Sunday, July 18, 2010

यो झरीमा रुझीयो बेस्सरी

वर्षायाममा नरुझ्ने कमै हुन्छन् मानो खाएर मुरी उब्जाउने ध्याउन्नमा रहेका नेपालका किसानहरु झरीमा मज्जाले भिज्छन् किसानै किसानले भरीएको नेपालमा यो झरीमा रुझीयो बेस्सरी भनेर गफ गरिहाल्नु पर्छ जस्तो लाग्दैन नयाँ नौलो काम पो गफको विषय बन्छ किसानको छोरो भएर रुझेको विषयमा कुरा गर्न थाल्नु अनावश्यक पनि हो तर पनि यो वर्षाको एउटा रुझाइ यहाँ राख्नै पर्ला जस्तो लागेर केही लेख्ने जमर्को गर्दै छु
कुरा सुखद भने होइन अस्ती असार ३० गते बिहानै हेटौंडा गइयो नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष कृष्ण गिरीले जाउँ भनेपछि त्यहाँ भएको राष्ट्रियता सम्बन्धि बहसमा भाग लिइयो राष्ट्रियताका बारेमा सीके लाल खगेन्द्र संग्रौलाले तानेको बहसको रेखालाई सहभागिहरुले चाक्लो बनाउने मेसो गर्दा कार्यक्रम लम्बियो दिउँसो दुई बजे सकिने भनेको कार्यक्रम चार बजे बल्ल बिस्रजन भयो
हिड्न लाग्दा हामील्ाई हेटौंडा ल्याउने अगुवा कृष्ण गिरी देखापरेनन् कता गए छन् भनेर सोधी खोजी गर्दा उनी दुई बजे नै हेटौडाबाट हिडेको मानवअधिकारकर्मी मुकुन्द दहालले बताए खै विषेश काम आइलाग्यो भनेर हिड्नु भएको हो भन्ने मुकुन्द जीको जवाफ आएपछि के किन भनेर बढी निधीखुदी गर्ने काम भएन कृष्ण जी गएको हो भन्ने थाहा पाएपछि बाँकी रहेकाहरु भेला भएर खुरुक्क हिडियो घर पुग्ने हतारोमा थिए सवै
भरतपुर आएपछि गाडीबाट नझर्दै एउटा फोन आयो जस्ले कृष्ण जी हतारिएर दौड्नुको कारण संकेत गर्यो घर आइपुग्दा आएको अर्को फोनले कृष्ण जी हतारिएर किन हिड्नु परेको हो प्रष्ट गर्यो कृष्ण जीको बुबाको निधन भएको खवर पछिल्लो फोनबाट थाहा भयो यो खवर थाहा पाउदा झण्डै सात बजेको थियो दाहसंस्कारका लागि सवै देवघाट पुगेको जानकारी पनि पाइयो उता जाने होला नी भनेर रामबाबु सुवेदीको फोन आयो जाने भन्ने निधो मैले दिए
ठिक्क जान लागेको पानी वर्ष सुरु भयो हाफ पाइन्ट टि सर्टमाथि रेन कोर्ट लगाएकाले पानीले नरुझाउला भनेर वाइकमा हिडियो देवघाट तर्फ रामबाबुलाई भेट्न चितवन पोष्ट दैनिकको कार्यालय नजिक पुग्दा पानी झनै दर्कियो पानी आए पनि चाडै जाउँ भन्दै दुवै हिडियो छुट्टा छुट्टै वाइकमा सहिद चोक नकाट्दै पानी पर्ने क्रम निकै तेज भयो मोटरसाइकलको हेडलाइटले नछिचोल्ने अध्यारोले घेर्न थाल्यो नगरपालिकाले गरेको वर्षे विकासले सडक सडक नभएर आहाल बनेको थियो बेला बेलामा वाइक त्यही आहालमा चोबलिन पुग्दथ्यो पोखरा बसपार्क नजिक पुग्दा पानी अति नै दर्कियो आहालको संख्या पनि त्यता अत्याधिक रहेछ निकै जोगिदा पनि दुईवटा खाल्डोमा परेर झण्डै पछारिएको
वाइक एक नम्वर गिएरमा धेरै पानी पर्यो भने बुढा पाकाहरु आरीबाट खनाए जसरी पानी आयो भन्थे त्यस्तै तरिकाले वर्षियो आकास त्यो साँझ सडक खोला जस्ता भए जव वाइक देवघाट तर्फ मोडियो पानीको चुटाइ माथि जंगलको एकान्तमा देखा पर्ने अनेक थरि चित्र विचित्रका छाँयाको सन्त्रास थपियो रुखमा टाँगिएका संकेत बोर्डहरु वाइकको हेडलाईट परेर टल्कदा मान्छे या जंगली जनावरको झल्को दिन्थे ती बोर्डहरु भूत पिचास जस्ता लाग्थे तीन किलो मिटर लामो त्यो जंगलमा लुटपाटका घटनाहरु पनि बेलाबेलामा हुने गर्दथे लुटेराहरु नै हुन कि भनेर डर मान्नु पर्ने पनि भएको थियो देवघाटको बाटोमा खोल्साहरु पनि छन् पिच पार गर्दै त्यो खाल्सामा पानी अटेस मटेस गरेर बगेको थियो त्यहाँबाट वाइक पार लगाउनु अर्को सकस थियो घरबाट हिडेको झण्डै पौने घण्टामा बल्ल पुगियो देवघाट
यो सव हुँदा रेनकोर्टले पानी छेक्न सकेकै थिएन शरिरको सवै भाग निर्थुक्क भिजेको थियो देवघाटको नदी छेउमा बनाएको चितामाथि कृष्ण जीको बुवाको शव थिएन पानीले दाहसंस्कार कार्यमा पनि बाधा दिएको रहेछ रोपाइ गर्न छाडेपछि पानीमा भिज्ने कुरा छुट्दै आएको थियो पानी दर्केका बेलामा कोठामा बसेर झ्यालबाट बाहिर हेरेर आनन्द लिन थालिएको थियो झण्डै आठ १० वर्ष यता झरीले नछोएको ज्यान यस पटक भने जोगिएन

1 comment: