Sunday, July 25, 2010

यो भद्र गालि टेलिकमको हाकिमलाई

नेपाल टेलिकमका जागिरेहरुलाई निकै चइन त्यहाँबाट उपभोक्ताले पाउने सेवा भने साह्रै नै गए गुज्रेको सेवा दिनेहरु ठाँटले बस्छन् सेवा लिनेहरु सधै दिक्दार बन्छन टेलिकममा यो सामन्ति संस्कार हो नेपाल टेलिकममा सामन्ति संस्कार सामन्तिहरुले अड्डा जमाएको ठाउँ हो नेपाल टेलिकम यो आक्रोशको झोकमा त्यसै लगाएको आधारहिन आरोप होइन उपभोक्ताको समस्या सुन्दै नसुन्ने चरम स्तरको लापरवाही टेलिकममा कर्मचारीका नाता गोता चिने जानेकालाई मात्रै यो कुरा अन्यथा लाग्ला नत्र टेलिकमको चाला यही हो भन्ने सवैले बुझेका छन्
मोवाइल फोनका उपभोक्ताहरुको हैरानी वर्णन गरि साध्यको छैन ल्याण्डलाईनका ग्राहहरुको समस्या पनि आफ्नै खालका छन् ल्याण्डलाईनका उपभोक्तालाई टेलिकमका जागिरेहरु दुहुनो गाई सम्झन्छन् दुहुनो गाई पनि नभनौं किन भने दुहुनो गाईलाई पनि धेरै चाकरी गरे मात्र दुध दिन्छ टेलिकमले ग्राहलाई दिक्क बनाउने त्यसको साटो पैसा असुल्छ भने कसरी भए ग्राककहरु दुहुनो गाई यो लुट मात्रै भयो होइन लुट्नेहरु हाम्रो समाजमा तल्लो स्तरका नागरिक हुन् तर टेलिकमका कर्मचारीको हकमा यो कुरा लागु भएको छैन् त्यसैले भनियो उनीहरु सामन्ति हुन् सामन्त्हिरुक्ो लुटको खिलापमा सुरुमा कोही जादैनन् जव जान्छन् लुट्ने सामन्तहरुको हविगत के हुन्छ भनि रहन नपर्ला
चार दिनदेखि हाम्रो टोलमा ल्याण्डलाईन टेलिफोन बिग्रेको टेलिकममा एक पटक मात्रै हो पटक पटक कुरा राख्दा पनि बन्ने छाट छैन एकजानले मात्रै हो धेरैजनाले भन्दा पनि सुनुवाइ भएको छैन टेलिफोन स्वाँ सुँ केही गर्दैन मोवाइलबाट त्यो नम्बरमा डायल गर्दा तपाइँले डायल गरेको नम्बर अहिले बिजी भन्छ कता धमाधम विल चढेको भन्ने टेन्सनले टाउँको दुखाएको समस्या राख्यो टेलिकम सुन्दैन विल उठ्यो भने नतिरेर सुख भन्न बेर मान्दैन टेलिकम तुरुन्त नबने पनि के भएको हो कहिलेसम्म बन्ला जस्ता कुराहरु प्रष्ट भन्नु टेलिकमको दायित्व भित्र पर्छ तर सामन्तिहरुले आफ्नो दायित्व के हो हेक्का नै राखेका हुँदेनन् सामन्तहरुलाई अरुको अधिकार आफ्नो कर्तब्यको कहिल्यै ख्याल हुँदैन
