जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै घरका आठजनाले ज्यान गुमाएपछि चितवनको लोथर गाविस वडा नं ९ मा पर्ने कान्दा गाउँको नाम संचारमाध्यमहरुमा लगातार जस्तो आइरहेको थियो । राजमार्गदेखि धेरै टाढाको त्यो गाउँ कस्तो होला बाहिरका कसैलाई केही अन्दाज थिएन । खाएको च्याउ विषालु परेपछि मान्छेहरु विरामी पर्न थाले । च्याउ खाएको २४ घण्टा नवित्दै त्यसको असरले ज्यान पनि जान थाल्यो । आत्तिएर अरु विरामीलाई उपचारका लागि दौडाउँदा भरतपुरसम्म ल्याउन झण्डै २४ घण्टा लाग्यो । गाउँमा तीनजनाको ज्यान गयो । अस्पताल आएका पाँचजना पनि यो संसारबाट सदाका लागि बिदा भए ।
यस्तो विपद परेको गाउँ विकटमा भए पनि एक पटक पुग्ने मनसाय बन्यो । विरामीहरुलाई उपचारका लागि ल्याएर आएका कान्दा गाउँको श्री कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानध्यापक बालकृष्ण थपलिया यतै थिए । उनैको पहलमा च्याउको विपत्तिबाट बचेका एकजना नौ महिने बालक सन्सरबहादुरले भरतपुरको एसओएस बाल ग्राममा आश्रय पाए । सवै काम सकेर उनी फर्कने दिन हामी दुई तीनजना पत्रकार पनि उनको साथ लाग्ने निधो भयो । यात्राको मिति असार चार गतेलाई तय भयो ।
असार लागेकाले आकास कालो निलो । ुपानी आयो भने त कसरी हिड्न सकिएलाु जाने भनेर कम्मर कसेकी पत्रकार प्रतिमालाई मैले यात्राको पूर्व सन्ध्यामा भने । प्रतिमाको जवाफ थियो ुभिजेरै भए पनि जाने ।ु उता जे जस्तो बाधा ब्यवधान आए पनि हिड्ने सुरुमा पत्रकार एकल सिलवा पहिलेदेिखनै तयार थिए । तर पानी आए नखोलाबाट जान सकिने सम्भावना थियो न पाखाबाट । खोलो उर्लेर तर्नलाई गाह्रो हुन्थ्यो भने पाखो बाटोबाट हिड्दा एक त समय बढी लाग्ने त्यसमाथि चिप्लने खतरा उत्तिकै । त्यसैले पानी आएमा यात्रा रोक्नै पर्ने हुन्थ्यो । पानी नपरोस भन्ने कामना गर्दै सुतियो ।
बिहान पाँच बजे लोथर भेट्ने बाँचा शिक्षकसँग गरिएको थियो । त्यसैले भरतपुरबाट हामी तीनजना एका बिहानै लाग्यौं लोथर तर्फ । तर तोकिएकोभन्दा एक घण्टा ढिलो पुगियो । कुनै क्षण नगुमाएर सुरु भयो यात्रा । झण्डै आठ घण्टा लगातार हिड्दा लोथर खोलोको जँघार सयय पटक त तरियो होला । किनारै किनारको हिडाइ आठ घण्टापछि टुंिगयो । अनि सुरु भयो चढाइ । हाम्रो कामना लागे जस्तो भयो । बादल डम्म भए पनि पानी परेन । सितल भयो बाटो काट्न सजिलो भयो । उकालो चढ्ने चढ्ने बेलामा स्यार्र पानी आयो । एउटा घरमा ओत लागेर लेकाली हरिया मकइ पोलेर खाँदै भोक मेटाइयो ।
