Sunday, August 7, 2011

खै कस्ले सुन्ला यीनका कुरा

गत वर्ष जंगली च्याउ खाँदा एकै परिवारका आठजनाको दुःखद निधन भयो यो पटक गाउँको सानो स्कुल पहिरोले भत्काइदियो भत्केको स्कुल मर्मतको कुरा पर जाओस सो स्कुलमा पढाउने शिक्षक समेत नहुने भए शिक्षकको तत्काल व्यवस्था होस भन्ने माग लिएर आइतबार जिल्ला शिक्षा कार्यालय आएका चितवनको विकट क्षेत्र कान्दाका बासिन्दा झनै निराश भएर फर्के
लोथर गाविस चितवनको विकट पहाडी गाविस हो सो गाविसको वडा नं. मा पर्ने कान्दा गाउँ लोथर गाविसकै विकट गाउँ हो कान्दा पुग्न पुर्व पश्चिम राजमार्गको वीरेन्द्रनगर या भण्डारमा झरेर १२ घण्टा पैदल हिड्नु पर्छ सो गाउँमा वि..२०५८ सालमा कान्देश्वरी राष्टिय प्रथामिक विद्यालय खुलेको
कक्षा चारसम्म स्वीकृत पाए पनि त्यहाँ पाँच कक्षासम्म पढाइ हुँदै आएको कान्दा गाउँका सयजना विद्यार्थी सो विद्यालयमा पढ्छन् 'अब भने सवैलाई एक्लैले पढाउनु पर्ने भएको ' विद्यालयका प्रधानअध्यापक बालकृष्ण थपलियाले भने प्राविसम्म पढाइ हुने विद्यालयमा कम्तीमा दुईजना दरबन्दीको शिक्षक रहनु पर्ने भए पनि त्यहाँ एकजना मात्रै छन्
चार वर्षदेखि त्यहाँ अर्का शिक्षक सहदेव पाठकले पनि बालकृष्णलाई सहयोग गर्दै आएका थिए दरबन्दीको एकजना शिक्षकले ५० जना विद्यार्थीलाई पढाउनु पर्छ त्योभन्दा बढी विद्यार्थी भए सरकारले बालकोष (पीसीएफ) मार्फत अरु शिक्षकको लागि रकम व्यवस्था गर्छ ५० भन्दा बढी विद्यार्थीका लागि आउने रकमबाट शिक्षक पाठकको तलब भुक्तान हुँदै आएको थियो
पीसीएफबाट गत वर्षसम्म विद्यालयमा ६० हजार रुपैयाँ गएको थियो यो वर्ष जम्मा नौ हजार रुपैयाँ जाने भयो 'एक वर्ष पढाएर नौ हजार रुपैयाँ लेउ भन्न सकिएन सहदेव सरले जागरि छाड्ने अवस्था आयो' प्रअ थपलियाले भने कान्दा गाउँमा चन्दा अनाज उठाएर निजी स्रोतमा शिक्षक राख्न सक्ने अवस्था छैन
त्यसैले आइतबार चितवन जिल्ला शिक्षा कार्यालयमा प्रअ थपलिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर तमाङ शिक्षक अभिभावक संघका अध्यक्षा सिताबहादुर चेपाङ सहितको टोली कुनै उपाय निस्कन्छ कि भनेर आइपुग्यो गाउँलेका कुरा सुनेपछि जिल्ला शिक्षा अधिकारी बैकुण्ठराज अर्यालले तत्काल समस्या सुल्झाउने कुनै उपाए छैन भने जवाफ दिए
यसभन्दा अघि उनीहरुले गाविसका प्रतिनिधिहरुलाई पनि भेटेका थिए 'उनीहरुले तलबका लागि भनेर पैसा दिन सकिन्न बरु हामीले केही रकम दिन्छौ त्यो लगेर अमि्रसो लगाउँ कागती खेती गर त्यही बेचेर तलबमा खर्च गर भन्ने दिर्घकालिन उपाए दिएर पठाए' प्रअ थपलियाले भने अहिले वर्षे विदा भएको स्कुल भदौ लागेपछि खोल्ने कि नखोल्ने भन्ने दोधार उत्पन्न भएको
कान्दाबाट अर्को विद्यालय यउरालीटार भन्ने ठाउँमा कान्दाबाट त्यहाँ पुग्न चार घण्टा लाग्छ पाँच कक्षा उत्तीर्ण भएपछि पनि टाढा जानको धौले धेरै विद्यार्थीले पढाइ छाड्छन् कक्षा एक पढ्नको लागि त्यहाँ पुग्ने कोही हुँदैनन् 'खान राखेको मानो काटेर स्कुल खोल्यौं अहिले आएर शिक्षकलाई तलब पनि दिन नसकेर बेहाल हुने भयो' सिताबहादुरले दुखेसो पोखे





No comments:

Post a Comment