Wednesday, September 14, 2011

देउजरकी हरिमाया

हरिमायलाई मैले साउनको अन्तिम हप्ता भरतपुर अस्पतालमा देखेको थिए उनी गर्भवती भएकी रहिछन् गर्भवती महिलाले स्वास्थ्य केन्द्रमा नियमित जाँच गराउनु पर्छ त्यसैका लगि उनी अस्पताल आएकी थिइन् नाम हरिमाया चेपाङ ठेगना सिद्धि गाविसको देउजर हो भन्ने सुनेपछि मेरा कान केही ठाडा भएका थिए सिद्धि गाविस चितवनको पहाडी गाविस हो जहाँ ८५ प्रतिशतभन्दा बढी चेपाङ बसेका छन् चेपाङहरु सिमान्तकृत वर्गमा पर्ने नेपालका आदिवासी जनजाती हुन् पहाडी पाखेरामा कष्टकर जिवन बिताइ रहेका उनीहरुको आर्थिक अवस्था कमजोर अनि शिक्षा स्वास्थ्य तथा समाजिक जागरणको क्षेत्रमा पनि पछाडी छन् भन्ने गरिन्छ
त्यस्तो ठाउँ सामाजिक अवस्थाकी हरिमाया स्वास्थ्य परीक्षणको लागि भरतपुरसम्म आइन भन्ने सुन्दा कान ठाडो हुनु स्वभाविकै हो भरतपुर आसपास कै धेरै गर्भवती महिला अत्यावश्यक नियमित स्वास्थ्य जाँचका लागि अस्पतालनआउने परिपाटी भरतपुरबाट धेरै टाढा देउजर गाउँकी हरिमाया भने आइछन् अरुले पछाडी परेको भनेर बुझ्ने गरेको चेपाङ समुदायमा स्वास्थ्यका लागि आएको गज्जबको चेतनको रुपमा लिए मैले यसलाई त्यो बेलाको कुरा थियो उनै हरिमाया हिजो भदौ २८ गते बुधबार फेरि भेट भइन्
देउजर उनको पुरानो गाउँ रहेछ केही वर्षयता भने पदमपुरको नयाँबस्तीमा बस्ने गरेकी रहछिन् त्योबस्ती भन्दा झण्डै तीन किलो मिटर पर दक्षिणमा रहेको जुटपानीको प्राथमिक स्वास्थ्य केन्द्रमा देखिएकी हुन् उनी एक महिनाअघिको भेषभुषामै थिइन उनी, त्यही पुरानो मैलो म्या_िक्स भिरेकी कपाल पनि राम्रोसँग नकोरेकी हरिमाया लौन पेट दुख्यो भन्दै स्वास्थ्य केन्द्र आएकी रहेछन् परीक्षण पछि स्वास्थकर्मीले हरिमाय सुत्केरी हुने अवस्थामा पुगेको ठहर गरे तर उनी भने घर जाने अडान राख्न थालिन्
'घरमा कोही छैन बाख्रा चराउँदा चराउदै यसो दाम्लोमा बाधेर आएको घाँस हाल्न पनि पाएको होइन' हरिमायले घर जानु पर्ने बाध्यता खोलिन् हरिमायाले योभन्द्या अघि दुईवटा बच्चा जन्माएकी छन् जेठी छोरी नौ अर्को छोरो वर्षको यी दुई बाहिर बसेर पढ्छन् घरमा लोग्ने उनी मात्रै सातवटा बाख्रा छन् घरमा कमाइको राम्रो स्रोत हो यो लोग्ने साह्रै सिधा सोझा छन् कुल्ली काममा जान्छन् बिहान बाख्रा लिएर जंगल जाँदा लोग्ने कुल्ली काममा निस्केका थिए त्यसैले घरमा बाख्रा स्याहार्ने कोही भएन भनेर हरिमाया निकै पिरोलिएकी थिइन्
पेट दुखेपछि साइकल चढेर हुत्तिदै उनी स्वास्थ्य केन्द्रमा आइपुगेकी थिइन् साइकलमा दौडिदै गएर बाख्रालाई घाँस बाँधेर फेरि आइ हाल्छु भन्ने प्रस्ताव राखिन उनले तर नस्रहरुले जाँदौ गर्दा बाटो मै बच्चा जन्मियो भने के हुन्छ भनेर हकारे यो हकराइले पनि हच्किनन् हरिमाया उनी बेडमा बस्नुको साटो दौलोमा आएर उभिन थालिन् मौका मिले साइकल टिपेर घर दौडने हुन कि भन्ने पिरलो भयो स्वास्थ्यकर्मीलाई कसैसँग खवर पठाएर श्रीमानलाई यही बोलाउ भन्ने सल्लाह दिए हरिमायालाई उनीहरुले केन्द्रमा आएको एक युवकलाई केही कुरा भनेर पठाइन उनले हरिमायाको लाग्नेलाई पनि मैले भरपुरमा भेटेको थिए देखे चिन्न सक्छु मै गएर ल्याइदिउँ क्याहो भन्ने लाग्यो तिम्रो लोग्ने कहाँ छन् भनेर सोधे उने क्ल्व चोकमा घर बनाउने काम गर्दैछन् भनिन् क्लव चोक टाढा थिएन त्यसैले मैले बाइक लिएर उनको श्रीमान खोजिदिन गए पुरा क्लव चोकका एकएक घर हेरे तर हरिमायाका श्रीमान देखा परेनन् रित्तो हात फर्के
स्वास्थ्यकेन्द्र छिर्दा मैले हरिमायाका श्रीमानलाई बेाजमा टुक्रुस्स बसेको देखे लोग्ने गएपछि हरिमाया केही ढुक्क देखिन् उनले लोग्नेलाई घर गएर बाख्रा स्याहर्न फेर्ने कपडा लिएर आउन अराइन् साइकल बोकेर हरिमायाका लोग्ने गए त्यसपछि बल्ल हरिमाया शैयामा गएर पल्टिन् जुटपानीको प्राथमिक स्वास्थ्य केन्द्रमा प्रशुति सेवा सुरु भएको एक वर्ष पुगेको रहेछ कुल ७२ जना त्यहाँ आएर सुत्केरी भएका रहेछन् हरिमाया जस्ता चेपाङ समुदायका कतिजना सुत्केरी भए छन् ? नस्रहरुले ढड्डा नै पल्टाएर खोज्न थाले ७२ मा चेपाङ महिला जम्मा दुईजना मात्रै रहेछन्




No comments:

Post a Comment