Wednesday, June 9, 2010

उपचार

नेपालमा नेता हुन खोज्नेको पहिलो योग्यता यो हो कि उसमा विरामी हुन सक्ने खुवी हुनै पर्छ त्यसपछि उपचारको कुरा आउँछ धेरै खालका गम्भीर रोगको उपचार अब नेपालमै सम्भव नेपालमा नभए स्तरीय उपचारका लागि अन्य विकसित देशहरु गए भै हाल्यो तर नेता बन्न चाहनेले यस्तो सोच्यो भने कुरा खत्तम नेपालको राजनीतिमा स्थापित हुन चाहने हो भने रोगको उपचार अन्यत्र गराउँनै हुँदैन सिधै भारत गयो सन्चो भयो आयो यसले रोग मात्रै होइन प्रतिद्वन्दि पनि पाखा लागेर हाइसन्चो बनाउँछ
राजाले सत्ता हातमा लिएका बेला हाम्रा धेरै नेताहरु बिरामी परे यहाँ आन्दोलन नउठेर दिक्दार भएका बेलामा नेताहरु बिरामी परेर उपचारका लागि धाउँदा हामी सर्वसाधरण चिन्तित थियौ देशै विरामी भएका बेला नेता थला पर्नु दुर्भाग्या भयो भनेर तर नेताहरुको उपचार राम्रैसँग भएको रहेछ १२ बुँदेको बुटीले त्यसपछि नेताहरु पनि तन्दुरुस्त यहाँ सुके नास लागेको आन्दोलनले पोषण पायो त्यसै बेलादेखि स्थापित भएको मान्यता हो नेता हुनलाई विरामी पर्न आवश्यक स्थापित हुनलाई उपचार भारतमा गराउन पर्छ
विरामी हाम्रा शुसिल कोइरला पनि छन् उनको जिब्रोमा क्यान्सर लागेको तर शुसिल नेता हुन निकै रहर गर्छन् तर उनलाई नेता मानिदिने कस्ले विचरा शुसिलले कुरै बुझेनन् रोग लागेपछि उपचारका लागि उनी भारत नपसेर अमेरिका हानिए त्यसैले शुसिलको नेता हुने रहर रहरमै सिमित होला जस्तो कता कता कृष्णप्रसाद भट्टराइको अवस्था पनि त्यस्तै हो जस्तो लाग्छ मलाई विचरा विरामी परे नेपालकै अस्पताल धाउछन् नेपालको राजनीतिमा अगाडी आउन खोजे सधै बल्ड्याङ खान्छन्
एमालेका नेता केपी ओली पनि बेला बेलामा बिरामी पर्छन् उनले उपचारका लागि प्राथमिकता भारतकै अस्पताललाई दिने गरेका छन् सधै भरी सत्तो सराप गरे पनि गणतन्त्र दिवसका दिन एकीकृत माओवादीका सुपि्रमो पुष्पकमल दाहाल प्रचण्डले उनाई गल्र्याम्म अंगालो हाले भारतलाई विस्तारवादी भनेर २४ सै घण्टा गाली गर्ने माओवादी सुपि्रमो प्रचण्ड प्रधानमन्त्री भएका बेलामा भारत भ्रमण जाँदा त्यहाँका प्रधानमन्त्री मनमोहन िसंहको इच्छा नभए पनि गल्र्याम्म अंगालो हालेको अडमिल्दो दृश्य हामीले हेरेका थियौं भारतमा उपचार गराएको प्रभावले ओलीले पनि प्रचण्डबाट त्यस्तै सदासयता पाए
विद्यादेवि भण्डारीलाई लागेको रोग आमसर्वसाधरण नेपालीलाई लागेको भए उसको मृत्यु धेरैअघि भइसकेको हुने थियो उनी नेता परिन त्यसैले बाँची रहेकी छन् सत्ताको खेलमा बलियोसँग टाँसिएकी पनि छन् किन भने उनी भारतमा उपचार गराउछिन् जसले गर्दा प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि उनी टेरदिनन् प्रधानमन्त्री कै खिलाफमा बोल्छिन् तर पनि सत्तामा छन् गृहमन्त्रीको कार्यशैली प्रति असहमत भएर सार्वजनिक अभिव्यक्ति दिदा सो मन्त्रालयका राज्यमन्त्री रिजवान अन्सारीले पदबाटै हात धुनु पर्यो रिजवान हट्ठाकठ्ठा थिए विरामी नभएकाले उपचारका लागि धाउने कुरै थिएन जुन उनको लागि पदमा बस्न नसुहाउने योग्याता बन्यो नेपालको राजनैतिक बिडम्बना यही हो
बिरामी नेताहरुले भारतले दिएको ओखती खाएर यो बिग्रन लागेको देशमा सुधार गर्लान भनेर आशा राख्ने हामी नेपाली झनै ठुला विरामी हौं यो व्यथाको उपचार यही सम्भव अरु केही गर्नु पर्दैन सवै मिलेर एकअर्काको मार्का बुझ्ने गरियो भने सामाजिक एकता कायम हुन्छ यो एकता नै नेपाल विग्रन नदिने बहुमुल्य बुटी हो

No comments:

Post a Comment