मैले उसलाई आवार केटाको रुपमा चिन्दै आएको थिए । गुण्डागर्दी गर्ने लफडा झिक्ने आवारा केटो थियो उ । दोस्रो जनआन्दोलन सफल भएपछि माओवादी खुला राज्नीतिमा आयो । उसको अरु चालचलन उस्तै थियो तर टाउकोमा लगाउने टोपी केही परिवर्तन गर् यो । क्यापको अघिल्लो भागमा रातो रंगको सानो हसिया हथौडाको चिन्ह राख्न थाल्यो उसले । क्रान्तिकारी युवक चे ग्वेभाराको चित्र अंकित टिसर्ट लगाएरु वाइक हुइक्याउथ्यो उ ।
व्यहॊरा उही भए पनि पोशाकमा उ पक्का कमरेड देखिन थाल्यो । माओवादीहरु सार र रुपको कुरा धेरै गर्छन् । रुप भनेको देखावटी आवरण मात्रै हो भनॆ सार भनेका भित्रि यथार्थ । यो हिसावले उ सारमा त गुण्डा नै थियो तर रुपमा क्रान्तिकारी कामरेड भइसकेको थियो । म माओवादी हुँ भनेपछि सारमा जे सुकै भए पनि उ क्रान्तिकारी नै ठहरिन्छ । रुप र सारको धेरै वकालत गर्ने माओवादी आफुलाई पर्दा यस्ता कुरा आँखा चिम्लन्छ ।
यसलाई मैले प्राय बजारका चोक र टिकट काउण्टरहरुमा देख्ने गर्दथे । एक दिन फरक ठाउँमा पनि फेला पारे । पहिला त उ त्यही हो अरु नै हो ठम्याउन अलि गाह्रो पर् यो मलाई । पहिलाकोभन्दा केही दुब्लाएको रहेछ उ । शरीरको ख्याल पनि त्यत्ति नगरेको । काट्ने बेला भएको कपाल नकाटेको मात्रै होइन कोर्न पनि छाडको थियो उसले । उसको फोटो हेरेर भाइले पनि चिनेपछि मेरो मनमा खेलेको दुविधा अन्त्य भएको थियो ।
उसलाई मैले टेण्डर रोक्ने भिडको अघिल्लो पंक्तिमा उभिएको बेलामा भेटेको हुँ । करोडौंको एउटा आयोजनाका लागि कामरेडहरुले मनपराएका बाहेक अरुलाई टेण्डर हाल्न नदिने योजना कार्यन्वन गराउनु उसको दायित्व थियो । यो जिम्मेवारी पुरा गर्न अरु टेण्डर बालाहरुलाई रोक्नका लागि अग्रभागमा बसेको हुनाले क्यामरामा उ धेरै पटक कैद भयो । यो कुरा सायद उसलाई मन परेको थिएन । नजिकै आएर मोवाइल झिकेर केही झोक्किदै यसले भन्यो कत्ति मेरो मात्रै फोटो खिचेको । मेरो मात्रै किन खिच्छस तेरो पनि खिचेर राख्छु । उ केही रिसाए जस्तो गरेर मोवाइल म तर्फ देखाएर फोटो खिच्यो पनि । अनि पत्रकारका विषयमा केही नकारात्मक टिप्पणी गर् यो ।
यसका कुराको केही पर्वा नगरेर आफ्नै काममा मात्रै लागि राखेको थिए म । कुनै बेला डरलाग्दो गरेर हेथ्र्यो म तर्फ । तै पनि मेरो कुनै प्रतिकि्रया हुदैन थियो । मलाई नजिकै पाएका बेलामा यसले अनुरोधको शैलीमा भन्यो दाइ जे जस्तो भए पनि मेरो फोटो नछापिदिनु होला । मैले ल हेरौला मात्रै भने । मसँगै रहेकी पत्रकार प्रतिमा सिलवालले उ प्रति अलि बढी नै चासो राखिन । उसको परिचय समेत मागिन । उसले माओवादीको दर्ता वाला छापामार समेत भएको खुलासा प्रतिमासँग गर् यो । अह्राएको काममा आएको हुनाले फोटो छापेर अफ्ठेरोमा नपारिदिनु होला भन्ने आग्रह उसले दोहर् यायो ।
हुन सक्छ उसले अनरोध नै गरेको हो यो धम्कि पनि दिदै छ । तर शैली भने नम्र नै थियो । मलाई उ छापामार हो भन्नेमा विश्वसा लागेन । तर शैली हेर्दा हुन पनि सक्छ जस्तो लाग्यो । एउटा पुर्ण आवार केटाले आफुलाई जे मन लाग्यो त्यही गर्दथ्यो हिड्थ्यो । तर छापामार भएपछि केही नकेही अनुशासनमा बस्नै पर्छ । अनुशासनले अलिकति भए पनि नम्रता मान्छेमा भर्छ । सारमा नभए पनि रुपमा उसमा नम्रता झल्कि रहेको थियो । त्यसैले मनमा यो छापामार हुन पनि सक्छ भन्ने छाप पर् यो ।
विशुद्ध आवारा ठानिरहेको एउटा युवकले आफुलाई छापामार बताइ रहेको थियो । छापामार नै भए पनि उ आवार गुण्डाहरुले गर्ने टेण्डर रोक्ने काममा अग्रसर थियो । यो कस्तो राजनीति । देशका लागि कस्तो विडम्बना ।

kalam ta mitho chalaunubhayo, tara tyo gunda ko nam chhutaunubhayo ki anaawoskyak rup ma pratimajee ko nam jodnubhayo maile thammauna sakina
ReplyDelete