Monday, July 26, 2010

सूर्यको सम्झना

सम्झना सम्पर्कले नै नाता सम्बन्धलाई प्रगाढ बनाउने रहेछ रगतको साइनो नभए पनि सहयोगी मान्छेहरु मानसपटलबाट कहिल्यै ओझेल हुँदैनन् सूर्य एउटा त्यस्तै व्यक्ति हो मेरा लागि बाल्यकाल बित्न बित्न लाग्दा सूर्यसँग भेट भएको हो त्यति बेला हामी नवलपरासी मुकुन्दपुर गाविसको भैसाखोरी गाउँमा बस्ने गर्दथ्यो सूर्य चितवनबाट केही समयको लागि बस्न हाम्रो घरमा आएका थिए यसको बोलिबचन व्यवहार सवै राम्रो अनि कथा सुनाउँदा उनी कहिल्यै नथाक्ने सूर्यसँगको सम्झना उनले सुनाउने गरेका लोककथासँग जोडिएको हो
हिउँद लागेपछि हाम्रो गाउँभन्दा माथिको जंगलमा चितवनबाट मान्छेहरु आएर दाउरा जम्मा गर्दथे उनीहरु समूह समूहमा आउँथे एक पटक यस्तै एउटा समूह हाम्रो घरमा आएर बस्यो त्यो समूह अपरिचित भने थिएन हजुरबुबाहरु उहिल्यै बर्माबाट फर्कदा बाटामा भेट भएर मित लगाएका व्यक्तिको परिवार हाम्रो घरमा पुगेको थियो दाउरा जम्मा गर्नका लागि मित हजुर बा त्योभन्दा पहिला पनि एक दुई पटक हाम्रो घरमा जानु भएको थियो यो सम्बन्धले दाउरा संकलनका लागि हिडेको समूहले केही दिन हाम्रो घरमा आश्रय लिएको थियो
मित हजुरबा बाहेक अरु सवै हाम्रा लागि अपरिचत थिए मित हजुर बा दाउरा खोज्ने समूहमा आउनु भएको थिएन समूहका अरु सवै सदस्य नयाँ नौलो भए पनि उनीहरुको कुरा व्यवहारले वर्षौदेखिमा परिचित आफन्त जस्ता लाग्न थाले उनीहरु पाका महिला केटीहरु युवकहरु थिए समूहमा अहिले मैले ति मध्ये धेरैलाई सम्झन सक्दिन अरन खटन गर्न मित हजुर आमा आफै जानु भएको थियो उहाँको मुहारै हसिलो हामीलाई आफ्नै हजुर आमाले जस्तो माया गर्नु हुन्थ्यो सूर्यसँगै उनकै उमेरका एक जना अलि भकभकाएर बोल्ने युवक हुन्थे जसको नाम मलाई थाहा छैन
उहाँहरु सवै बिहानै भात पकाउनु हुन्थ्यो लगभग १० जना हुन्थे होला भात खाने उहाँहरुले भात पकाएको खाएको नै हामीलाई रमाइलो लाग्थ्यो हामी केटाकेटीमा वन भात खान जान्थ्यौ अहिले पिकनिक भनिने त्इति बेलाको हाम्रो वनभातमा हजुर आमाको टोलीमा जति साथीहरु हुन्थे वनभात खान जाँदा औधि रमाइलो हुन्थ्यो हजुर आमाको टोलीलाई पनि वनभाते टोली मान्ने गर्दथे त्यसैले पनि उहाँहरुले पकाएको खान्थे चाडै खात खाएर टोली दाउरा खोज्न जंगल पस्थ्यो स्कुल गएर आएको केही बेरपछि टोली फर्किन्थ्यो अनि बिहानको जस्तै पकाउने क्रम सुरु हुन्थ्यो साँझ पनि चाडै नै तयार हुन्थ्यो उहाँहरुको भान्सा
