Wednesday, July 28, 2010

युनिटीको सपनामा मुसाको रजाइँ

एस्योरेन्स युनिटी लाईफ इन्टरनेशनल प्रालिले एक पटक तहल्कै पिट्यो यथार्थमै उनीहरुको वैभ उभो लाग्दो थियो शान सौकत चढ्दो थियो काठमाडौंमा भब्य बिल्डिङमा अफिस बेको थियो त्यसलाई उनीहरु युनिटी टावर भन्थे त्यो टावर झनपछि झन धर्तीबाट टाढा टाढा आकाशको नजिक नजिक जानेछ भन्ने कुरा सुनिनिन्थ्यो धेरैले जागिर पाएका थिए आकासमा जहाज उडाउनेसम्मका योजनाहरु युनिटीले प्रकाशमा ल्याएको थियो युनिटीको अफिसमा नोकरी पाइन्छ कि भनेर साइकल भढेर जो सोध खोज गर्न आएर काम पाएकाहरुले झडै नै वाइक किने बाइक भएकाहरु कार हाँक्ने भए
व्यपार गर्न हिडेका युनिटीका मान्छेहरुले आशव्यक भएको बस्तु बिक्री गर्दथे चाहिएला भन्ने खालका सेवा दिन्थे पैसाको लोभ बोकेकाहरुलाई कमाउने विधि मात्रै सिकाएका थिए उनीहरुले त्यसैले युनिटीमा लागेकाहरु पैसाभन्दा केही देख्दैन थिए पैसाका लागि समाजमा एकपछि अर्कोलाई फसाउँदै लगेका थिए उनीहरुले जसले जतिलाई मुर्गा बनाउन सक्यो त्यति मालामाल हुन्थ्यो यो बोह कानुनी आधार उपभोक्ताको आवश्यकतामा उभिएकै थिएन युनिटी जसको आधार यानि जग कमजोर हुन्छ त्यो संरचना गर्लम्म ढल्छ युटिीको बाहिर देखिएको बैभ जग बिहिन रहेछ जुन तासको घरझै ध्वस्त भयो
पैसा कमाउने मान्छेको सपना चाहनालाई गलत रुपमा प्रयोग गरेका युनिटीसंचालकहरुल्ाई पहिलाको आफ्नो बैभ शान अहिले सपना जस्तै लाग्दो हो विचराहरुले अहिले हुनसम्मको सास्ति बेहोरेका छन् उनीहरुले बनाएका सदस्यहरुको बिल्लिबाँँठ हुन लागेको नारायणगढ सहिद चोकमा रहेको त्यसको शाखा कार्यालय उद्घाटनसँगै मेरो नजरमा थियो त्यति बेला मैले काम गर्ने चितवन पोष्ट दैनिकको ठ्याक्कै माथि थियो त्यसको कार्यालय मान्छेको भिडभाड अचाक्लि पैसा कमाएका सुकिला मुकिलाको चहल पहल लोभ लाग्दो देखिन्थ्यो अफिसमा आएर बाहिर निस्कदाँ आफ्ना सदस्य बाहेक अरुसँग बोल्न पनि गाह्रो मान्ने जव युनिटीको कुनै कानुनी हैसयित नभएको भनेर कारवाहीको चर्चा सुरु भयो मान्छे ह्वात्तै कम भए त्यो कार्यालयमा
केही समयसम्म कर्मचारीले धानेर बसे ठुलाठालुहरु दुलो पसे हुटिट्याउँले के आकाश थाम्न सक्दो हो एक दिन ताला नै लगाएर हिडे युनिटीका कर्मचारीहरु मान्छेहरु दुला पसेपछि युनिटीको कार्यालयमा मुसाहरुको राइदाइ सुरु भएको रहेछ मान्छे दुला पसे मुसा दुलाबाट निस्किए उनीहरुले त्यहाँको सवै समानमा सक्दो उपद्रो मच्चाएका छन् अहिले कार्यालय नै प्रहरीले शिल गरेको खाएर ढाडिएका मुसाहरु धमाधम मर्न थालेका छन् हिजो बुधबार साँझ चितवन पोष्टको कार्यालय छिर्दा साह्रै नमिठो हस्को आयो युनिटीमा मुसा कुहिएर फैलिएको गन्ध रहेछ त्यो शिलबन्दी गरेको कार्यालयमा पसेर कसरी सफा गर्नु यो दुर्गन्ध अझै कति फैलने हो युनिटीले समुदायमा यो ढ्रगबाट पनि सास्ति पुराउने भयो चाडै सफा नभए कता फेरि प्लेग फैलने हो अधारहिन सपनाको जव मृत्यु हुन्छ त्यसको व्यवस्थित तरिकाले अन्तिम संस्कार हुँन पाउँदैन अनि यसरी नै फैलन्छ दुर्घन्ध यस्तै लाग्यो मलाई


No comments:

Post a Comment