Sunday, August 7, 2011

सिमलाको श्रमदेखि गैंडा सिकारसम्म

चितवनको पहाडी गाविस कोराकको वडा नं चिप्लेटी गाउँका काजिमान चेपाङको चार पाँच वर्षअघिसम्म गाउँमा छुट्टै शान थियो गाउँदेखि धेरै टाढा रहेको भारत हिमांचल राज्यको सिमलामा श्रम गर्न उनी मात्रै जाँदैन थिए गाउँका युवाको टोली नै त्यहाँ पुर्याउँदथे सिमलाको श्रमले काजिमानको मात्रै होइन गाउँका धेरै घरको चुल्हो राम्रोसँग बल्न सहयोग पुगेको थियो
उनै काजिमान अहिले भरतपुर कारागारमा थुनिएका छन् दुर्लभ वन्यजन्तु गैंडा मारेको जघन्य अपराधमा उनी जेल परेका हुन् एउटा दुईवटा हो नौ नौवटा गैंडा मारेको अभियोग लागेको उनीमाथि परदेश पुगेर श्रममा रमाइ रहेका उनी गैंडा सिकारी कसरी भए ? काजिमान भन्छन् 'सुरुमा निकुंजले मलाई अनाहकमा गैंडा सिकारी भनेर खोज्न थाल्यो भाग्दा हिड्दा पछि त्यही काममा लागियो '
काजिमानका काका विजराम चेपाङ वडाध्यक्ष समेत भएका व्यक्तिहुन् उनी भन्छन् ' विस २०४९ सालमा पहिलो पटक सिमला पुगेको हो ' सिमलामा घर बनाउने कुल्ली काममा लागे काजिमान त्यहाँ चाहिने कामदार गाउँबाटै मगाउन थाले उनले एक पटक युवाहरुको समुहको पछि लागेर विजराम पनि सिमला पुगे
'के कस्तो रहेछ भनेर हेर्न गएको थिएँ' विजरामले भने धेरै टाढा गए पनि युवाहरुले मिहनेत गरेर दुईचार पैसा जोडेको देख्दा विजराम दंग थिए काजिमाले गाउँका केटाहरुका लागि पनि केही गरेको देख्दा उनी झनै मख्ख थिए विस २०५६ सालमा आमा बितेको खबर सुनेर काजिमान घर आए त्यसपछि भने उनी फर्केनन् गाउँ मै बसे
सिमलामा सिकेको सिप उनी गाउँ ठाउँमै लगाउन थाले 'सिमलामा घरको गाह्रो लगाउने ढुंगा बोक्ने कुल्ली काम गर्दथ्यो यहाँ घर बनाउने ठेक्का लिन थाल्यो' विजरामले सुनाए चेपाङहरु नेपालका अल्पसंख्यक आदिवासी हुन् पहाडी पखेरा नजिक बस्ने उनीहरु विपन्न छन् 'काम गरेर दुई चार पैसा जोड्नु मेरो लागि अभिसाप भयो' भरतपुर कारागारमा रहेका काजिमानले कुरा खोले
कोराकमा पहिलेदेखि नै गैंडा सिकारीको बिगबिगी थियो काजिमानको आर्थिक हैसियतमा सुधार देखिएपछि निकुंजले उनीमाथि पनि शंका गर्यो 'मलाई ६० सालबाट निकुंजका मान्छेले खोज्न थाले' काजिमानले भने 'खोजेका मान्छे समातेर निकुंजले कहिल्यै छाड्दैन थियो त्यसैले निकुंजले समात्न थुन्ने भयो भन्ने डरले लुक्दै हिड्न थाले '
काजिमान लुक्न थालेपछि निकुंजको शंका झनै झाँगिदै गयो उनी घरमा बस्नै नसक्ने हुन थाले यही मेसोमा उनको भेट कोराक कालिखोलाका राजकुमार चेपाङसँग भयो राजकुमार त्यो बेलाका नामुद गैंडा सिकारी थिए 'अब कामै नगर्दा तेरो नाम मुछियो घरमा बस्न नसक्ने भइस बरु मसँगै हिँड भनेर राजकुमारले कर गर्यो' काजिमानले पुरानो दिन सम्झिए
त्यसपछि राजकुमारको पछि लागेर काजिमान गैंडा मार्न निस्किए यो विस २०६३ सालको कुरा हो हाल ३१ वर्षका भएका काजिमान ६६ सालसम्म गैंडा मार्ने काममा लागेको स्वीकार गर्छन् तर गैंडालाई सिधै गोली हानेको भने उनले इन्कार गरे उनका अनुसार बलबहादुर प्रजा भन्नेले गोली हान्थ्यो गैंडा मरेपछि राजकुमारले खाग झिक्थ्यो
कहिले काही राजकुमारले भनेको ठाउँमा खाग पुर्याउन जान्थे रे काजिमान उनले चितवनको खुरखुरेमा गएर एकजना अपरिचतलाई खाग जिम्मा लगाएका रहेछन् अरु बेला जंगलमा गैंडा कुरेर बस्ने समुहमा मिसिएर भात पकाउने गस्ती आएको नआएको हेर्ने गर्दा रहेछन् निकुंजको जंगल भित्र गैंडा ढुकेर १२ दिनसम्म बसेका रहेछन् उनी
'नोऊ पटक काममा जाँदा साढे लाख रुपैयाँ हात पर्यो' काजिमानले कमाइका बारेमा भने थोरैमा २० हजारदेखि बढीमा एक लाख ५० हजार रुपैयाँसम्म बुझेका रहेछन् उनले पैसा राजकुमारले नै दिन्थ्यो रे उसले जे जति दियो थाप्यो हिड्यो किन थोरै भनेर प्रश्न समेत उठाउन नपाइने काजिमानले बताए
निकुंजले नामुद सिकारी भनेको राजकुमार गोरखाबाट किर्ते नागरिकता झिकेर राहदानी बनाइ विदेश गएको काजिमान बताउछन् उनी भने विस २०६७ सालको फागुन १३ गते स्याङ्जाबाट समातिए उनी मात्रै हो फुपु पर्ने एकजना सहित काजिमानका दुई श्रीमती बहिनी पनि पक्राउ परे यही अपराधको आरोपमा
गैंडा मारेमा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना पाँचदेखि १५ वर्षसम्म कैद या दुवै सजाय हुन सक्छ काजिमानलाई यो कुराको हेक्का पनि नभएको होइन तर निकुंजले त्यस्सै लखेटेपछि अन्तिममा फन्दामा परियो भन्छन् उनी पक्राउ पर्नु अघिका सातआठ वर्ष उनले लुक्दै भाग्दै बिताए कमाएको पैसाको केही ठेगान नै भएन
काजिमानको गाउँमा २२ कठ्ठा खेत पनि जो उनको पुख्र्यौली सम्पत्ति हो हातमा सिप पनि नभएको होइन त्यसैले इज्जत ज्यान जोखिममा हालेर पैसाका लागि गैंडा मार्नु पर्ने अवस्था थिएन भन्छन् उनी सिमला पुगेर भए पनि उनले पसिना बगाएर पैसा जोड्न थालेका थिए तर निकुंजजले यसैमा अनाहकमा शंक गर्दा भुमरिमा परेको हो भन्छन् काजिमान






No comments:

Post a Comment