हिजोको दिन चितवन राष्ट्रिय निकुंजको मुख्यालय कसरामा वित्यो । बिहान चिया मात्रै पिएर त्यता लागेको खाना खाँदा दिउँसोको तीन बजेको थियो । पानीको पनि संकट भएको त्यस ठाउँमा खानाअघि एक पटक रातो चिया भने पिएको हो । बिहान हामी मुख्यालय पुग्दा एक टोली काममा जुटिसकेको थियो । त्यो टोली लगातार काममै रहेकाकाले खानालाई अबेला भएको हो । कोही धम्मरधुस तरिकाले काममा थिए । उनीहरु पनि भोकै नै थिए । त्यसैले खानालाई अबेला भयो भन्ने विषयमा कुनै गुनासो भने छैन ।कसरामा रहेका गैंडाको खाग खुर बाघ र चितुवाको छाला हड्डि र हात्तीको दाह्राहरुको हालत बुझ्न हिजो काठमाडौंबाट टोली आएको थियो । अखेटोपहार भनिनने यी अंगहरुको हालत निकै खराव रहेछ । कसरामा वि.स.२०५४ सालदेखि अखेटोपहार राख्न थालिएको रहेछ । निकुंजले जनावार मरेमा अंग झिक्ने गर्छ भने तस्कारहरुबाट बरामद भएका त्यस्ता अंगहरु पनि संकलन गर्दो रहेछ । झण्डै १३ वर्षदेखि त्यहाँ राखिएका त्यस्ता अंगहरुबाट कस्तो गन्ध आएका होला एक पटक कल्पना गरौं ।
खाग पनि नराम्ररी बिग्रेको रहेछ । तर त्यसबाट गन्ध त्यत्ति आएको पाइएन । बाघ र चितुवको छालाको हस्को भने साह्रै नराम्रो । सवैभन्दा खत्तम अवस्थामा गैंडाको खुर रहेछन् । किराले खाएर खुरको स्वरुप चिन्नै नसकिने । गन्ध पनि नाकमा आएर ठोक्किदा आँखाबाट आँशु झर्न थाल्ने टियर ग्याँस परे जजसरी । चितवन राष्ट्रिय निकुंजका प्रमुख संरक्षण अधिकृत रहिसकेको राष्ट्रिय निकुंज तथा वन्यजन्तु संरक्षण विभागका उपमहा निर्देशक मेघबहादुर पाण्डेले ठट्टा गर्दै भने 'ए रमेश एकदुईवटा झोलामा हाल ।" मैले भने 'अलि पर पुगेपछि समात्ने अनि खुर सहित पत्रकार पत्रकाउ परे भनेर प्रचार गर्ने विचार आए जस्तो छ ।" उनले हास्दै भने 'ति तपसिलका कुरा हुन् ।"
गन्धमा घण्टौ बिताएपछि खाना खाने तरखर सुरु भयो । कसरा ब्यारेकमा खानाको राम्रै प्रवन्ध थियो । पत्रकारहरुसँग निकुंजका अधिकारीले गरेको ख्याल ठट्टा खानाको मेसमा भने चर्को असहमतिको रुपमा प्रकट भयो । पाण्डेको बारेमा केही खवरहरु राष्ट्रिय पत्रिकामा राष्ट्रिय पत्रकारहरुले नै लेखेका रहेछन् । पाण्डेले आफ्नै पारामा केही झर्के जस्तो गरेर भने 'यार तपाइँहरु जे पायो त्यही लेखिदिने ।" पाण्डेले त्यत्ति बोलि नसक्दा व्यारेकका कर्णेलले सोधे 'तपाइँहरुको कोण् अफ कण्डक छैन । त्योभन्दा बाहिर गए लाइसेन्स खोसिदैन"
कर्णेलको जिज्ञांसा प्रकट भएपछि अरु अधिकारीहरु पनि हौसिए पत्रकारहरुको गलत आचरणको टिका टिप्पणी गर्न । ति अधिकारीहरुले त्यस्ता कुरालाई पत्रकारिता भित्रका समस्या र कमजोरीभन्दा पनि प्रवृत्तिकै रुपमा बुझेको उनीहरुका कुराकानीले देखाउथ्यो । पत्रकार भनेको बिगार मात्रै गर्ने हुन् भने जसरी उनीहरु खनिए पत्रकारमाथि । डा.शान्तराज ज्ञवालीले भने 'नचाहिदो कुरा मात्रै गर्छन् पत्रकारसाथीहरु । हामीले संरक्षणसँग जोडिएको गम्भीर कुरा राखे पनि बिगारेर आउन थाल्यो । त्यसैले बोल्नै डर लाग्दछ ।" श्याम बजिमयले थपे 'नराम्रो कुराका लागि मात्रै होइन राम्रै कुरा राख्न पनि पत्रकारहरुले मलाई नसोधी उहाँले भनेको भनेर लेखे । यस्तो तरिका त भएन साथी ।" पत्रकारहरुको गन्ध कति धेरै मन नपरेको रहेछ । सवै त्यहाँ प्रकट भयो । सवै गतिविधिहरु काठमाडौंका वातावरण विट रिपोर्टहरुले गरेको रिपोर्टिङमै आधारित भएर हामीसँग आक्रोश प्रकट भएको थियो । उतै सुनाउनु न त्यो कुरा । अवसर दिन पर् यो भने उताकालाई अंगाल्ने रिस पोख्न पर् यो भने यताकालाई समात्ने । अखेटोपहारको गन्धसँग मज्जाले जुधेर काम गरेका अधिकारीहरुलाई पत्रकारको गन्ध भने साह्रै नै नमिठो रहेछ ।
सवै कुराको प्रतिवाद हामीले नगरेको होइन । तर उनीहरुले त्यसलाई कसरी लिए कुन्नि । यो विवादको राम्रैसँग मज्जा लिए एकीकृत नेकपा माओवादी का नेता यमबहादुर परियारले । पार्टीका सह इन्चार्ज मात्रै होइन उनी चितवन निकुंजको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष पनि हुन् । असहमति प्रकट गर्दा सार्वजनिक रुपमा पत्रिका नै जलाउने पार्टीका नेताले त्यो कुराकानीलाई कसरी लिए थाहा भएन । तै पनि उनले एक दुई पटक भनेको सुनियो 'एक पत्रकारहरुले गलत गरेका छन् भने त्यसैलाई पत्रकारिताको प्रवृत्ति नै हो भनेर बुझ्न भएन ।" यसमा चितवन निकुंजको प्रमुख संरक्षण अधिकृत नरेन्द्रमान प्रधानले पनि सहमति जनाए ।
No comments:
Post a Comment