Monday, July 19, 2010

खुलम खुल्ला प्यार

हिजो साउन महिनाको पहिलो सोमबार देवघाटमा बढी नै भिडभाड थियो बोलबमधाममा चढाउने जल लिन देवघाट आउनेहरुका कारण यस्तो घुइचो लागेको हो बोलबममा जल चढाउनु शिवको आरधना गर्नु हो शिवको आरधनाले पार्वतीलाई जस्तो सुख मिल्छ भन्ने अभिलाशा नारीहरुले राखेका हुन्छन् पार्वतीले के कस्ता सुख पाइएकी छन् धर्म ग्रन्थहरुमा कुनै विस्तृत वर्णन छैन शिव जस्तो श्रीमान पाउनु नै उनका लागि ठूलो खुसीको कुरा हो भन्ने झलक पुराणहरुमा पाइन्छ महिलाहरु पार्वतीले शिव पाए जस्तै आफुले पनि मनले चिताएको श्रीमान पाउन सकौं भन्ने कामनाले साउनको सोमबार ब्रत बस्ने बोलबमधाम जाने नदीहरुमा नुहाउने गर्छन् तर सोमबारे ब्रतको भित्री रहस्य महत्व अनेक होलान भए पनि त्यसमा पस्ने बुझ्ने जाँगर धेरैलाई छैन
गत वर्ष पनि साउनको पहिलो सोमबार देवघाट गएको हो त्यति बेला तन्नेरी तिर्थालुहरुको राम्रै जमघट थियो यस पटक अलि अबेला पुगे पनि किसोर किसोरीहरुको भिड नियाल्न पाउने अवसर भने छुटेन देवघाटमा अरु बेला बृद्धबृद्धाहरुको भिड हुन्छ बुढेस काल बिताउन आउने ठाउँ हो देवघाट यहाँ माघे संक्रान्तिमा ठूलो मेला लाग्छ त्यो बेलामा पनि प्रौढहरुकै बाहुल्यता हुन्छ तर यो साउने सोमबारमा देवघाटमा किसोर किसोरी युवा युवतीको लर्को लामै हुन्छ युगल एकल रुपमा देखा पर्छन उनीहरु एकलमा किसोर युवकभन्दा किसोरी युवती आएका हुन्छन् जोडी बनाएर आएका युवक युवती किसोर किसोरी नारीएरै हिड्छन्
नारीएर हिड्दा युवक युवतीको जोडीमा युवती अलि लजाए जस्तो देखिन्छ युवतीको मुखाकृति हेर्दा यो मोरोले हात छाडिदिए पनि हुन्थ्यो भने जस्तो लाग्छ युवतीले शंकोच माने जस्तो लागे पनि युवक निशंकोच भएको पाइन्छ खुलम खुल्ला मायाको प्रर्दशन गर्न लालायित युवकभन्दा कम हुँदैनन् किसोरहरु किसोर किसोरीको जोडीमा मायालाई सार्वजनिक गर्न दुवै कम नहुने होडबाजी चले जस्तो लाग्छ युवतीको जस्तो अफ्ठ्यारो मानेर किसोरीहरु हिडेका हुँदेनन् किसोर जसरी छिल्लिन्छ त्यसरी नै छिल्लिन्छन् किसोरीहरु साउने सोमबार देवघाट क्षेत्र मायाको मैदान जस्तो लाग्ने गर्छ जहाँ परेड खेल्न आएका हुन्छन युवक किसोरहरु जोडी समेत लिएर जोडी विनाका युवक किसोरहरु कमै भेटिन्छन् यो बेलामा
युवती किसोरीहरु जोडी नभए पनि आएका हुन्छन् अझ बढी समर्पण देखिन्छ उनीहरुमा जस्तो खाली खुट्टा हुन्छन ध्यान सिधा बाटोमा बाहेक अन्यत्र हुँदैन विवाहित जोडी पनि नदेखिने होइनन् तर उनीहरु एक आर्काको नजिक पर्नै बिसे्रका जस्तो लाग्छ उनीहरुको अनुहारमा तनावका रेखाहरु दौडिरहेका हुन्छन् यस्ता तनावले नै मान्छेलाई देवघाटसम्म ल्याउने हो त्यसैले देवघाटको वातावरण शान्त यो शान्ती कहिले काही गहिरो रहस्य बोकेको गम्भीर प्रकृतीको लाग्छ त्यसलाई चिर्ने काम किसोर किसोरीको रसिक व्यवहारले गर्छ साउनका चार दिन देख्न पाइने यो चहल पहलले देवघाटको आफ्नै विशेषतालाई खतरामा भने नपारोस भन्ने कामना सहित बोलबम

No comments:

Post a Comment