फोटो हेर्दा अलि उमेर भए झै देखिन्छ, तर यी मान्छे सानै छन् । शरीरले नसमाएको ह्वाङ्ल्याङ्गको हरियो ब्लाउज, आकासे रङ्को बुट्टे सारी, दाहीने नाडीमा हरियो चुरा, देब्रे नाडीमा एउटा हरियो र अरु रातो चुरा, खुट्टामा नमिलेको प्लाष्टिकको कालो चप्पल, नाकमा गोलो मुन्द्री यो या बुलाँकी के हो झुण्डीएको, यस्तो पहिरनकी ति युवतीको अनुहारमा कुनै चहक छैन । साह्रै नै पिर परेर टोलाएकी जस्ती, रुदा रुदै भर्खर थामिएकी बालिका जस्ती । उनी बालिका होइनन् । यो कुरा उमेर र अरु कुराले भन्दा पनि गलामा झुण्डीएको लामो रातो पोतेले भनि रहेको छ ।
'तिम्रो नाम के हो ?' नजिकै गएर सोध्दा उनी झसङ्ग भइन । उनी साच्चिकै टोलाएर बसेकी रहिछन् । मेरो आवाज सुनेपछि उनको आँखा केही सल्बलाए । गालामा अडाएको हात झिकिन र घुँडामा पुराइन् । सारीलाई घुँडाबाट केही तल सारिन् । तर मेरो सोधाइको सुनुवाइ गरिनन् । अनि मैले फेरि उनलाई पहिलाको प्रश्न दोहराए । आडैमा एकजना युवक थिए, दाहिने हातले विस्तारै कोट्टाइन उसलाई । त्यसपछि के होला भन्दै युवकले म तर्फ हेरो । मैले फेरि सोध्नु परो उनको नाम के हो भनेर ।
'उसको नाम चरी माया हो' युवकले भन्यो । त्यो युवक चरीमायाको लोग्ने रहेछन् । युवक पनि खाइ लाग्दो थिएन । मैले सोधे उ चरीमाया भए तिमी को नि यसले भन्यो 'म बुधराम ।' यी दुवै नेपालका सिमान्तकृत आदिवासी समुदाय चेपाङको छोराछोरी हुन् । चेपाङहरु चितवनको पहाडी क्षेत्रमा बस्छन् । चितवनको विकट पहाडी क्षेत्र लोथर गाविसको वडा नं. ९ कान्दाका बासिन्दा हुन् चरी र बुध । कान्दा जान पैदल हिड्नु पर्छ । पैदल हिड्ने बानी नभएकाहरुलाई राजमार्गबाट १२ घण्टाभन्दा बढी लाग्छ कान्दा पुग्न । कान्दाका बासिन्दाले छ या सात घण्टामा काट्छन् यो बाटो ।
चरीमायालाई सोध तिम्रो उमेर कति हो भनेर । तर उत्तर बुधरामले नै दिए १७ भनेर । बिहेबारी २० पारी भन्ने नारा त्यो कान्दामा के लागु हुनु । अझ उनीहरुको बिहे भए कै पाँच वर्ष पुगे छ । तिम्रो उमेर कति नि मैले बुधरामलाई सोध्दा उनले २१ भने । अर्थात बुधराम १६ र चरीमाया १२ कि हुँदा यी दुईबीच लगन गाँठो बाँधिएको रहेछ । बिहेको दुई वर्षमा चरीमायाले छोरी जन्माइछन् । यी चरी १४ वर्ष मै आमा बनेकी रहिछन् । तर चरीको कोख अहिले रित्तै छ ।
जन्मेको १० महिना मै छोरीको मृत्यु भएको रहेछ । 'घाँटी घ्यारघ्यार भइरहन्थ्यो । बचाउ नै सकिएन' बुधरामले खिन्न हुँदै भने । उनलाई के भएको हो गाउँको ठुलो धामीले पनि खुट्ट्याउन सकेन । धामीले नसकेपछि कालले लैजाने नै भयो भन्छन् बुधराम । त्यो ठाउँमा डाक्टर भने पनि भगवान बने पनि त्यही धामी नै हो । 'अस्पताल त ज्यादै टाढा पो छ है सर' बुधरामले भने । टाढा भएकाले अस्पताल आँगन टेक्न पाउँदैनन् धेरैले ।
'कान्दा' यो नामले तपाइँहरुलाई पक्कै केही सम्झना भएकै होला । यो त्यही गाउँ हो जहाँ गत वर्षको जेठमा जंगलबाट ल्याएको विषालु च्याउ पकाएर खाँदा एकै घरका आठजनाको ज्यान गएको थियो । चितवन जस्तो कहलिएको सुगम जिल्लामा भइकन पनि कान्दाको कष्ट कर्णाली क्षेत्रको कुनै गाउँको जस्तो छ । चरीमायाको पोते यसैको उदाहरण हो । चरीमायाको रित्तो कोख यसैको प्रमाण हो । कान्दा चितवनका सरकारी निकायको आँखा पर्न नसकेको गाउँ हो । जहाँ चरीमायाको जस्तो पिडा, त्यहाँ रहेका ५६ घरमै चाडै ननिस्कने पाहुना जस्तो बास बसेको छ ।

Very serious tales... But it would be great if you could write what the LDO, CDO, NGO, INGO and all other O's do in Bharatpur ?
ReplyDeleteAre they busy watching gang fight of Chamere and Camile ??