Sunday, July 11, 2010

मन त उतै

साथै हिडे पनि सवै ठाउँमा सँगै लान नसकिदो रहेछ । सँगै नभएपछि गुमाउनु पर्ने डरले मन थिरमा रहदो रहेनछ । केही साथीहरुले गुमाइ सकेकाले अचेल म बढी सजग हुन परेको छ । घरसम्म सँगै भए पनि ढोका भित्र लैजान नमिल्ने भएकाले बाटामा छाडेर हिड्नु पर्ने बाध्यता छ । बाटो भरोसा गर्न लायकको ठाउँ हुँदै होइन । त्यसैले त्यहाँ छाडेको चिज के भयो होला भन्ने चिन्ताले घर भित्र मलाई पनि चैइनसँग बस्न दिदैन । आफ्नै घरको सामुन्ने पाउँदा तुलनात्मक रुपमा मन धेरै ढुक्क हुन्छ । तर यस्तो सधै हुँदैन । कहिले कहाँ कहिले कहाँ भइन्छ । अनि आफु भित्र उ बाहिर । यस्तोमा आफ्नो शरीर मात्रै भित्र हुन्छ मन जति सवै बाहिर । त्यसलाई जहाँ छाडेर आएको हुँ बाहिर निस्कदा सोही ठाउँमा पाउने छु भन्नेमा ढुक्क नभएकाले यस्तो त हुने नै भयो । साथी सूर्यप्रकास कँडेलले यस्को समाधान खोजी सक्नु भएछ । उहाँ अब ढुक्क । त्यसैले यो समाधान गर्न त्यत्ति गाह्रो मान्नु पर्ने विषय पनि होइन । तर आज आज भोलि भोलि भन्दा भन्दै समाधानको साधन जुटाउन बेर भइरहेको छ । जति अबेला गर् यो गुमााउने खतरा बढ्दै जान्छ भन्नु हुन्छ सूर्य जी । लापरवाही नगर्नु होस है भन्ने सल्लाह हिजो जिल्ला जनस्वास्थ्य कार्यालयमा भॆट हुदा सूर्य जीबाट पाएको हो । तर साधान जुटाउने जाँगर अझै गरिएन । त्यत्ति महंगो होइन जम्मा पाँच सय रुपैयाँ पर्ने दाम्लो बाधेपछि धेरै ढुक्क हुने अनुभव राख्नु भयो सूर्य जीले । त्यो दाम्लो नभए के हुन्छ चिनेका दुई तीनजना साथीहरुको जे अवस्था अहिले छ मेरो पनि त्यस्तै हुने खतरा कायम रहन्छ । गुमाउने बेला आउँदा घर बाहिर भित्र जहाँ भए पनि गुम्दो रहेछ । त्यसैले कहिले काही घरमै भए पनि पिर चिन्ता बाहिर हुँदा जस्तो हुन्थ्यो घरमा हुँदा पनि उस्तै ।साथी दिपेन्द्र बडुवालले घर बाहिरबाट गुमाएका हुन् । दिनेशकुमार थपलियाले भित्रैबाट त्रिवेणी एफएमका साथीले कहाँबाट गुमाए त्यस्को भने हेक्का भएन । तर गुम्ने बेलामा घर भित्र बाहिर जहाँबाट पनि गुम्दो रहेछ । अचेल किन हो पत्रकारहरु नै बढी निसानामा परेकाले मन झनै आत्तिएको हो । धेरै थरीको निसानामा परेका पत्रकारहरु अचेल बाइक चोरको निसानमा पनि परेका छन् । त्यसैले सावधानी अपनाउन आवश्यक भएको हो । यहाँ नाम उल्लेख भएका मध्ये सूर्यजीले बाइक गुम्न नदिने दह्रो व्यवस्था गर्नु भएको छ भने नाम उल्लेख भएका अरु साथीले राम्रा राम्रा र दामी बाइक गुमाइ सक्नु भएको छ । बाइक जोगाउने दह्रो व्यवस्था गर्न नभ्याएका म जस्ता केहीको मन सधै धुक्चुक धुकचुक हुने गरेको छ । खाजा खान होटल भित्र पस्दा आँखाले देखिने ठाउँमा राखेर हिड्ने गरिन्छ । कार्यक्रमहरुमा छिद्रा देख्न मिल्ने ठाउँमा राख्न पाइएन भने कार्यक्रम नै बहिस्कार । लक छ ह्याण्डिल लक हुन्छ यति हुँदा पनि बाइकको पिर गर्नु पर्ने अवस्था छ । अब दाम्लो किनेर चक्कामा नकस्दासम्म ढुक्क हुने अवस्था छैन । गुडेर गयो बाइक बाहिर राख्यो आफु भित्र छिर् यो । शरीर भित्र छिरे पनि मन त बाइकमै ।

No comments:

Post a Comment