चितवनमा अचेल बाइक चढ्नेहरु अचाक्लि बढेका छन् । सडक छोपिने गरेर दौडन्छन् बाइक । आवश्यक भएका नभएका सवै कुद्को पाइन्छ बाइकमा । बाइक मात्रै बढेको होइन बाइक चोरी पनि फष्टाएको छ चितवनमा । असारको १९ गतेदेखि पाँच दिनको बीचमा चितवनका तीनजना पत्रकारको बोइक चोरी भयो । असार महिनामा उनीहरु कसैको उजुरी चितवनको जिल्ला प्रहरीमा परेको रहेनछ । उजुरी परेकै कुरालाई आधार मान्ने हो भने पनि असार महिनामा नौवटा बाइक चोरले लगेको रहेछ ।
चोरहरु भरतपुर नगरपालिका क्षेत्रमा बढी पल्केका रहेछन् । हराएका ६६ मध्ये १४ वटा बाइक मात्रै भरतपुर नगरपालिकाभन्दा बाहिरबाट चोरी भएका रहेछन् । नगरपालिकाको वडा नंं १० बाटै मात्रै १८ वटा बाइक चोरले उछिट्याएको रहेछ । यहाँ चोरी भएका बाइक तत्काले हेटौंडा बीरगाज या बुटबव पुग्छन् रे । त्यसैले सजिलोको लागि पनि चोरहरु नगरक्षेत्रमै केन्द्रि्रत भएको प्रहरीको ठम्मयाइ छ । उताका मान्छेले चितवनका मान्छेलाई कारिन्दा बनाएर चोर्न पठाउने र चोरलाई केही पैसा दिएर बाइक बेचेर धन आफुले कुम्ल्याउने गरेको प्रहरीले जनाएको छ । तर हराएको उजुरी लिने प्रहरीले चोर भने कमै समातेको छ । वाइक पनि अपवादको रुप्मा मात्रै फेला पारेको छ ।
समातिए पनि चोर एक महिना मात्रै जेल बस्नु पर्छ रे । अनि मोटरसाइकल फेला परेमा त्यसैको मुल्य बराबरको जरिवाना मात्रै तिरेर पुग्दो रहेछ । चोरहरुलाई हौसला कानुनको यो कमजोरीबाट मिलेको रहेछ । अनि किन नमौलाओस त मोटरसाइकल चोरीका घटना । मान्छे मारेर कारवाही भोग्न नपर्ने देशमा एक महिना जेल बसे पुग्ने मोटर साइकल चोर्न को उद्दत नहोस त । त्यसैले धमाधम वाइक किन्न कस्सिएकाहरुले यो कुरालाई पनि ख्याल गर्न आवश्इक भएको छ । मोटरसाइकल नहराओस भन्नका लागि धनीको सजगता नै चाहिदो रहेछ ।
बजाजको पल्सर वाइक आतंकले सहर हैरान छ । चोरले पनि पल्सरलाई नै पहिलो निसानामा राख्ने गरेको छ । हराएका मध्ये झण्डै एक चौथाइ पल्सर बाइक नै छन् । चोरलाई बजार नै सजिलो लाग्दो रहेछ क्याहो पल्सरपछि चोरीनेमा बजाजकै अरु ब्राण्डहरुको बोलाबाल छ । चोरेको बिगबिगि थामिने छाट भने छैन । सरकारी कार्यालको हाता भित्रबाट बाइक बोकेर चोर दौडेको छ । घरको दौलोबाट छिरेर ह्याण्डिल लक गरेर बाइक कुदाउन पनि भ्याएकै छ चोरले । कति आँटीला र फुर्तिला छन् चोरहरु । अनि प्रहरी निदाएको कुम्भकर्णभन्दा पनि झुर छ चोर समात्ने मामलामा । त्यसैले गाह्रो छ बाइक बचाउन ।

No comments:
Post a Comment