपी किरण शर्मा गीत गाउन पनि माहिर उनैले रसिलो बनाए यात्रालाई दोहरी गाएर थाक्दै नथाक्ने साँभल पख वाँदरझुला पुगेपछि केही समय सुस्ताएर सुरु भएको दोहरी सुत्न नजाँदासम्म जारी मध्य रातमा स्कुलको छतमा गएर सुतियो झुल नटाँगीकन आकासका तार हेर्दै त्यसरी नसुतेको जुगौं भएको रहेछ
बिहानै उठेर गाउँ भ्रमणमा निस्यौं उनै केपी किरणलाई अगाडी लगाएर साथी दिपेन्द्र बडुवाल पूर्वदेखि सर्लक्क पश्चिम तर्फ फैलिएको गाउँमा आगालागीपछिको निर्माण चलिरहेको दक्षिण तर्फ गाउँसँगै जोडिएको होचो डाँडा त्यो नै भारत नेपालको अन्तराष्ट्रिय सिमाना गाउँको पुछार पुछारमा एउटा लामो टहरोका अगाढी िलंगो गाडेर माइक बाँधेको देखियो रमा विकको घर रहेछ त्यो टहरो भित्र १७ इन्चको संगिन टेलिभिजन रहेछ दुईवटा पंखा तल बसेर गाउँका मान्छेहरु चलचित्र हेर्दा रहेछन् भित्र चलचित्र हेर्दा माइकबाट आवाज निस्केर गाउँ नै थर्काउदो रहेछ रमाका लोग्नेले पानी तानेर खेतमा िसंचाइ गराउनका लागि ३० हजार रुपैयाँमा जेनेरेटर ल्याएका रहेछन अरुले पनि पानी तान्न बोलाउलान आम्दानी गरौंला भन्ने उनको योजना फेल खाएपछि जेनेरेटरबाट टीभी चलाउने सिनेमा देखाउने व्यवसाय सुरु गरेकारहेछन् जसबाट तेल दाल खाने खर्च जोहो भएको रहेछ
झण्डै एक लाख जनता बस्ने माडीका चारै गाविसमा विजुली छैन सोही गाविस मध्येको अयोध्यापुरी वडा नं। मा पर्ने पुछारको बस्ती बाँदरझुलामा बिजुली कसरी हुने बत्ती नभए पनि सिनेमा हेर्ने रहर भने पुरा भएको रहेछ जेनेरेटरबाट तर त्यसबाट सिनेमा मात्रै हेर्नुभन्दा पानी तानेर खेती पनि गर्ने गरेको भए कति राम्रो हुने थियो मनोरंजन चाहियो नै तर मिहेनतमा पनि लागेको भए गाउँमा राम्रो हुने थियो नि
बत्ति नभएको गाउँमा फुटवलको विश्व कप सुरु हुने दिनमै पुगेका थियौं यता सरदरमुकामबाट गएकाले खाएर चौरभरी फालेका मिनरल वाटरका बोत्तल शुक्रबार साँझ गाउँका केटाकेटीहरुले फुटवल ठानेर हिर्काएको देख्दा वर्ड कपको झल्को दियो विश्वको तुलनामा फुटवलको जे हैसियत नेपालको भरतपुरको तुलनामा बाँदरझुलाको अवस्था त्यस्तै हो नि मदन लामा राम्रोसँग बाँसुरी बजाउँदा रहेछन् गाउँमा यो पनि एउटा साधन हो मनोरंजनको शिविरमा ७९५ जना आएर स्वास्थ्इ परीक्षण गराए अघिल्लो दिन भरतपुरबाट जुन समयमा हिडेका थियौं त्यही समयमा बाँदरझुलाबाट फर्कियौं श्रम गर्न बेल्जियम पुगेका चितवनवासीले साच्चै नै सम्मान गर्न लायकको काम गरे विकटका बासिन्दालाई स्वास्थ्य सेवा दिएर




2 comments:

  1. rich sabun le mukh dhoichau , bandarjhula gaichau , ha ha

    ReplyDelete
  2. haha! dipendra dai, bandher jhula ma rich sabun le mukh dhune manche bhattaunu bhaiyako thiyako ki k ho? ki aaphu haru nai teta gaiya pa6i rich sabun ko fan hunu bhaiyako ho????

    ReplyDelete