जन्मेको नौ महिना नहुँदै सन्सरबहादुर चेपाङले धेरै कुरा गुमाए । संसारबहादुरको नाममा उनले फेरि थुप्रै कुरा पाउँदै पनि छन् । चितवनको सदरमुकाम भरतपुरबाट निकै टाढाको पहाडी वस्ती लोथर गाविसको वडा नं। ९ कान्दामा उनको जन्म भएको हो । उनी जन्मेको घरमा अहिले ताला लागेको छ । घरका नौजना मध्ये आठजना मरेर गए । बाँचेका बालक सन्सरबाहादुरको विजोग हुने खतरा थियो तर उनले भरतपुरको एसओएस बाल ग्राममा आश्रय पाएका छन् ।
सात वर्षअघि भरतपुरमा खुलेको एसओएस बालग्राममा १४ वटा घरहरु छन् । जहाँ सन्सरबहादुर सहित १४० जना बस्दछन् । उमेरका हिसावले संसरबहादुर भने सवैभन्दा साना हुन् । भरतपुरदेखि एक घण्टा बसमा पूर्व गएपछि पूर्वपश्चिम राजमार्गको आडैमा रहेको लोथर बजार आउँछ । त्यहाँबाट लगातार १२ घण्टा पैदल हिडेपछि सन्सरबहादुर जन्मेको कान्दा गाउँ पुगिन्छ । बाटो अपुठेरो र भिरालो छ । गाउँमा छरिएर रहेका ३८ वटा घर छन् । सवै घर चेपाङका हुन् । चेपाङ नेपालका अल्पसंख्यक आदिवासी हुन् । उनीहरु धेरै गरिव छन् ।
सन्सरबहादुरका ५६ वर्षीय हजुर बुबा बाबुराम चेपाङले जेठ १४ गते जंगलबाट च्याउ खोजेर ल्याए । त्यो च्याउ पकाएर मकैको भातसँग ठुला मान्छे सवैले खाए । सन्सरले आमाको दुध मात्रै चुस्ने भएकाले च्याउसँग भात खाएनन् । च्याउ खाएकाहरु बिरामी पर्न थाले । सवैभन्दा पहिले सन्सरकी सानी दिदीको ज्यान गयो । त्यसपछि हजुर आमा र बाजे बाबुरामको पनि मृत्यु भयो । गाउँमा तीनजनाको ज्यान गएपछि च्याउ खाएका सवैलाई भरतपुर ल्याइयो ।
कान्दाबाट विरामी ल्याएर आउन झण्डै २४ घण्टा अर्थात एक दिन लाग्यो । भरतपुर अस्पतालमा ल्याएर उपचार गरे पनि कोही बाँचेनन् । सन्सरकी जेठी दिदीआमा बुबा काका काकी सवैको अस्पतालमा निधन भयो । जेठ २२ गतेदेखि सन्सरबहादुर एक्लै भए । गाउँमा हजुर बुबाको जेठी श्रीमती र उनका १५ वर्षीय छोरा थिए । उनीहरु बाहेक आपुनो भन्ने सवै गुमाए सन्सरबहादुरले । आमासँगै अस्पताल आइपुगेका सन्सरलाई सवैको मृत्यु भएपछि काख लिने पनि कोही आफन्त भएन अस्पतालमा । माया गरेर धेरैले उनलाई समात्ने खेलाउने भने गरे । एक हप्ता यसरी अस्पताल बसेपछि जेठ ३० गतेबाट उनी एसओएस पुगेका हुन् ।
एसओएसमा उनी बराही नामको घरमा बस्छन् । सो घर कान्ति नेपालीले सम्हालेकी छन् । सन्सर सहित त्यो घरमा बस्ने ११ जना भएका छन् । एसओएसमा आएपछि संन्सरबहादुरको नाम संसारबहादुर भएको छ । संसार अहिले कान्तिको काखमा रमाइरहेकाछन् । कान्ति पनि दुई वर्ष हुँदा सन्सरबहादुर जस्तै गरेर एसओएस आएकी हुन् रे । उनी हुर्के बढेको नै एसओएसमा हो । त्यसैले संसारलाई उनले संसारका सवै खुसी दिएर हुर्काउने अभिलाशा बोकॆकी छन् । पहाडी गाउँको चेपाङ सानै उमेरमा टुहुरो भए पनि फराकिलो संसारमा फैलने सुखद संयोग जुेरेको छ ।
एसओएसमा हुर्काउने मात्रै होइन पढाउने र उसलाई आत्म निर्भर बनाउनेसम्मका काम हुन्छ । नस्ररीदेखि स्नातकोत्तरसम्म पढाउने र खुट्टामा उभिनसक्ने बनाउने दायित्व अव आफ्नो भएको एसओएस भरतपुरका निर्देशक भोलानाथ पौडेलले बताए । जन्म दिनेको काख गुमाएका नौ महिने चेपाङ बालकले अव कान्तिको काख र फराकिलो संसार पाएका छन् ।

No comments:
Post a Comment