उकालो बाटो साह्रै गाह्रो । न जंजगल न खेत । पाखेमा रोपिएका मकैको बोट छिचोल्दै बाटोको धस्रो आफैले कोर्नु पर्ने । शिक्षक थपलियाले चिनेको एउटा चेपाङको केही राम्रो घर अयो । मकै भुटेर खान दिए । चाका सहितको महमा मुछेर मकै चपाइयो । चिया आयो आधा माना । सवै खाँदा पेट डम्म भयो । च्याउ काण्डले चिन्तित रहिछन् त्इाे घरकी चेपाङ दिदी । कान्दा पुग्ने भनेपछि उनले हाम्री प्रति झनै चासो राखिन् । विदा भएर हिडेपछि केही परसम्म छाड्न आइन् । त्यसपछि कुहिरो लागेको लेकाली भिर तर्फको चढाइ सुरु भयो । अव यता जुकाले सताउछ भन्ने सुनेपछि मनमा एक प्रकारको सिकसिको लाग्यो । महसँग मकै मुछेर खाएर हिडेको आधि घण्टापछि बाटोमा जुकाको आक्रमण सुरु भयो । डेढ घण्टा हिड्न पाएको थिएन होला पानी पनि बसर्िन लाग्यो । छाता ओढेर हिड्न सक्ने अवस्था थिएन । त्यसैले नहिडि बस्यौ जुकाको जंगलमा । तर बर्बादै होला भनेर सोचेको त्यो अनुसार जुका सकि्रय भएनन् । पानी मन्थर भएपछि फेरि यात्रा तय भयो । हामी रहेछौं लोथरको लाफकाइ लेकमा ।
त्यहाँबाट हिडेको पाँच मिनेट नहुँदै फेरि पानी दर्कियो । बाटोको आडैमा एउटा छाप्रो फेला पर् यो । पाली छाउनलाई डाडा भाटा बाँधेर ठिक्क मात्रै पारेको सानो सानो बुकुरो भित्र सात प्राणी रहेछन् । एउटा २० दिनको शिशु थियो आमाको काखमा । पाँच लाला बाला अगेना वरपर लुटपुटिएका थिए । २० दिनकी सुत्केरीको कम्मरमुनि च्यातिएको मैलो पेटिकोट मात्रै थियो । कम्मर माथि चोलो ब्लाउज केही थिएन । मैलो धोती यसो ओढेर झरिको सिरेठो छल्ने प्रयास उनले गर्दै थिइन् । उनले त नौ छोरा जन्माइ सकिछन् । जस मध्ये एकको निधन भएछ । अरु हुर्केका त छन् तर लत्ता कपडा खाना र शिक्षा सवैबाट निकै टाढा छन् बिचराहरु ।
पानी थामिएपछि त्यहाँबाट हिड्यो । तर त्इाे घरको दृश्यले मन निकै कुड्याइ रहयो । यो साच्चिकै दृश्य हो या रंगमंचको भन्ने दुविधा लाग्यो । चितवनमै देखियो जंगली युगको जीवन शैली । त्यहाँबाट कान्दा गाउँ टाढा छैन भन्ने सुन्दा मन फुरुङ भयो । तर बाटो केही ओरालो ओरालो । पानी परेकाले चिप्लो पनि । तर अघिकोभन्दा सजिलो थियो । सजिलो भएर के गर्नु चिप्लो भएपछि लड्नै पर्दे रहेछ । कान्दाको स्कुल पुग्दा सवा सात भयो । बिहान सवा छ बजे हिड्न सुरु गरेको १३ घण्टामा स्कुल छिरियो । थकाइले चुर भएकाले खाना खाएर घुम्लुक्क सुतियो ।
