Thursday, June 3, 2010

सबै जालान जस्तो छ

पूर्णबहादुर चेपाङले पनि बिहिबार राती प्राण त्यागे छन् भरतपुर अस्पतालको शैयामा जीवनमा लागि गरेको चार दिनको संघर्षमा मृत्यु विजयी भयो सोही अस्पतालमा उनले जीवन संगिनी गुमाए जेठी छोरी त्यही आएर मरिन् भाइ बुहारीलाई पनि चिकित्सकहरुले बचाउन सकेनन् अस्पताल आएका मध्ये भाइ जीतबहादुरको जिवन मृत्युको संघर्ष अझै बाँकी अस्पताल नआउँदै पूर्णबहादुरका बा आमा कान्छी छोरीको गाउँमै ज्यान गइसकेको थियो हप्ता दिनको बीचमा एकै परिवारका सातजना स्वर्गे भए उपचार हुँदै गरेको जीतबहादुर पनि बच्ला भन्ने आशा धेरैलाई छैन
पूर्णका बा ६५ वर्षीय बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि जीवनमाथि मृत्यु हावि हुन थालेको हो अनि त्यो मृत्युलाई पराजित गर्न गाउँको धामिले सक्यो सहरको डाक्टरले तत्काल उपचार नपाएका कारण मृत्युले गाल्दै ल्याएको शरिरलाई झनै थिलो थिलो बनाउने काम गर्यो भौगोलिक विकटताले टाढाबाट अस्पताल आउँदा विषले शरिरको कोषकोषमा कब्जा जमाइ सकेको रहेछ उपचारै नपाएर गाउँमा तीनजनाको इहलिला समाप्त भयो उपचार गर्न भरतपुर आएका पाँचजना मध्ये चारजना अब कहिल्यै गाउँ फर्कने छैनन् काठमाडौं अस्पताल टेकेका एकजना जीतबहादुरले फेरि लोथरको त्यो डाडापाखा टेक्ने हुन या होइनन् प्रतिक्षा गरौं अनि उनको जीवनको कामना पनि गरौं
नौ महिने सन्सरबहादुरको काख साथ सवै गुम्यो उनकी आमा बा दुई दिदी सवै गए च्याउका कारणले हजुर बुबा हजुर आमा काकीलाई समेत यो बेलामा कालले निल्यो अब यीनको स्याहार कस्ले गर्ला ? आमाको काख पिताको छहारी गुम्यो गुम्यो सहानुभूति दिनेहरु पनि नहोलान जस्तो यो उमेरमा के विपति झेल्नु पर्यो त्यो बालकले बालकको भाव शुन्य आँखाले गरेका धेरै आशा अपेक्षाहरु यो समाजले पुरा गर्न गाह्रो सातसात जना बलवानहरुको केही जोर नचलेको यो समयमा त्यो बालकको विजोग हुन के बेर
बालकृष्ण थपलियालाई स्याब्बासी दिनै पर्छ यस्तो सहयोगी मन भएकाहरु पाउन गाह्रो यो स्वार्थले भरिएको दुनियामा पूर्व चितवनको भण्डार गाविसमा पर्ने मैदानी गाउँ पूर्वारीबाट अनकन्टार लोथरको कान्दामा उने विस २०५९ सालमा पाइला राखेका रहेछन् त्यहाँको कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयमा पढाउन राजमार्गबाट १२ घण्टा पैदल हिडेर पुगिने त्यस्ता विकट गाउँमा मैदानबाट जाने शिक्षक गाउँलेहरुका लागि संसार बुझेको सर्वेसर्वा हो इनारका भ्यागुतालाई बाहिर निकाल्ने सारथी हो राम्रो चित्तले काम गरे उसले यो भूमिका पुरा गर्न सक्छ बालकृष्णले त्यही गरे
च्याउ खाएर विरामी भएपछि धामी झाँक्रीको भर परेका गाउँलेहरुलाई गाली गर्दै डोकोमा बोकाएर अस्पताल झार्न उनको ठूलो भूमिका अस्पताल ल्याएका धेरै बाँचेनन् तर उनले यो प्रयास नगरेको त्यति धेरै गाउँले मरेको खवर गुपचुप नै रहन्थ्यो त्यो अनकन्टारमा अरु को पुग्ने जनस्वास्थ्यले सोमबार पठाएको टोली शुक्रबारसम्म नफर्केको मात्रै होइन सम्पर्कमा पनि आएको थिएन रे नफोन टिप्छ दौडेर आउन मिल्छ यस्तो ठाउँको राज्यको प्रतिनिधि भएर काम गरे शिक्षक बालकृष्णले सवै भकाभक मर्न थालेपछि जीतबहादुरलाई लिएर काठमाडौं दौडेका यी कर्तब्यवान शिक्षकलाई राज्यले तक्मा दिनु पर्ने होइन ? तर राम्रो गर्नेभन्दा विगार पार्नेले तक्मा पाएको यो देशमा यस्तो इच्छा के राख्नु ?
विरामीहरुको उपचारमा संलग्न चिकित्सक डा.विजय पौडेल भन्दै थिए उनीहरुले खाएको च्याउ साह्रै विषालु परेछ विषको असर निकै भिजेपछि उपचारका लागि आएकाले बचाउन गाह्रो भन्ने उनको निचोड थियो उपचारका लागि आएका एक बालिका एक महिलाले प्राण त्यागेपछि बुधबार दिउसो उनले यस्तो निराशा पोखेका थिए त्यसपछि दुई ज्यान गुमिसकेका छन् जहाँ लगेर गरे पनि उपचार त्यही हो डाक्टरले आशा मारेपछि हामीले कति नै भरोसा गर्न सकिन्छ त्यसैले च्याउ खाएका सबै जाने पो हुन कि भन्ने उसै दिनदेखि बढेको आशंका शुक्रबारसम्ममा आइपुग्दा झनै बलियो भएर गएको
च्याउ खाएर परिवारै सखाप भएको यो विवरणले संचार माध्यममा निकै चर्चा पाए तर गाउँलेहरुलाई यसको कुनै अर्थ रहेनछ चितवनकै पदमपुरमा जंगली च्याउ खाएर फेरि तीनजना विरामी परेका छन् मेघिया महतो उनका दुई छोराहरु लक्ष्मण सुरजको भरतपुर अस्पतालमा उपचार हुँदै चौविस घण्टा नबित्दै उपचारका लागि अस्पताल आइ पुगेकाले यस पटक मृत्यु पराजित हुने सम्भावना तर च्याउ खाएका घटना दोहरीन छाडेनन् भने सचेत मानिने चितवनलाई के भन्ने ?







No comments:

Post a Comment