टेलिकमका मान्छेहरुले ग्राहको अनुकुलमा काम गर्नु पर्ने हो नियम अनुसार तर यहाँ त्यहाँका कर्मचारीको अनुकुलतामा काम हुन्छ आएर पैसा नमागि काम गर्दैनन् टेलिफोन जोड्दा नै सुरु हुन्छ पैसा थाप्ने क्रम त्यति बेला उनीहरुल्ाई खुसी नपारे त्यसको झोक अरु बेला फेर्छन् सायद हाम्रो टोलमा त्यस्तै भएको होला अहिले त्यसैले टेलिकममा मगन्तेहरु पनि छन् सामन्तहरु पनि छन् मगन्ते सामन्त्हरुका कारण सर्वसाधरण उपभोक्ता मर्कामा छन् देशले राजा हटाए पनि टेलिकम जस्ता सेवा दिने निकायहरुमा अड्डा जमाएको सामन्ति प्रथा कायमै सामन्तको मुल सुक्यो कि भनेको ठूलो मुल सुके पनि जता ततै उम्रेका रसाएका अनगिन्ति साना मुलहरुले नेपालीहरुलाई अझैसम्म सताइ रहेको
यसको उपचार के होला टेलिफोनमा समस्या आउँद्या बित्तिकै टेलिकममा उजुरी लेखाउने चाडै बने ठिकै नभए हाकिमलाई फोन गरेर गालि गर्ने गालि अशिष्ट अश्लिल हुनु हुँदैन कुकुरले टोक्यो भनेर मान्छे त्यसैलाई टोक्न जादैन हाम्रो उद्देश्य ग्राहकलाई टेन्सन दिएर टेलिकमका ठालुहरु अन्यत्र मस्त नहुन भन्ने हो यसका लागि धेरै होइन दुई चार शब्द खर्चे हुन्छ एक पटकमा नमस्कारको साटो के सामन्त भनेर बल्ल मेरो अस्ती बिग्रको फोनलाई कहिले बन्छ भनौं त्यसपछि उसको कुरा सुन्नुभन्दा अघि फोन राखि हालौं प्रष्ट कुराहरु उजुरी लेखाउने बेलामा मात्रै गरौं आफुले बुझ्ने काम पनि त्यही बेलामा गरौं
टेलिफोन नबनाउँदासम्म एकोहोरो आफ्नो कुरा मात्रै राखैं उसको सुन्दै नसुनौं यसो गर्नु भनेको टेलिफोन किन समयमा नबनाएको भनेर गालि गरेको हो टेलिकमका ठालुहरुलाई त्यसैले टेलिकमको हाकिमको मोवाइल फोनको नम्बर घरको क्वाटरको अफिसको सवै ठाउँको नम्बर राखेर रात विरात जुन सुकै समयमा पनि फोन गरेको गरेइ गरौं उपभोक्ताहरुको तर्फबाट केन्द्रीय कार्यालयमा ज्ञापन पत्र बुझएर सुरु गरौं यो अभियान पाउने पैसा नपाए तत्कालै लाइन काट्छ टेलिकमले आफुले दिने सेवाका लागि आँखा चिम्लन मिल्छ
गए गुज्रेको सेवा दिएर पैसा कमाउन पल्केको टेलिकमको प्रवृत्ति प्रति केही केही नगरि भएको छैन यो प्रवृतिका विरुद्ध हाकिमलाई हैरानी पार्ने अभियान नचलाए टेलिकम चल्ने चटपटाउने बाला छैन पहिलो चरणको आन्दोलनमा भद्र थोरै शब्दमा गालि गरौं लाग्छ यो आन्दोलन नै काफी हुने टेलिकमलाई सेवा लिनेहरु प्रति उत्तरदायी बनाउन यसो गर्दा पनि सुनुवाइ भएन भने गालिका शब्द धेरै केही कडा पारौं सुधार नहुँदासम्म यसको स्तर बढाउँदै लगौं शब्दको शक्तिको बेवास्ता गरेमा हाकिमहरुको हविगत के हुन्छ अर्को पटक लेखौंला तर जति लम्बिए पनि हामी भद्र शैली छाड्ने छैनौं यो उपाएले टेलिकमलाई सुधार्छ भन्ने लाग्छ भने सवै लागौ आजबाटै अरु पनि केही विधि छन् भने त्यता पनि जाऔं तर तत्काललाई अरुलाई गालि गर्नु जस्तो सजिलो आन्दोलन अरु नहोला अहिले त्यसै गरौं



No comments:

Post a Comment