एका बिहानै उठेर स्कुलदेखि केही तल रहेको च्याउले विनास गरेकॊ घर तर्फ लागियो । हिजो हिडेकोभन्द्या सयौ गुणा सजिलो थियो बाटो तर किन हो पाइला चाल्यो कि चिप्लन थालियो । प्रीतमाको थेगो नै बन्यो सजिलो बाटोमा चिप्लने मान्छे ।ु जेठ १४ गते साँझको छाकमा च्याउ खाएर परिवारै गुमेको बाबुराम चेपाङको घरभन्दा केही माथि चिप्लेर सिस्नो घारीमा परेपछि मेरो ज्यान साह्रै असक्त भयो । तर त्योभन्दा सयांैं हज्ज्ारौं गुना चोट बाबुरामकी जेठी श्रीमतीको मनमा थियो । धेरै पहिले बाबुरामबाट छुट्टिएर छोरोसँगै बसेकी उनी च्याउको भोजनबाट त छुटिन् तर परिवारैको बिछोडले निकै विछप्त बनेकी रहिछन् । कम्मरमाथि लुगाको धजो पनि नलगाएकी उनी कुराकानी गर्दा धेरै पटक सुइय सुइय गर्दिन् ।
उनको घरभन्दा केही तल थियो अठजना गुमाएर सुनसान भएको बाबुरामको घर । खान भनेर ल्याएर डोकोमा राखेको गिठ्ठा उम्रेर लहरा बाहिरै निस्केको छ । पिढी भत्किन थालेको छ । गोठमा गाई सुगुर पनि भोकै देखिन्छन तर किन हो उनीहरु चुपचाप छन् । बाबाुरामले बुनेका डोकाहरु गोठमा त्यसै असरल्ल छन् । पिढी अगाडी बसेर शिक्षक बालकृष्ण थपलियाले च्याउ खाएर विरामी हुँदा को कहाँ के गर्दे थियो भन्ने बेलि विस्तार लगाए । सुगुरको दिसा कुकुरको दिसा समेत विरामीलाई ख्व्ाउन थालेपछि उनले जोड गरेर विरामीलाई भरतपुर दौडाएछन् । तर कोही नबचेको पिडाले शिक्षकको मन पनि खिन्न देखिन्थ्यो ।
सवै कुरा बुझेर सुकल आउँदा १० बजेको थियो । मेरो टाउँको भने निकै दुख्न थाल्यो । झोलामा भएको औषधि खाएर एक घण्टा सुत्दा एकल जी र प्रीतमाले च्याउका बारेमा गाउँलेसँगै धेरै कुरा बुझेछन् म छुटे । एक घण्टापछि उठ्दा शरीर हलुको भएछ । भात खाएर जानेकी नजाने भन्ने दोमन थियो तर जानेनै निधो भयो । लोथर खोलाबाटभन्दा अर्को बाटो गए आज पुग्ने सम्भावना रहन्छ भनेपछि जाने नै भर्यौ हामी । साथमा कान्देश्वरीका अर्का शिक्षक आउने भए । हामी कोराक तर्फबाट फर्कने भयो कुई भिरको बाटो हुँदै । कुकुरलाई चेपाङ भाषामा कुही भनिन्छ । कुकुर पनि लडेर हराउने भएकाले त्यसलाई कुइ भिर भनिएको रहेछ । कुहीरोले डम्म छोविएकाले बाटोभन्दा केही देखिए । हामीसँग आएका शिक्षक भन्दै थिए कुहीरो नलागेको भए यो भिर देखेर त्इसै कहाली लाग्थ्यो । कुई भिर लगभग दुई घण्टा हिडेर काटियो । त्यसपछि आयो सजिलो बाटो । लगातार हिडेर राती नौ बजे वीरेन्द्रनगर आइयो । त्यसपछि गाडी चढेर घर आउँद्या १० बजेको थियो ।
दुई दिन गरेर २० घण्टाको जब्बर हिडाइ हिड्यौं हामी । कान्दाको त्यो विपत भोगेको घरको दौलो छुन कोही पुगेको रहेनछ । प्रहरी पनि बाबुरामको घर नगएर बैशाखसम्म उनकी जेठी श्रीमती बस्ने गरेको बेसीको घरबाटै मुचुल्का गरेर फर्केछ । जुन घर बाबुरामको भन्दा डेढ घण्टा टाढा पर्दो रहेछ । सजिलो बाटोमा चिप्लदै र अप्ठ्यारोमा जोगिदै कान्दा पुगेर आइयो । विकटमा विपद आइलागे केसम्म हदो रहेछ त्यो लेखिसाध्ये छैन ।

No comments:
Post a Comment