एउटा भए पुग्छ । सवै नेपालीले सन्तानको बारेमा यस्तै सोच्लान भन्ने ठान्ने सहरीयाहरुले श्रीमायालाई देखे भने पक्कै तस्रलान । एउटा सन्तान आवश्यक नै हो । दुईवटा सन्तान रहर हो । त्यसपछिका सन्तान बाध्यता हो । जे जस्तो भए पनि सन्तानको संख्या चार नघाउनु हँदैन भन्ने अचेल धेरैलाई लाग्छ । यस्तो मान्यता बोक्नेहरु कम बढी जे जति भए पनि उनीहरुले नौ सन्तान जन्माएकी श्रीमायालाई देख्दा अचम्म मान्लान छक्क पर्लान । चितवनको लोथर गाविस वडा न ९ लाफकाइकी श्रीमायालाई सन्तानको चाहना सकिएको उहिल्यै होला तर नौ पुगि सक्यो १० हुने सम्भावना पनि ज्युँका त्युँ छ ।
चितवनमै यस्तो - तथाकथित आधुनिकहरुले यस्तै भन्दा हुन् । गाउँमा सन्तान रहर पुगेपछि पनि जन्मन्छन यो हामीले विस्रन मिल्दैन । धेरै सन्तान जन्मेपछि उसलाई राम्रोसँग हुर्काउन पढाउ सक्दैनन् । तर नेपाली समाजमा सुत्केरी हुँदा आमाले स्याहार सुसार पाएकै हुन्छन यद्यपी त्यो पर्याप्त नहुन सक्छ भन्ने मेरो सोचाइ थियो । श्रीमायाको हकमा भने यस्तो भएको पाइएन । श्रीमायाले नेपाली समाजको अर्को तिथो यथार्थलाई पटाक्षेप गरिन् । रहर सकिएपछि मात्रै होइन नेपाली समाजमा शक्ति सकिए पनि सुत्केरी हुनै पर्दौ रहे छ । महिलामा सन्तान उत्पादन हुने प्राकृतिक गुण रजश्वाला हुन रोकिएपछि बन्द हुन्छ । रजश्वला नै रोकियो भने मात्रै नभए सुत्केरी हुँन श्रीमाया जस्तालाई केहीले छेक्दो रहेनछ ।
सन्तान जन्माउने प्राकृतिक गुणलाई नियन्त्रण गर्न अचेल पशुले मात्रै सक्दैन । त्यो गुणलाई व्यवस्थित गर्न मान्छेले विभिन्न आविश्कारहरु गरेको छ । पशुको गर्भधान प्रकृयामा समेतमा मान्छेले नियन्त्रण राख्न थालि सक्यो यस्तो बेला श्रीमाया नौ सन्तान जन्माइ सकेर अझै अर्को सन्तानको प्रतिक्षामा किन बसेकि होलान सरसर्ती हेर्दा श्रीमाया र उनको लोग्ने सन्तान जन्माउने विषयमा गैरजिम्मेवार हुन भन्ने सवैलाई लाग्छ । सुतेकरील्ाई खान लाउन समेत प्रवन्ध गर्न नसक्ने श्रीमायाको लोग्ने सन्तानको लागि किन मरिहत्ते गर्दो हो कुन्नि
लाफकाइ पुग्दा पैदल हिडेको १० घण्टा नाघेको थियो । महेन्द्रराजमार्गमा पर्ने लोथर बजारबाट पैदल हिड्नुको विकल्प थिएन । आठ घण्टाभन्दा बढी लोथर खोलाको बगर छिचोल्दै अगाडी बढ्यौं । त्यसपछि ठाडै उकालोमा पसिना चुहाउँदै पाइला बढाउदा लफकाइ पुग्ने बेलामा पानी दर्कियो । लेकमा पसिना त ओभाएको थियो तर पानी थर्केकाले ज्यान काँप्न थाल्यो । बुट्यान र झाडीले भरिएको बाटोमा राम्रोसँग ओत लाउने ठाउँ पाइएन । घरको खोजीमा दौडदा श्रीमायाकोमा पुगेका थियौं हामी ।