खाना खाएर टोली विभिन्न ठाउँमा छरिएर सुत्थ्यो सूर्य भकभक गरेर बोल्ने युवक हाम्रो घरको तलमा लिस्नोभन्दा देब्रे तर्फको खालि ठाउँमा सुत्थ्यो उनीहरु दुईजनाको बीचमा सुत्थे अनि सूर्यले ननिदाउदासम्म कथा सुनाउथे नेपाली लोक कथाहरु मैले उसैको मुखबाट सुनेको हुँ के कथा भनेनन् उनले सवै भने खुवै मिलाएर भन्ने सुनौ सुनौ लाग्ने गरेर भन्ने प्रत्येक दिन उनले नयाँ नयाँ लोक कथा भन्ने गर्दथे दुईवटा तीनवटा कथा सुनाउने कथामा आएका अनौठा लाग्ने प्रसंगमा मैले सोध्ने प्रश्नको उत्तर पनि खुवै राम्रोसँग दिने दाउरा खोज्न उहाँहरु तीन चार वर्ष नै आउनु भयो क्या हो सूर्य प्रत्येक वर्ष आउँथे पछि धेरै कथाहरु दोहररिन थाले तर कथा भन्ने शैलीले सुनौ सुनौ लाग्ने अहिले मलाई लाग्छ सूर्यले सुनाउने कथा भन्दा पनि उनले सुनाउने तरिका औधि राम्रो थियो
हजुर आमाहरुलाई हामी रंगिलाको हजुर आमा भन्थ्यौ उहाँहरु बस्ने ठाउँलाई रंगिला भनिन्थ्यो पछि थाहा भयो रंगिला चितवनको पार्वतीपुर गाविसमा पर्दो रहेछ अहिले त्यो काम गर्न सहयोगीको रुपमा बसेका रहेछन् तर हजुर आमाहरुले उनलाई परिवारकै भाइ छोरो जस्तै व्यबहार गरेको मैले देखेको थिए
दुई चार वर्षपछि चितवनबाट हाम्रो गाउँमा दाउरा काट्न जाने टोलि ठप्पै भयो हजुर आमाहरुको जमघट सम्झनामा मात्रै रहन्थ्यो अनि सूर्यको कथा सधै सम्झ्यो बस्यो दिन बित्दै गयो मित हजुरबाहरुसँगको सम्पर्क पनि कम हुँदै गायो तर पछि फेरि विबाह पूजा आजामा बोलाउने क्रम सुरु भयो उहाँको घरमा जान भने पाएको थिइन पछि हामीले धान खाने खेत नै त्यता किन्यौ अनि पनि जान थाले उहाँहरुको घरमा घर जाँदा बित्तिकै मैले हजुर आमासँग् सूर्य खै भनेर सोधे हजुर आमा पनि दंग पर्नु भयो आम्मै एल्ले पनि विसे्रको रहेनछ उसले पनि निकै सम्झन्छ भन्नु भयो सूर्य घर जम गरेर हजुर आमाको घर छाडेर निस्कि सकेका रहेछन् हामी पहिला बस्ने भैसाखोरी नजिक बेल्डिहा गाउँमा उनी बेल्डिहा जाँदा हामी भने चितवन आइ पुगेका थियौ
हजुर आमासँग भेट भयो कि सूर्यको बारेमा सोध्ने गर्दथे हजुर आमा एक दिन उसलाई हाम्रो घरमा ल्याएर आउने कुरा गर्नु हुन्थ्यो नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष कृष्ण गिरीको बुबा बितेको हिजो साउन १० गते १३ दिन पुगेको थियो त्यसैले जगतपुर जान पर्ने धान हेर्न त्यसपछि हजुर आमाको घरमा पनि पस्ने निधो गर्दै घरबाट निस्किए घान हेरेर शंकर चोक निस्कदा हजुर बा आमा सवै हुनु हुन्थ्यो केही बेर सन्चो बिसन्चो सोधियो अनि सूर्यको बारेमा सोध खोज भइ हाल्यो यस पटक हजुर आमाको मुखबाट सूर्यक्ो बारेमा अकल्पिनीय जानकारी आयो
हजुर आमाले सूर्यको निधन भयो नि बाबु हेर भन्नु भयो बाल्य कालको सम्झनासँग जोडिएको सूर्य अस्ताइ सकेको खवर पाउँदा आखाँ अगाडी एक पटक झपक्कै अध्यारो छायो सूर्य अस्ताइ सकेको तर सम्झनाबाट ओझेल पर्न गाह्रो रगतका हिसावले कुरा गर्ने हो भने रंगिलाका हजुर बा हजुर आमा निकै टाढाका मान्छे हुन् उहाँको घरमा सहयोगीको रुपमा बसेका सूर्य झनै कति परको कति दुरको तर सम्बन्ध रगतबाट मात्रै गााँसिदो रहेनछ सहयोगी बोलि व्यवहारले मान्छे हृदयमा बस्ने रहेछ सूर्यलाई मेरो हार्दिक श्रद्धा सुमन



No comments:

Post a Comment