स्कुल पढ्दा हामीले नेपालका कुनै प्रचिन राजाका बारेमा घोक्ने गरेको कुरा यस्तो थियो । ती राजाले गर्मीमा पंचअग्नी ताप्ने गर्दथे । जाडोमा कपडा समेत नलगाएर हिमालयमा गए तपस्या गर्दथे । आफ्ना मनोभावनाहरु पुरा गराउन भगवान पुर्कार्दै उनले त्यसो गर्ने गरेको हाम्रा पाठ्यपुस्तकमा बर्णन थियो । ति राजाको सम्झना यो बेलामा किन भयो भन्ने लाग्न सक्छ । अस्ति भदौ १३ गते मध्यान्हमा भरतपुरमा देखेको एउटा दृश्यले उहिल्यैको त्यो पढाइ याद दिलायो ।
भदौ महिनाको चर्को गर्मी, आकास बादल बिहीन थियो । मध्य दिनको सुर्यको तापले सडकको कालोपत्रे पग्लेलाझै भएको थियो । यस्तो बेलामा ६९ वर्षका एक बृद्ध प्ले कार्ड बोकेर सडकमा निस्किए । चितवनको विकट पहाडी गाविस कोराकका बिर्खबहादुर चेपाङ 'समय मै संविधान देऊ' भन्ने नारा लगाउँदै खाली खुट्टा तातो पिचमा फटाफट हिँडे । हामीले पढेको राजाको सम्झना गराउँदैन त यो दृश्यले ।
नेपाल चेपाङ संघ चितवन जिल्ला कार्य समितिले भरतपुरमा आयोजना गरेको दवाव र् याली र कोणसभामा भाग लिन उनी कोराकबाट आएका हुन् । भरतपुरबाट उत्तर पुर्वी दिशामा रहेको कोराक ५० किलो मिटर टाढा छ । तर २० किलो मिटर मोटर बाटोमा हिडेर अरु बाटो पैदल जानु पर्छ । 'गाउँमा चप्पल लगाउने गरेको छैन' संविधान माग्न सदरमुकाम आएका बिर्खबहादुरले भने ।
चेपाङहरु नेपालका सिमान्तकृत आदिवासी हुन् । विकड पहाडी क्षेत्रमा बस्ने हुनाले उनीहरु आर्थिक रुपमा नाजुक अवस्थामा छन् । पाखो खेत बारीमा फलेको अन्नले तीन महिना पनि खान नपुग्ने चेपाङहरुको संख्या अत्याधिक छ । 'खाने पुग्दैन चप्पल लगाउने राम्रा कपडा फेर्ने कुरा सम्भवै छैन' बिर्खबहादुरले सुनाए । अरु बेला लगाएर संविधान माग्नका लागि कठोर बन्नका लागि पनि फुकालेका होइनन् उनले चप्पल । उनको नियति नै यस्तो ।
संविधान के हो ? सरकार के हो ? अहिले प्रधानमन्त्री को छ ? यस्ता कुराको केही मेसो छैन उनलाई । हिजो देशमा अशान्ति थियो भन्ने कुरा भने थाहा छ उनलाई । उनको गाउँमा लुक्नका लागि माओवादी जान्थे माओवादी खोज्दै सेना पनि पुग्थे । भिडन्त भएर मान्छे पनि मरे । कोराकको चिप्लेटी र नजिकैको वीरेन्द्रनगरमा भिडन्त भएर मान्छे मरेको उनको दिमागमा ताजै छ ।
'अब त्यस्तो लडाइ नहोस भन्ने चाहना मात्रै हो । मलाई अरु धेरै कुरा थाहा भएन' बिर्खबहादुरले भने । तर उनका चाहना यहाँका नेताले सुन्ने नसुन्ने ठेगान छैन । गाउँका साथीहरुले जाउँ भनेकाले उनी सदरमुकाम आएका हुन् । गाउँबाट भरतपुर पनि उनी कमै आउजाउ गर्छन् । संविधान माग्न चितवनमा विभिन्न पहाडी गाउँबाट भरतपुर आएका चेपाङहरुमा बिर्खबहादुर जस्ता चप्पल बिहीन चेपाङ चारजना थिए ।
भरतपुरको केन्द्रीय बसपार्कमा भेला भएर उनीहरुले र् याली निकाले । तीन् किलो मिटर तातो पिच हिडेर र् याली चितवन जिल्ला विकास समितिको कार्यलय प्राङगण भित्र छिर् यो । जहाँ कोणसभा सम्पन्न भयो । 'चेपाङ बहुल्य चितवन धादिङ गोरखा मकवानपुर र तनहुँमा जिल्लामा हामीले र् याली निकालेका हौं' नेपाल चेपाङ संघका केन्द्रीय महासचिव यमन चेपाङले जानकारी दिए ।
भदौ १४ मा संविधानको मस्यौदा जारी हुनु पर्ने उनीहरुको माग थियो । चेपाङ बाहुल्य क्षेत्रलाई चेपाङ स्वायत्त गणराज्य घोषणा गर्नु पर्ने उनीहरुको अर्को मुख्य माग रहेको छ । विकट क्षेत्रमा बस्ने लोपोन्मुख अवस्थाका जाति भए पनि संविधान सभामा दुईजना चेपाङ पुगेको छन् । माओवादी र एमालेले समानुपातिक सिटमा एक एकजना चेपाङलाई सभासद बनाएका छन् ।

No comments:
Post a Comment