पिढीमा ओत लाउन सकिएन । भित्रै आउनु भन्ने महिलाको आवाजले दैलो नाघ्यौ हामीले । अव भित्र पनि कहाँ फराकिलो ठाउँ थियो र सहरमा गुड्ने टेप्मोभन्दा अलि फराकिलो थियो उनको घर । राम्रोसँग नियाल्दै जादा श्रीमायको विजोग सामुन्ने आयो । उनी मैलिएर पोतोभन्दा बढी भएको लुगा कम्मर मुनि बेरेर बेसेकी थिइन् । कम्मरमाथि त्योभन्दा केही बिसेकको लुंगी ओढेकी थिइन् । त्यो लुंगी भित्र एउटा शिशु गुटमुटिएको रहेछ । च्याँ गरेर कराउन थालेपछि श्रीमायाले भनिन् २० दिन भयो यो जन्मेको । उनको जेठो छोरो २१ वर्षको भए छ । अहिले पनि छोरो नै भए छ । उनले नौ सन्तान जन्माइछन् । एउटा भने नहुर्कदै बितेको रहेछ । बिस्तारै आँखाले घर भित्रका अरु कुराहरु पनि ठम्याउन थाल्यो । अनि अगेनाको आडैमा गुटमुटिएर बसेका रहेछन् उनका अरु पाँच छोराहरु । त्यस मध्ये एउटाले मात्रै सर्ट पाइन्ट लगाएको थियो । दुईवटाको आङमा लुगै थिएन । एउटाले मैलो भएर ठाउँठाउँमा च्यातिएको सर्ट मात्रै ओढेको थियो । दुई छोरा बाहिर गएका रहेछन् ।
पुग्दो लुगा सुत्केरीको ज्यानमा समेत थिएन । उनको शरीरमा चोलो ब्लाउज छैन । न्यानो लुगा त भएन भएन पोषिलो खानाको उस्तै अभाव छ । त्यसैले बच्चा अघाउने गरेर दुध आइरहेको छैन । खाने कुरा केही छैन । उही मकैको भात र टाँकी र सिस्नुको साग खाइरहेकी छु । कुनै दिन दुई पटक कुनै दिन तीन पटक यस्तै खान्छु श्रीमायाले बताइन् । सुत्केरी हुँदाको दोस्रो दिन उनले एक छाक कुखुराको मासु खाइन । सुत्केरी भएको पँचौ दिन कोदालो बोकेर मकै खन्न हिडेकी श्रीमायाले छोरो पनि मकै बारीमै जन्मएकी हुन् । व्यथा लागेपछि हामी त बाहिर दगुर्छौ । घर भित्र पनि के बच्चा जन्माउने फोहर हुन्छ श्रीमायाले सुनाइन् । परिवार नियोजनका साधन र खोप जस्ता कुराको उनलाई कुनै जानकारी छैन ।
खै अप्रेशन गरे बच्चा जन्मन्न भन्छन् । तर कमजोर भइन्छ रे । हामी काम गर्नेलाई गाह्रो हुन्छ भनेर त्यो नगरेको हो श्रीमायाले अन्कनाउँदै कुरा राखिन । बच्चा जन्मेको दुई चार दिन भित्रै काममा निस्के पनि ज्यानलाई कुनै कष्ट भएको छैन भन्छिन उनी । कहिले काही धेरै खुन बग्ने गरेको समस्या भने उनले व्यत्तः गरिन् । उनले केही सम्झे जस्तो गरेर भनिन् मेरो शरीरमा जतिवटा बच्चा छ त्यत्ति त पाउनै पर् यो । भएको सकिएपछि जन्मदै जन्मन्न । नौवटा जन्मे अव कति नै जन्मेलान र सायद सकिए पनि होलान । श्रीमायाका श्रीमान सूर्यबहादुर चेपाङ स्थानीय प्राथमिक विद्यालयको व्यवस्थापन समितिको सदस्य पनि हुन् । तर धेरै बच्चा जन्माउन हुँदैन भन्ने मात्रै होइन जन्मेकालाई पढाउन पर्छ भन्ने हेक्का उनलाई छैन । जन्मेका मध्ये अहिलेसम्म दुईजनाले मात्रै स्कुल देख्न पाएका छन् । माइलो रामकुमार कक्षा तीनमा पढ्छ साइलो भर्खर भर्ना भयो ।
जन्मेपछि सन्तानका लागि पुरा गर्नु पर्ने अभिभावको अभिभारा के हो उनीहरुलाई पत्तो छैन । सुत्केरीको समेत ख्याल राख्न नसक्नेहरुले पनि सन्त्ान जन्माएको जन्माइ छन् । यसमा श्रीमाया र उनका श्रीमानको मात्रै दोष छ या सन्तान उत्पादन गर्ने प्राकृतिक गुण र क्षमता माथि नियन्त्रण राख्न सकिन्छ भनेर जानेबुझेकाहरुले यो कुरा त्यो ठाउँसम्म नपुराएको हुँदा यस्तो भइरहेको छ एक पटक सोचौ त ।

No comments:
Post a Comment