हास्नु साह्रै राम्रो हो । हाँसेको मान्छे हेर्दै रसिलो लाग्छ । हाँसोले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । योगीहरु सुझाव दिन्छन् हास्ने गर । मान्यजनहरु आशिष दिन्छन् सधै हासिरहनु । हाँसोको कुनै गलत साइड इफेक्ट हुन्छ भनेर कसैले सोचेको हुँदैन । उपचारमा समेत लाफ्टर थेरापी प्रयोग हुन्छ रे । योगामा समेत मान्छेले हाँसोलाई मिसाउन थालेको छ । योगी विकाशानन्द कस्तरी हाँसछन् देख्नु भएकै होला बाबा रामदेव हाँसो उठ्दो कुरा गरेर अरुल्लाई गललल्ल हसाँउँछन् आफु मुसुमुसु मुस्काउछन् । विकाशानन्द ठूलो स्वरमा हा हा गर्छन् । उनले त्यसो गर्दा मन भए पनि नभए पनि अरु पनि हाँसी हाल्छन् ।
हाँसोले बिगार्छ भनेर सोच्न पनि सकिदैन । तर हाँसोले बिगार गरेका घटनाहरु थुप्रै छन् । उसले खित्का छाडेर नहाँसेको भए सायद त्यस्तो नराम्रो हुँदैन थियो होला भन्न लायक कथाहरुको सुची लामै छ । पौराणिक कालमा समेत हाँसोले बिगारेको छ । यो कलियुगमा झन के बाँकी राखेको होला हाँसोले । द्रोपती त्यसरी नहाँसेको भए महाभारतको कथा सायद अर्कै हुन्थ्यो होला । त्यत्रो युद्ध नहुन पनि सक्थ्यो । द्रोपतीले गलत ठाउँमा हाँसेर दुर्वचन समेत बोलेकाले महाभारतको कथाले एउटा मोड लियो । सायद कुठाउँमा हाँसदा मान्छेको बोलीमा समॆत देउताको साटो दानव आएर बसेको हुन्छ होला त्यसैले त बिगार्ने हाँसो नै हो ।
मलाई कथा स्पष्ट याद आएन । सम्झे अनुसार दुर्योधन युधिष्ठिरहरुको दरवारमा आएका हुन्छन् । दरवार अदभुतको हुन्छ । पानी जस्तो देखिने ठाउँमा टेक्दा पानी भएको हुँदैन । कडा ठाउँमा टेक्दा पानीको पोखरी नै हुन्छ । दरबारको बाटोमा भएको यस्ता आश्चार्य लाग्दो संरचानाहरुले झुक्कि पनि दुर्योधन दंग नै परि राखेका हुन्छन् । यो त टेक्ने ठाउँ होला भनेर सरासर टेक्दा दुर्योधन पानीमा चोबलिन्छन् । यो देखेर द्रोपतीलाई खुवै हाँसो उठ्छ । कसैले देखेका छैनन होला भ्नने सोची रहेका दुर्योधनलाई द्रोपतीले देखेको थाहा पाउँदा हदैसम्मको ग्लानी हुन्छ । देखेको मात्रै हो र द्रोपती मुर्छा परेर हास्न थाल्छिन ।
द्रोपतीको हाँसोको रफ्तार बढ्न थाल्छ भने दुर्योधनको रिसको पारो उक्लिन लाग्छ । महाभारतको यो प्रशंगमा द्रोपतीले त्यसरी नहास्नु पर्दथ्यो भन्ने कथा पढ्ने सवैल्ाई लाग्दछ । दुर्योधन दुष्ट अवश्य हुन् तर युधिष्ठिरको दरवारमा उनी सायद निम्त्याइएर गएका हुन् । भलै त्यहाँको जादुमयी संरचनासँग उनी अभ्यस्त थिएनन् र पानी र जमिन छुट्याउन सकेनन् । यस्तो देख्दा द्रोपती हाँस्नु हुँदैन थियो । यो तपाइँ हामी सवैलाई लाग्छ भने दुष्ट चरित्रको दुर्योधनलाई झन कस्तो भयो होला ।
द्रोपती हास्दिनन् मात्रै अन्धाको छोरो अन्धै भन्ने दुर्वचन समेत बोल्छिन् । हाँसोमा होस हराएपछि उनको बोली पनि बिग्रन्छ । द्रोपतीको यो हाँसो र बोलीले दुर्योधन बिच्किन्छ । अनि उसले यसको बदला लिएरै छाड्ने प्रण गर्छ । दुष्टहरुलाई सपार्न सकिन्छ । तर दुर्योधनको दुष्टतालाई द्रोपतीको हाँसोले सुधार्नुको साटो झनै झँगिने बनाउँछ । महाभारतमा युद्धको विजारोण पहिले भए पनि त्यसलाई हुर्कने उपयुक्त वातावरण त्यही हाँसोले दियो । अनि त्यत्रा पराक्रमी र बुद्धिमान पात्रहरुले भरीएको महाभारतको कथा युद्ध र विनासमा गएर सकियो । मान्छेलाई उपहास गरेर ठाउँ कुठाउँमा हाँस्दा केसम्म हुँदो रहेछ भन्ने उपयुक्त दृष्टान्त महाभारतमा छ ।

No comments:
Post a Comment