Tuesday, July 20, 2010

आज एक महिना

असार पाँच गते भेट भएके हो मेरो उनको त्यसअघि कुनै चिनाजान थिएन झुक्किएर पनि देखादेख भएको थिएन असार तीन गते १२ घण्टा हिडेर कान्दा पुगेको चार गते नौ घण्टा हिडेर घर फर्केको हुँदा ज्यान थकाइले चुरचुर भएको थियो पाँच गते मध्यान्ह मोटरसाइकलमा १३५ किमि कुदेर उनको घर पुग्दा मेरो अवस्था कस्तो थियो सवैले अन्दाज लगाउन सक्छन् यस्तो हालतमा एक पटक हेराहेर भएपछि दोहर्याएर भेटने सम्भावना हुनेछैन भन्ने मेरो ठम्याइ थियो तर त्यो क्षण भेट भएकी शुष्मा ज्ञवालीले मेरो यस्तो ठहरलाई गलत सावित गरिदिइन्
ज्यान मात्रै थाकेको हो मन पनि केही आत्तालिएको थियो यस्त्ो बेला गरेको झण्डै १५ मिनेटको वार्तालापले सम्बन्ध जोड्न प्रेरित पो गर्यो बुटबलबाट २० किलो मिटर पश्चिम बाँसगढी गाउँमा रहेको उनको घरमा त्यस दिन झण्डै ४५ मिनेट बिताएर फर्कदा यो घरमा अब पटक पटक आउनु पर्ने हुन्छ भन्ने लागेको थियो जुन साँचो भयो बिहे गर्ने उमेर कट्न लाग्यो भनेर कचकच गरिरहेका अभिभावकहरुले कमसे कम एक पटक भए पनि केटी हेर भनेर धेरै नै कर गरेपछि बाँसगढी हानिएको उतै तानिए एकै पटकमा बिहेका लागि राजी होला भनेर कसैले चिताएका थिएनन् त्यसैले धेरै विकल्पहरु राखेर बलाई पश्चिम बोलाइएको थियो तर शुष्मासँगको १५ मिनेटको कुराकानीले मलाई तत्कालै निर्णय लिन सजिलो बनायो
५० वर्षसँगै बिताउने विषयमा तपाइले १५ मिनेट कुरा गरेर निर्णय लिनु भयो भन्दै विदेशमा भएको भाइले केही अनौठो मान्यो तर त्यो छोटो वार्ताले पनि केही अधारभूत कुराहरुको सफ चित्र दिएकाले मलाई निर्णय लिन थप समय नलागेको हो अभिभावकहरुका तर्फबाट धेरै कुराहरु बुझ्ने काम भएकाले मैले लामो समय लिनु पर्ने आवश्यकता पनि थिएन त्यसैले छोटो लागेको १५ मिनेट थाति रहदै आएको बिहेको निर्णय भयो त्यस दिन त्यसको दुई दिनपछि टिकाटालो १२ दिनपछि बिहे भएपछि जिन्दगीको एउटा अध्याय सकिएको त्यसैले असार पाँच गते महत्वपुर्ण समय भयो मेरा लागि
त्यो दिन मध्यान्हपछि घरबाट निस्केको थिए मेरो यात्रा पश्चिम तर्फ भएकाले टाउको माथिबाट पार भएको घामलाई पछ्याइ रहेको जस्तो लाग्दथ्यो सुस्त रफ्तारमा बाइक चलाउँदै आफन्तको घरमा पस्दै बाँसगढी पुग्दा घाम मलिन भइ सकेको थियो शुष्मा हामी बसेको कोठामा छिर्दा घाम डुवेको थियो साँझ मौलाउने तर्खर गर्दै थियो कुराकानी सकेर बाहिर निस्कदाँ वातावरण एक दमै गोधिली मय थियो दुई दिनपछि टीकाटालो गरेर घर आएपछि मैले कोरेका तीन पंक्ति यहाँ राख्दै आजलाई विदा

घाम पछ्याउँदै जाँदा भयो भेट तिमीसँग,
गोधुली साँझको शितल बेलामा थियो त्यो,
नयाँ बिहानीको आशामा साइनो जोडे तिमीसँग ।



No comments:

Post a Comment