Saturday, July 24, 2010

मान्छेले के पो गर्न सक्छ र

मान्छेले धेरै गर्न सक्छ भनिन्छ तर खै गर्न सकेको नेपाली सभासद्हरुले दुई वर्षमा संविधान लेख्न सकेनन् अब गर्छौ भनेर लागेका हुन तर सोचे अनुसार गर्नै सकेका छैनन् सामान्य झाडा पखला लाग्दा जोगाउन बचाउन नसकिने देशमा नेताले पनि केही गर्न नसक्दा रहेछन् फेरि अनौठो के भने आफुलाई सामान्इ ज्वरो आएमा विदेश गएर उपचार गराउन भने सक्छन् नेपालका नेताहरु यस्ता नेताहरु पनि बेला बेलामा नगर्न सक्ने निरिह ठर्हछन् जस्तै प्रचण्डले प्रधानमन्त्री भएका बेलामा धेरैपतिहरुलाई रुष्ट बनाउन सके तर प्रधानमन्त्रीको कुर्ची जोगाउन भने सकेनन्
प्रचण्डले धेरै काम गर्न सक्छन् तर केही गर्न पनि सक्दैनन् दशौं हजार नेपालीको ज्यान जाने सशस्त्र संघर्ष चलाउन सक्छन् प्रचण्ड तर त्यसबाट युद्ध जित्न सक्दैनन उनी निर्वाचनमा मत पाएर पार्टीलाई ठुलो दल आफुलाई विजयी बनाउन सक्छन् तर चारचार महिनासम्म प्रधानमन्त्री हुन पनि पाउँदैनन् उनी बल्ल बल्ल पद पाउँछन् तर जोगाउन सक्दैनन उनी अनि त्यो कुर्ची चाहियो भनेर आन्दोलन चलाउन सक्छन् तर आन्दोलन सफल बनाउन सक्दैनन् उनी प्रधानमन्त्रीमा फेरि नयाँ मान्छे आउन खोज्दा पार्टी भित्र बाबुरामलाई हराउन सक्छन् तर दुई दुई पटकसम्म प्रत्रानमन्त्रीको निर्वाचनमा पराजित हुन्छन् उनी अब यस्लाई गर्न सकेको भन्ने या नसकेको
प्रचण्ड एक्लै हुँदा खुईय गर्दै भन्दा हुन् उफ गर्ने्र सकिएन त्यसैले धेरै गरेका प्रचण्डलाई केही नगरेको लाग्न सक्छ भने अरु हुतिहाराको के कुरा त्यत्रा सयजना सभासद् भएर पनि एकजना प्रधानमन्त्री चुन्न सक्दैनन् यो नेपालमा दुई करोड नेपालीबाट ज्यादै उम्दा अब्बल भनेर चुनिएका ुहन् ती मान्छेहरु त्यत्राले पत्याएकाहरुले पनि गर्न केही सक्दा रहेछन् यो देशमा गर्छौ भनेर गएकाहरुले नगरेपछि थुतेर सडकमा मिल्काउनु पर्ने हो नि तर त्यसो गर्न पनि कसैले नसक्ने रहेछ यो नेपालमा त्यसैले लाग्छ गर्नै नसक्नेहरुको झुण्ड मात्रै कि क्या हो यहाँ यो रोग हामीमा मात्रै हो अन्यत्र पनि नि
त्यत्रो विश्व शक्तिमान अमेरिकाले इराकमा अफगानिस्तानमा शान्ति कायम गर्न सकेन इराकमा युद्ध जिते कै थियो सद्धामलाई हराएर अफगानिस्तानमा लडेको लड्यै लादेनलाई समात्नै पाउँदैन आखिर अमेरिका भन्नु मात्रै उसले पनि गर्न सक्दो रहेनछ ब्राजिलले मात्रै होर अरु सहित अरु तिस देशले यो पटकको विश्व कप फुटबल जित्न सकेनन् एउटाको जित हुँदा धेरैले गर्न नसकेको ठहरर्दो रहेछ त्यसैले धेरै मान्छेले गर्न सक्दा रहेनछन् यो संसारमा
सचिन तेन्दुलकर भारतका महान कि्रकेट खेलाडी हुन् उनी महान कहलिए पनि एक दिवशीय कि्रकेटको विश्वकप जितेको जस लिन सकेकै छैनन् उनले अझसम्म खै कसरी गर्न सक्छ भनिएको हो मान्छेले धेरै जहाँ ठुला ठुला हस्ती शक्ति सम्पन्न समूहले पनि गर्न नसकेका यति विधि उदाहरणहरु रहेछन् हाम्रा सामु जे जस्तो भए पनि मान्छेले खान सक्छ सुत्न सक्छ देनिक नित्य कर्म गर्न सक्छ यी अत्यवश्यक कर्म हुन् जीवनका तर संसारमा यी काम गर्न नसक्ने मान्छेहरु पनि अधिक संख्यामा छन् उसले गर्ला मैले गरौंला तर मान्छे भएर हेर्दा के नै पो गर्न सकिदो रहेछ यहाँ

No comments:

Post a Comment